https://rajdhanidaily.com/id/1... काठमाडौँ । अमेरिकन चर्चित र्यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ । https://www.youtube.com/watch?... एलओडी क्लबका सञ्चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ । भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।
Khaobaadi_Netaa · Sep 26, 2024 1:50 PM · 3,153 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion