काठमाडौं : गत शनिबार चितवनको रत्ननगर-१० स्थित एकता शिशु निकेतनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल मृत भेटिइन्। उनी होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनले आत्महत्या गरेको भन्दै प्रहरीले ३ दिनसम्म जाहेरी दर्ता गरेन। तर, उनको आत्महत्या नभएर बलात्कारपछि हत्या भएको भन्दै आफन्तले न्यायका लागि आवाज उठाएका छन्। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै देशभरि आवाज उठेको छ। मृतकका बुबा दीपेन्द्र पोखरेलका अनुसार घटना लुकाउन विद्यालयले पैसाको प्रलोभन दिएको थियो। उनी भन्छन्, 'छोरी मृत भेटिएको अघिल्लो दिनमात्रै मेरो फोनमा कुरा भएको थियो। होस्टल वार्डेनले कुटपिट गर्ने र टर्चर गर्ने कुरा सुनाएकी थिइन्। होस्टलमा ६ बजे नै खाना खानुपर्ने हुँदा रातिसम्म पढ्न बस्दा भोक लाग्ने र खाने कुरा नभएको सुनाएकी थिइन्। पोखरेलका अनुसार परिवारले शालिनका लागि पठाएको सामान र पैसासमेत होस्टल वार्डेनले नै लुकाउने गरेका थिए। छोरीको हत्या गरेर विद्यालयको कोठामा झुण्डाइएको परिवारको आरोप छ। स्कुल प्रशासन नै लागेर घटना ढाकछोप गर्न लागि परेको छ। नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार बालिका मृत्यु प्रकरणमा प्रहरी अत्यन्तै संवेदनशिल भएर लागेको छ। घटनाको अनुसन्धानमा कुनै त्रुटि नहोस भनेर अनुसन्धान भइरहेको उनले बताए। मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ। हत्या वा आत्महत्या रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार बालिकाको शव विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो। विहान १०.२० बजे प्रहरी पुग्दा बालिकाको मृत्यु भइसकेको थियो। बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएकाले उनीहरूलाई पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। 'पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। उक्त घटनाको निपष्क्ष छानबिन हुन्छ। यसमा शंका गर्नु पर्ने ठाँउ छैन। घटनामा संलग्न जो भए पनि कानुनी सजाय हुन्छ।' शंकास्पद बन्दै चितवनको होस्टेल मृत्यु प्रकरण | अन्नपूर्ण पोस्ट् (annapurnapost.com) Last edited: 01-Mar-24 12:58 PM
ktmpost · Mar 1, 2024 12:58 PM · 15,761 views
Faasi hunuparne Last edited: 01-Mar-24 02:29 PM
wakeyour_mind · Mar 1, 2024 2:29 PM
Putting away a teenage child esp. a female one into a hostel is a dumb and reckless move in this day and age. Safety is more important than Education any given day ! Period !! If a student's curiosity, and discipline are nurtured at home itself, a strong foundation can be laid for a promising future. Now those bereaved parents have to go through so much grief and hassle. May they gather enough strength to overcome this situation.
GeetMaiJawaafDiu? · Mar 1, 2024 3:02 PM
Why did the parents left her there for the night after what she told them..even ifbr raped is not proved the warden and school management should be pusnished for other torture to make sucide. Also the parents should be charged for negligence.
ehho2 · Mar 2, 2024 12:32 PM
बलात्कार सलात्कर केहि भएको होइन , अनाहकमा स्कुल र गुरुहरुको बदनाम गरेको छ । आमा मुसलते संग पोइल गइ बाउ ले कान्छी ल्यायो अनि बिचार त्यो बलिकले के गरुन त ? छोरीलाइ २ पैसाको खर्च गर्दैन थ्यो रे ? सबै मावलीले देख देख गरेको भन्ने कुरो आएको छ । ऐले मिडियामा आएर मेरो छोरिको बलात्कार भयो भन्दै नाटक गरि राखेको छ , जतिएल छोरिलाइ अभिभाकवात्तोको आवसेक थियो तेती बेला कहाँ थियो डाका ? सान्तिले बच्ने नदिए पनि मर्न त दिनु ? नाबालिक कुमारी कन्यालाइ स्वार्थको लागि बलात्कृतको दाग लगुना खोजिएको छ ? तेती राम्रो बिधयालाये र गुरुबर्गामा कहिले नामितेनी कलंकको टिका लगाएको छ । बिना सित्ति नेपालको अंतरिस्त्रिये बेज्जत गरेको छ , एसको पछाडी को एजेन्डा के हो ?
bandedv2023 · Mar 10, 2024 10:08 AM
बिद्यालय र छात्राको अभिभाबकको बारे स्वयम्ले त्यहा गइ खोजिनिति गरेर लेखेको झैँ गरि सबै कुराको निर्क्यौल निकालेको संगै छात्राको आमा पा -पार्चुके हुनु कुनै नौलो कुरा होईन तर मुसलले संग गएको भनि उद्ग्रीत गरेको देख्दा अन्तरजातीय बिबाह बिरोधि साडे पारामा साझामा लेख्नु र पढ्नु हाम्रो लागि कुनै नौलो कुरा होइन | रेप भएको हो होइन को तथ्य कुरा अस्पतालको रिपोर्ट बाट मात्र पुस्टि हुने कुरा हो |
Logan · Mar 10, 2024 2:44 PM
This is not a case of an adult killing oneself after witnessing the cruel face of this life/ world. We are talking about a 13 year old child who allegedly committed suicide or somebody made it appear like one. The public deserves to know the truth. Therefore, the associated parties should duly co-operate with the law enforcement regarding the latter's duty of investigation. Why would somebody in "gurubarga" worry about defamation unless they have some material facts to hide from the investigation?
GeetMaiJawaafDiu? · Mar 10, 2024 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion