आकार लिनुभन्दा अघि त्यो बादललाई कहाँ झर्छु, थाहा हुदैँन । पुत्तिनुभन्दा अघि यो धूवाँलाई कहाँ विलाउँछु, थाहा हुदैँन । कुद्नुभन्दा अघि त्यो पानीलाई कहाँ जम्छु, थाहा हुदैँन । चोइट्टिनु भन्दा अघि यो चट्टानलाई कति पटक, थाहा हुदैँन । त्यो झर्दै जान्छ, यो विलाउँदै गर्छ त्यो जम्दै गर्छ, यो चोइटिँदै जान्छ के कहिले कोसँग कहाँ कसरी जेलिन्छ जानेर जानी नसक्नु, किन हुन्छ जे हुन्छ ? प्रत्येक पल नवीन छ, ज्या, थियो भर्खरै ! प्राचीन भएर कुहिनेछ, त्यस्ता कतिकति । परिघटना प्रत्येक पल, चमत्कार, संयोग, बिज्ञानको साथ लेऊ अधकल्चो ज्योती, चाहे मन्दिर जाऊ, मण्डली, मस्जिद जतै, अपूर्णतालाई पूर्ण स्वीकार्नु पर्ने बाध्यता । कुण्डकुण्ड पानी, मुण्डमुण्ड लालचस्वार्थ, समाजको गुरुत्वाकर्षण यो, अदृश्य हात । क्रेता उपभोक्ता जो पनि, राज्यै व्यापारी ठूलो सबैभन्दा बेच्छ जन्ममृत्यु दर्ता मनपरी, विनाबर्दीका प्रहरी कानुन मिच्नमा तल्लिन, कर्मचारी मुनि मुनि हात बटार्नी, माथि ठिक्क, झोला बोक्दिने विज्ञ सक्षम, देशमा योजना तिनका जुका मोटाउने दाउ, सिस्टम सहजकर्ता, कुर्सी पहरेदार भैपरी आउने दायित्वको, रोष्ट्रमबाटै बोलिदिन्छु पर्दैन तिर्न व्यापारीले राज्यलाई, मलाई चुनाव खर्च पोषे पुग्छ । क्या सगींन, क्या रगींन, कालो पैसाको मुख, त्रिनेत्र उघ्रेको दोष खेप्छन् शिव, चिलिम स्वाँट्ठ, सन्तानलाई दण्डित किन गर्नु, बरू भुल्छन् आएको रुप एकसिगेँ मृग, क्रीडास्थल भुल्छन् बाग्मती, दुधको स्नान, सुनचादीँ गजूरभेटी, भव्य आरती । चिलिम स्वाट्ट, डमरु डमट् डमट्, ताण्डव वैरागी जाग्छन्, नन्दी सवारी, भैरव गण पछाडी, नभमा कौवाझुण्ड लस्कर जुन बाटो सत्तेजुग आएका थिए, पहिल्याउँदै त्यतै लाग्छन् Vivek ghimire
Smriti-malla · Dec 23, 2024 2:53 PM · 7,067 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion