हाम्रा धोकाई र खोकाइ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोराइ उखान बाटै सुरु गरौ होला | सद्दे ले अरुलाई अनि लाटा छोराले बाउ देख्नना साथ् जिस्क्याउन सुरु गर्छ | तेस्तै प्रतिस्पर्धा पनि परचक्री संग होइन आँफै घर परिवार संग सुरु गर्छन | किन नगरुन | ठुलो त हुनै पर्यो ,आफु ठुलो बने बनाए पछि अर्को स्वत सानो भै हाल्यो | उनीहरुलाई यसको आनन्द रति क्रिया भन्दा माथिल्लो दर्जा को हुनु पर्छ | छोरा छोरी भेटेर अमेरिका बाट फर्किए पछि आफना छोरा छोरिको गुण गान सुनाउन कतै जानै पर्यो | छोराको कमाइ र घर किनेको कुरा नसुनाए सम्म नत निन्द्रै लाग्ला नत खाना रुचिनै होला | यस्तै एक जनाले आफ्नी दिदि लाइ छोराले घर किनेको कुरा सुनाए पछि मेरा छोरा छोरीका ५ ओटा घर छन भने पछि उनका कुराले अर्को मोड लियो होला | झाजिका बा ले पनि बेला बेलामा यस्तै कुरा सुन्नु पर्दा वहाको जबाफ चै यस्तो थियो रे | पोहोर साल छोरा आएको बेला सोध्दा धेरै छैन बाबा घन्टाको नेरु १० हजार कमाउछु भन्थ्यो भनेर सुनाइ दिए पछि धाक लगाउन गएको उल्टै दिमागमा घन ठोकाई लिएर घर फर्किने बनेनन त | यता उता नलागी सिधै घर पुगेर क्यालकुलेट समाते होलान |

Logan · Aug 27, 2024 12:08 AM · 14,494 views

1 Reply

बाउले छोरा कति कमाउन थालिस भनेर सोधे झैँ साझा आएर यति र उति भन्दै बस्नेहरु महान ब्यक्तित्व भएका महापुरुष हुन् वा Psychomotor impairment हुन् ? Virtual Identity को लागि हानाथाप गर्छन | चिनेजानेकालाइ दिनु पर्छ भनि पहिले " एक कौडि" पनि दिन्न भनि चिनाउछन | हुन् त हो जो नुन थुक गरेर जोड जाड गर्दै छ , रिसेसन आओस र घर किनुला भन्ने ले किन कौडि गुमाउन चाहन्छ र | रासन पनि Dollar Tree बाट किन्ने संग कसैले अपेक्षा पनि गर्दैनन् र गरेका पनि छैनन् | यसरि गरेको दान / सहयोग ले हाम्रा धार्मिक स्राद्दालुलाई धर्म गराई होइन सित्तैमा दिए सरह हो | बाहुन र मन्दिरमा चडाउदा मात्र धर्म हुने हुनाले सहयोग अ-धार्मिक कार्य किन गर्ने त्यो पनि ठिकै हो | लौ भनि देउ यो बर्स कति कमायौ र जोगायौ , गाडि के किन्यौ | घर किन्यौ ? अब देखि डलरमा होइन नेरु मा घन्टाको यति हजार बनाउछु भनि लेख्दा पढ्ने पनि ओहो भनोस |

Logan · Sep 2, 2024 11:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion