बाँदरहरू लाई बिदेश तीर धपाउने काममा बिज्ञहरूले भाजो हाले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://ekantipur.com/news/202... काठमाडौँ — संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्न नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए ।

Khaobaadi_Netaa · Jan 31, 2024 7:14 PM · 2,327 views

1 Reply

बाँदर हरुलाई किन बाहिर पठाउने र ? सारा गाउँघर रित्तिने गरि युवायुवती लाइ पो देशमा बस्नै नसक्ने स्थिति बनाएर विदेश पलायन हुन वाध्य पार्ने त ल । अनि देशमा बस्न नसकेर विदेश जान्छु भन्ने हरुलाई पनि बन्दुक को कुन्दा ले हिर्काई हिर्काई मार्ने , बालकुमारीमा जस्तो। अनि विदेश पलायन भएकाहरूमध्ये पनि हरेक दिन पन्ध्र बीस जनाको हाराहारीमा आएका लाश काठको बाकसमा विमानस्थलमा भित्र्याउने। अनि तिनले पठाएको पैसाले नयाँ नयाँ पद सिर्जना गर्दै गाडी, सुविधा, सिक्युरिटी, घर , रकम सब बाँडफाँड गरेर बस्ने, अनि अपराधी हरुल्लाई धमाधम संरक्षण दिने, जेलमुक्त गर्ने , ब्रह्मलूट गर्ने। ठीक कुरा हो - अब युवा युवती मासेर गाउँ घर खाली भएर बुढाबुढी हरु मात्र बाँकी भएको स्थिति पो हाम्रो गौरवपूर्ण संस्कृति हो त । After all, Buddha was born in Nepal, हाम्रो सगरमाथा, हामी वीर गोर्खाली, हाम्लाई कसले छुने? युवायुवती पो मास्ने त । बाँदर त नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको हुनाले नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्न नहुने नै हो।

digambar · Feb 1, 2024 12:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion