https://annapurnapost.com/stor... हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज हेटौंडाका दुई जना गैरआवसीय नागरिकलाई नागरिकता वितरण गरेको हो। प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले हेटौंडा-११ की संजिता विडारी थापा र हेटौंडा-५ का श्रीकृष्ण थापालाई नागरिकता प्रदान गरेका हुन्। विडारी र थापा श्रीमान्-श्रीमती हुन्। उनीहरू एक दशकभन्दा बढीदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन्। नागरिकतासम्बन्धी संशोधित ऐनका आधारमा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए। नागरिकता पाएपश्चात् थापा दम्पतीले आफूहरू विदेशमा रहेपनि देशको माया रहेको बताउँदै पुनः नेपाली नागरिकता प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे।२०७२ जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ। गैर आवासीय नेपाली नागरिकता लिने व्यक्तिलाई सरकारी सेवामा प्रवेश गर्ने तथा मतदान गर्न पाउने लगायतका अधिकार भने नहुने कानूनी व्यवस्था रहेको प्रजिअ सेढाईंले बताए। Last edited: 01-Nov-23 07:55 PM
Khaobaadi_Netaa · Nov 1, 2023 7:55 PM · 5,787 views
Good news ..jhapa bata pani aru haru liyako samachar padayko theya
ehho2 · Nov 1, 2023 8:06 PM
https://deshsanchar.com/2023/1...
ehho2 · Nov 1, 2023 8:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion