डिप्रेशनको औषधि खाइरहेकि डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन्।  छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार धौभडेल उक्त घरमा आफ्ना श्रीमान कविराज भण्डारीसँग बस्दै आएकी थिइन्। झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्‍याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। भण्डारी पनि डाक्टर हुन्।  धौभडेल लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेको एसपी अधिकारीले बताए।  शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।  https://www.setopati.com/socia...

ktmpost · Mar 29, 2024 11:20 AM · 3,145 views

1 Reply

USMLE is a gamble . पास हुने मालामाल, नहुनेको बेहाल

pitambar · Mar 29, 2024 1:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion