Sad news. Arjun Mainali commits suicide after writing a heart breaking status message

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Arjun Prasad Mainali sontroSepd8ty3aYs7 rg e7103133t3fi5:000 lut12d3gg30a6lieM43P  ·  प्यारी श्रीमती तारा, धेरै धेरै माया! आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त? छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, 'यो कारमा को आएको छ'? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन । गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले 'द गिफ्ट अफ लाइफ' प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ । म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय ! ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात॥

ktmpost · Feb 12, 2024 8:22 PM · 8,639 views

3 Replies

कसैली कटु बचन नलागौ , त सानो म ठुलो नभनौ . म अमेरिकन त पखे नपाली नभनौ , त डेमो म रेपो तेसैले म बादी अमेरिकन नभनौ . त् थोत्र गाडी चद्शस तेसैले त् सुस्ते , पागल , लथौरो नभनौ . लाटा गाडा , सुस्ते , पागल धनि गरिब सब यो धर्तिमा समान हुन् . भात्रित्तो म भाइचाराको सधै ख्याल गरौ . तपाइको तुछा बचनले कसैको ज्यान समेत जाने सक्ने यो भन्दा ठुलो उदाहरण के होला ? भगवानले मित्र आत्मा लाइ सान्ति दिउन त न्याय मिलोस . अरु के भनौ ?

bandedv2023 · Feb 12, 2024 8:31 PM

Very sad indeed. Are there any local news links or police website announcements etc? It seems like so far this news can only be found in Nepal related blogs and websites. Just wanted to confirm with sources other than Facebook, GoFundMe and Nepal related websites. As we know a lot of these nepali website owners and YouTubers love to sensationalize and often do not do a good job of confirming a story . If true, there is a lot we are missing. The long "suicide note" makes one wonder if this person had existing mental health issues. Not to speak ill of the dead (that is, if this news is true), but the letter has all the indications of a deeply depressed person with a history of mental health issues. People just don't self-immolate due to a minor domestic dispute, especially if they have a family. Makes one wonder if this person always sought attention. Donating one's blood so many times is indeed a noble act, but at the same time he seems like a person craving for attention given the publicity he sought. The act of self immolation too is an attention seeking "grand exit", meant to leave a lasting effect on family and friends and shake them to the core. I think we should first confirm that this indeed is true and, of possible wait for more to come out as far as the mental state of this gentleman.

sajalshakya · Feb 13, 2024 8:08 AM

राम भक्ते त मनसून को च्याउ झैँ साझा छिरेको थीइस, सिजन सकिए पछि हराईस , अर्को रिगल Don को मुरी मुरी प्रसंसा गर्थ्यो उतै मुण्टियो र internet को अभाबमा साझा छिर्न नपाएको हो वा जुन मुद्दा लिएर छिरेको थियो त्यो मुद्दा मा सफलता हासील भएर हरायो वा Ford F150 चड्नु पर्छ र अमेरिकन हुनु पर्छ भंन्थ्यो तेसैले तेस्को ज्यान लियो कि ? कुराको चुरो चै : नेपालमा डिप्रेसन हुन्छ भन्ने कुरा भर्खर बुझ्दै छन् तै पनि मानिसले पागल रोग लाग्यो भनेर भन्छन भनि लुकाउछन | तेस्तो भन्ने मानिसहरु साझामा बग्रलती देखिने मात्र होईन खिच्चा कुकुर झैँ मान्छे होईन छाया देख्दा पनि भुक्न छोड्दैनन | यसो भुकाइ गर्ने हरु लाइ अबस्य मानसिक रोगले च्यापेको हुनु पर्छ | भक्तेले कुनै बेला लेखेको थियो गरिबलाई हुने रोग हो , धनि लाइ हुदैन | गरिबलाई हुने रोग TB हो , डिप्रेसन ले धनि गरिब भन्दैन | मेरा हाइ स्कुल का मित्र नेपालको हिसाब ले मनग्य सम्पत्ति भएका मानिस , दुई छोरा छोरीमा एक जना अमेरिका तिरै छन् | भक्तेका अनुसार तिनलाई डिप्रेसन ले छुनै नपर्ने हो तर ३ - ४ बर्स देखि औसधोपचार गरि रहेका थिए | औसधिले रोक्न सकेनछ र तिनले पनि झुण्डिएर देह त्याग गरेछन | This line touched me: We all have weaknesses, and we all know hardship. But it’s difficult, even on a good day, to admit we are struggling, to ask for help or to apologize when we are out of line. Last edited: 13-Feb-24 10:25 AM

Logan · Feb 13, 2024 10:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion