बडो हिम्मत जुटाएर आज म भनि राखेको छु मेरो ओच्छ्यान मुत्ने समस्या छ . मलाई जन्दिगीमा हेरक कुरा देखि एकदम डर लाग्छ र धेरै डर लग्यो भने म ओछ्यान मुत्चु . फोनमा कसै संग कुरा गर्नु पर्यो भने भित्र बाट डर लाग्छ, कुनै आफन्तीको मा केहि अन्तरलमा जानु पर्यो भने भित्र बाट डर लाग्छ . डेड वर्ष पछि नेपाल आको दशैंमा धेरै आफन्तीकोमा टिका लाउनु जाने पर्ने छ , तिनीहरुकोमा जान नपरे जुन्थ्यो जस्तो ऐले देखि लाग्न थालेको छ . दशैँ पछि अंश बंडाको लागि सरकारी कर्येलाये जानु पर्ने छ , त्यो सम्झेर ऐले देखि मन बेचैन छ , एक्लै कसरि जाने भन्ने डर ऐले देखि लागेको छ. अंश सम्बन्धि बिबाधमा म सुतेको बेला कसैले आक्रमण गर्ला कि भन्ने डर लागि राखेको छ, पैसाको अलि समस्या छ , आफुले सापटी दिएको मान्छे संग कसरि माग्ने भन्ने डर लागेको छ . जाबो ३० ४० हजार पनि भिकारी जस्तो मग्न आउने भनेर गाली गर्छ कि भन्ने डर लागि राखेको छ . साथी भाईले अम्रिकामा के काम गर्छस भनेर सोद्छांन कि भन्ने डरले साथी भाई भाई संग भेट डर लगेको छ . नेपालमा हुदा पहिले काम गर्ने कम्पनिमा भेट घाट गर्न आठ आइ राखेको छैन . सधै तरकारी किन्ने छिमेकी दिदिले हिजो मैले तरकारी अन्तै बाट किनेको देख्नु भयो आज फेरी वहाको पसलमा जान डर लागि राखेको छ . वहाको पसल तिरको बाटो हिड्न डर लागि राखेको छ .बाटोमा हिर्दा कुनै ट्यापेले मोटर साइकल ल्येर थोकला भन्ने डर लागि रहन्छ . उता अम्रिकामा छोरीको स्कुलमा अप्रिय घटनाको खबर आउलाकि भन्ने एक किसिमको डर सदैब लागि रहन्छ . उनीहरुलाइ एक्लै छोडेर म कसरि यहाँ आउन सके भन्ने डर लागि रहनछ. मलाई यो मन्दीमा जग्गा बेच्नु छैन तर म जग्गा बेच्दिन भन्ने आट छैन . ओछ्यानमा पिसाब लाग्ने समस्याको बारे डाक्टर संग अपोइन्टमेन्ट लिन डर लागि राखेको छ . येत्रो भएर पनि म ओछ्यान मुत्चु भनेर कसरि डाक्टर लाइ भनौ भन्ने डर लागि राखेको छ . उता अम्रिकामा काममा अझै १ हप्ता बढी छुटी लिनु पर्ने भने . म्यनाजेर संग आफ्नै छुटी मग्न डर लागि राखेको छ . नेपाल आएर त झन् येति धेरै समस्या र डर थपियो कि हरेक दिन नराम्रो सपना देक्चु अनि ओछ्यान मुत्चु . सगोलमा बस्ने हुनाले ओछ्यान मुतेको अरुले थाहा पाउचन कि भन्ने डरले आजकल राती पराए सुत्दिन . कति धेरै डर नै डर . हिजो हुलास चक्की आटा किनेर ल्येएको , पिठो बिग्रेको रहेछ भित्र किरै किरा , त्यो पिठो लगेर साट्न सकिन डरले . बरु अर्कै पसल गएर नया पिठो किनेर ल्याए . आफुले आफुलाई एकदम आसफल र बेकामे महसुस गरेको छु हरपल . लेखाई मा दम छैन पहिलेको जस्तो , बोलि हरु लार्बरौना थालेका छन् , साथी भाई संग ३६ को आकडा छ , यो संग बोल्यो उही संग झगडा पर्छ . औलामा गन्न सकिने साथी पनि छैनन् . कहिले कहिँ त सोच्छु म मरे भने मलामी पनि १ २ जना बाहेक कोहि नऔलन . लेख्दा लेख्दा के के लेखे अत्तो पत्तो छैन . सुद्दा सुद्दी गर्ने जागर मरेको २ ३ बर्स भाई सक्यो . सपना देख्छु अनि सपनामै पिसाब लाग्छ अनि सपना मै उठेर चर्पी जान्छु , चर्पी फोहर हुन्छ सुसू औदैना , बल्ल बल्ल सुसू औचा तर चिसो भएर सपना बाट झस्किन्छु उठ्दा सुरुवाल मुतेको हुन्छु . येही समस्याले गर्न कहिँ कसैको घरमा सुत्न सके सम्म जान्न . कथाम कदाचित जाने परे छोरीको डाइपर लगाएर सुत्छु . येति पोस्ट साझामा गरौ कि नगरौ भेयेरा पोस्ट गरेको छैन . पोस्ट गरे पछि २ ४ जना आएर घरमै कुट्छन कि जस्तो डर लाग्छ . जसो तसो हिम्मत जुटाएर पोस्ट गरे भने पनि कस्तो प्रत्रिकिया आयो भनेर हेर्न डर लाग्छ . नकारात्मक कमेन्ट पढ्ने हिम्मत नै औदैना . पोस्ट गरे पछि १ २ दिन साझा खोलेर हेर्दिन डरले . तपाईहरुको कमेन्ट को उत्तर दिन नसक्नु पनि येही कारण हो डर . डरको कारण तपाइको कतिपय कमेन्ट नै पर्दिन , मलाई माफ गर्नु होला
bandedv2023 · Oct 21, 2023 12:26 PM · 66,296 views
२०७२ सालको भुइचालोले घर थिल थिल बनाएको छ . घर कस्तो छ भन्दा बस्न लाइ खतरा छैन कहिँ कतै अली अलि चर्किएको छ तर तेस्तै ठुलो भुइचालो गयो भने थिचेर सबैलाई मर्छ भन्ने मनोबैज्ञानिक त्राश सधै छ . धापाखेलमा ८ आनामा बनेको जाम्म जम्मी ४ रोपनी चर्चेको भिमकाए घर छ . त्यो घर भत्काउन मात्र २० लाखको इस्टिमेट छ अनि साढे २ तलाको बनौन १ करोड बिस लाख को इस्टिमेट छ. ७२ साल मा टिनको कटेरो बनाएर घर संगै बसी राखेका छौ . म घर त ऋण काढेर पनि बनौठे तर काका संग अन्ग्षा बंडा भएको छैन . काका बेक्कमे गाउ डुलेर खाने खाल को छ तेसैले घर बनाउने सर खर्च मेरो काधमा आउच. घर बनाउने मेरो एउटा सर्त छ . ५.५ हेक्टर भन्दा माथिको भुइचालो गएको १ वर्ष पछि मात्र घर बनाउने . २०७२ साल देखि वर्षमा एक चोटी ५.५ हेक्टर माथिको भुइचालो गएको नै छ भगवानको कृपाले . नेपालमा गत वर्ष डिसेम्बरमा ५.६ हेक्टरको भुइचालो गए देखि ५ हेक्टर भन्दा माथिको परकम्पा गएको छैन . मनमा अनगिन्ति कुरा खेली रहन्छ , हिजो साझा एसको सोचेको अह्हो अब दुइ महिनामा भुइचालो गएन भने त सर्त अनुसार घर बनाउनु पर्चा तेत्रो १ डेड करोड कहाँ बाट ल्याउने , हे प्रभु रक्च्य्या गर भनेर तनाबले एक छोलन दिएर सिरोकले पुछेर सुते . भगवानले सुन्नु भएछ आज अस्तमी सानो पाठो खुइलौद खुइलौदै भुइचालोले बुरुक्क उचाल्ल्यो . आफु अम्रिकाको इस्ट कोस्टमा बस्ने भएर भुइचालो कस्तो हुन्छ तेस्को अनुभब खासै छैन . तर उचाल्न चै दरो उचाल्यो ३ ४ सेकेन्ड मात्र , ४५ सालको भुइचालोको याद आयो . हत्त न पट्ट कति हेक्टरको भुइचालो गयो भनेर online समाचार हेरे . फेरी आज दसैँ , अरु बेला बाख्राले पाथी पाएको ब्रेअकिङ्ग news बनाउने पत्रकार मुर्दार सबै बिदामा रैछन . एक घण्टा पछि सेतो पातीले बल्ल बल्ल समाचार निकाल्यो , धादिङ्ग केन्द्र बिन्दु बनाएर ६.१ हेक्टरको भुकम्प , धादिंगमा व्यापक छेती , घर बनाउने दयित्तो कम्तिमा १ वर्ष धकिल्यो , मन ले सान्ति पायो . अनि लागे साहिलीको भट्टीमा ३ पाने लिन , दशैं पो होत -ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम !
bandedv2023 · Oct 22, 2023 11:34 AM
कठै बरा नी, कती बिधी समस्या नै समस्याको पोको लिएर बाचिरहनुभएको रहेछ। विश्वाश त पुरै लागेन तर पनि यस्तो समस्या भएको मान्छे पनि हुन सक्छन, मनोबैज्ञानीक समस्या हुन सक्छ। एकचोटि साइकियाट्रीस्टसँग संपर्क गर्ने पो हो कि? नेपालमा हुनुहुन्छ भने त समाधानको बाटो खोज्न गाहारो नहोला, बरु अमेरिका भए चै ईन्स्युरेन्स आदी आदी ले मान्छेहरु रोग पाली बस्छन, के भन्नु अब? कि त हुनुपर्यो बर्षको ओभर १००K कमाउने या त सबै सरकारको आशमा बसेको आफ्नो आम्दनी केही छैन भन्नुपर्यो। के भन्ने सिस्टम त गाहारै छ नि हो। अनी लास्टको सन्स्कृतका लाइनहरुले के भनेका हुन? प्रस्ट पार्ने हो कि? आजकल त के भन्ने सन्स्कृतको श्लोक हालेर बोले, लेखे आफु धेरै सिक्षित छु भन्ने चलन चलेको छ। बेला बेला "रजतपत अंकल"को फिल्मी कार्यक्रम हेर्छौ घरमा अनी उहाका लामा लामा सन्स्कृतको श्लोक सुनेर अल्मल्ल पर्छम।
Bennedict · Oct 24, 2023 3:24 PM
यिनले हुबहु नक्कल गरि कोरेका हुन् र ति संस्कृतका स्लोक मैले कतै कोरेको थिए | यिनले टासी दिए |
Logan · Oct 24, 2023 6:45 PM
मैले यहाँ माथि अस्ति लेखेको थिए " उता अम्रिकामा छोरीको स्कुलमा अप्रिय घटनाको खबर आउलाकि भन्ने एक किसिमको डर सदैब लागि रहन्छ . उनीहरुलाइ एक्लै छोडेर म कसरि यहाँ आउन सके भन्ने डर लागि रहनछ. " आज बिहान सेतोपाटिमा एस्तो खबर आयो "अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु, ५० घाइते " मुटुले ठाउँ छोडी हाल्यो . हग्दा हग्दैको आची टक्क अड्कियो अन चाक नै नापुछी बाहिर निस्कियोए र समाचार खोजन थाले TV मा . आफु बस्ने ह्युस्टनमा गोलि चलेको छ ल्युस्टन सहरमा . सुरुमा त मलाई ल्युस्टन सहर छ भन्ने पनि थाहा थिएन , सेतोपति झुक्किएर ह्युस्टन को सत्ता ल्युस्टन सहर लेख्यो भन्ने लग्यो , चाकमा गु थियो निधारमा चिर चिर पसिना औन सुरु भै सकको थियो . बल्ल बल्ल गोल बारी भएको ठाउँ ल्युस्टन नभई इस्टकोस्टको लिविसटावन रहेछ . इन्दिर्येले बल्ल काम गर्न थाल्यो र आफ्नो आची आफैलाई बल्ल गनाउन थाल्यो अनि बल्ल थाहा पाए , आची नपुची बैठक कोठामा टिभी हेर्न आएछु अनि फेरी आची गर्न पाईखान गएँ . ४ ५ दिन देखि बुदो बाख्रा खादा खादा पेट कट्टी भएर उर्लिएको आची कता हरायो कता जति कन्दा पनि आएन . आनाहकमा मारिएका ति निर्दोष व्यक्ति सम्झिएर ज्यादै दुख लग्यो , पाइखाना बाट छोरीलाइ हत्त न पट्ट फोन गरे , छोरि घरमा सुरक्छित थिई , उसलाई यो खबर थाहा नै रैन रैछ . एक जनाको सनकले कयोउ जुन्दगी बर्बाद भयो , कयोउ सपना बर्बाद भयो , यो कस्तो नियिती . दसैँनै खल्लो भयो . मृत आत्मा प्रति सर्दंजली . सन्तानलाइ अम्रिका बाट जति सक्दो बाहिर निकालौ भन्ने एउटा बिद्रोहले फेरी मनमा धावा बोल्यो आज
bandedv2023 · Oct 26, 2023 12:29 PM
खै अहिले सम्म बन्दुकधारी समातिएको छैन रे। पुरै टाउननै घोस्टटाउन भएको छ रे, सबै घरमा बन्द, काम, ब्यापार, स्कुल, अफिस बन्द। बस्टनमा म्याराथुन बम्बिङको ताका बस्टन शहर नै बन्द भएको थियो। अजिब सन्त्रास थियो, कतै बन्दुकधारी आफ्नै छेउछाउ को घर, जग्गामा लुकेको छ कि भनेर। एकदम डरै डर भएको थियो, अहिले तेस्तै भएको होला मेइनमा।
Bennedict · Oct 26, 2023 12:47 PM
पस्चात्ये सिक्च्या मै समस्या छ . खै तपाई हरु बोरिङ्ग स्कुल बोर्डिंग स्कुल भनेर हाम फाल्नु हुन्छ . तपाई लगयत धेरै को अम्रिका बसाई नै केवल छोरा छोरीको उच सिक्च्यको लागि भनेर भन्नु हुन्छ . " हाम्रो त मन नै नेपाल मा छ यहाँ त छोरा छोरी को भबिस्यको लागि मात्र बसेको हो " खै के गर्नु हुन्छ एस्तो सिछाले जसले अरुलाई मार्न सिकौचा ? तनाबाई तनाब छ . मैलै एउटा प्रंसा को जवाफ एस अर नो मा दिनुस ? के ऐले सम्म कुनु संस्कृत आचार्यले अम्रिकामा नरसंहार गरको छ /?
bandedv2023 · Oct 26, 2023 7:49 PM
म त भन्दिन "मेरो मन नेपालमा छ भनेर" नो नेभर। प्लिज यसरी अज्जम्शन चै गरी नहालौ। १५-१६ बर्ष अमेरिका बिताएको मान्छे आफु मैले नेपालमा के हुन्छ के हुन्न सबै राम्रै बुझेको छु भन्नु पर्ला। हजुर, नेपाल छाड्दा लोड शेद्दिङ, माओबादीले दिएको दु:ख, पानीको अभाव, करप्शन देखेको मान्छे म। १५ बर्ष पछी जाँदा फेरी पनि के परिवर्तन पाए त मैले? घरै घर, पलुशन, उही माओवादी भनाउदो सरकारमा, घुस्खोर सरकारी कर्मचारी, एयरपोर्टमा समेत सामानको वेट बढी भयो भनेर ठाडै घुस माग्ने कल्चर, त्यहा बसेका सो कल्ल्ड आधुनिक भनाउदो यङ जेनेरेशनको करतूतहरु पनि राम्रै देखे। बन्दुक नचल्ला, मान्छे नमर्लान तर बुढा बुढी थुप्रेको देशमा ईन्डियन र चाइनिज थुप्रेको देशमा कसरी भन्नु मेरो मन नेपालमा छ भनेर। सबैले आफ्नो जोहो त गर्नै पर्छ हो, म नाम मात्रको राष्ट्रबादी हुन्न चाहन्न, सरी। तर मेरो मन नेपालमा भएको पुरानो मठ-मन्दिर, बहाल, पाटी, पौवामा चै छ, हिस्ट्रिमा चै छ, ईतिहास रच्ने ती कलम, साहसहरुको कथामा चै छ। "मैलै एउटा प्रंसा को जवाफ एस अर नो मा दिनुस ? के ऐले सम्म कुनु संस्कृत आचार्यले अम्रिकामा नरसंहार गरको छ /?" यसको उत्तर "नो" नै होला। किन भने कुनै संस्कृत आचार्यले अमेरिकामा नरसंहार गरेको चै याद छैन। यो प्रश्न नै ईरिलेभेन्ट छ, खैर।
Bennedict · Oct 26, 2023 11:22 PM
तपाईको प्रस्नको उत्तर मेरो प्रतिप्रस्नमा पाउनु हुने छ . नेपालमा धर्म परिबर्तन ( क्रिस्टियन ) हुने वर्गमा किन कथित तल्लो जात ( दमै , कामि , राइ , लिम्बु , कुसुण्डा , चेपांग ) लगाएत मात्र पर्छन . किन कहिले ब्रामण , छेत्रीले धर्म परिबर्तन गरेको सुन्नु हुन्न ? किन गाइ गोरु कटान पिसानमा पनि कठिन तल्लो जात पर्छन ? किन ब्रम्ह्मन छेत्री पर्दैनन् ? यो कुरा लाइ गहिरेर चिन्तन गर्नुस तपाईको प्रंसाको उत्तर तपाई स्वयं पाउनु हुने छ
bandedv2023 · Oct 28, 2023 12:39 PM
लोगन ब्रो , बेड-वेट गर्ने समस्या सामान्यत: १२ वर्ष सम्ममा आफै निको हुन्छ . बयस्कमा एस्तो हुनु भनेको मेडिकल कन्डिसन हो . ब्ल्याडर पत्थरीको लामो समय सम्म उपचार गरेन भने पिसाब होल्ड गर्न सकिन्न र अन्त्यमा क्यान्सर हुने खतरा हुन्छ . उपेन्द्र देवकोटाको केस यहाँलाइ थाहा नै होला . तुरुन्त युरोलोजिस्ट कहाँ सम्पर्क गरि हाल्नु होला .अस्थाई रुपमा ससुराली या अन्य कहिँ जाँदा यो प्रयोग गर्न सक्नु हुन्छ .
kattu tiwari · Oct 29, 2023 10:33 AM
KaTTu : read this before assuming. https://sajha.com/sajha/html/i...
Logan · Oct 29, 2023 1:28 PM
मान्छेले कन्टेन्ट पढेर कमेन्ट ठोक्चन कि ,मान्छेको नाम हेर्न साथ यो जैरीले के नै लेख्यो होला र भनेर येतिकै हाजिर गर्न औचन ? किबोर्ड वारियेरले कुनै कुनामा बसेर छद्म भेषमा बुझेको कुरा संस्कृतमा लेखीएको र सुनेका कुरा मात्र बुझे अनि लागु तिलको दानो जति गरे ? लालायेत पंच बर्साणि बलायेते दश्म्बर्शाणि सदानन्द प्रत्प्ति सोडसे बर्साणि पुत्रम अम्ग्ष्म मलामी अर्थात् , छोरो सोह्र लागे पछि तिन तिग्रे भै सकको हुनाले उल्टै हातखुट्टा भाच्ला भनि मित्र झैँ ब्यबहार गर भन्ने कुरा सस्न्क्रिताका विद्वान ले कोरी दिए ?
bandedv2023 · Oct 30, 2023 12:43 PM
अरे ब्रो ,तपाईको नेपाली बुझ्न नै चुनौती छ तेस्मथी येति गार्हो संस्कृत घुसाउनु हुन्छ ,यो कसरि बुझ्ने ? अन्यथा नलिनु होला तर तपाई कसैको सुझाब नै सुन्न चाहनु हुन्न , नत्र मैले धेरै पहिले तपाई लाइ भनेको थिएँ , कृपया लेखाई अति सामान्य र सरल राख्नु होला भनेर . यहाँ कुनै संस्कृत साहित्यको निबन्ध प्रतियोगिता भै राखेको छैन .अगर तपाई आफ्नो कुरा धेरै भन्दा धेरैले पढून, सुनुन भने चाहनु हुन्छ भने कृपया सबैले बुझ्ने गरि लेखि दिनु होला . छोडी दिनुस माथिको कुरा , म येत्ति मात्र भन्न आएको " बाल-बालिकामा ओछ्यान मुत्ने समस्या सामान्य हो किनकि मुत्र थैलीको राम्रो विकास भएको हुन्न तर बयेस्कमा ओछ्यान मुत्नु भनेको क्यान्सरको घन्टी हो , यसलाई सामान्य नलिनु होला . PCP बाट रेफेर्रल लिएर युरोलोगिस्टकोमा जचाउन जानु होला " .
kattu tiwari · Oct 31, 2023 10:57 AM
आजकल संस्कृतमा कनी कनी लेखे, "रजतपट अंकल" नै होइन्छ भन्ने चलन चलेको हो या के ज्वरो लागेको हो, साझामा संस्कृतका श्लोक भक्कुमार देखा पर्न थालेका छन। आज यसो ब्यान्डईडीभीज्युले लेख्नु भएको संस्कृत चेक गरेको ट्रान्सलेट अन्लाइनमा राखेर, केही मेसो पाईन मैले त। मैले नबुझेको हो या यो रियल संस्कृत हो, के हो, उनैले जानुन। "लालायेत पंच बर्साणि बलायेते दश्म्बर्शाणि सदानन्द प्रत्प्ति सोडसे बर्साणि पुत्रम अम्ग्ष्म मलामी" "लालायेत" शब्द हेरेको, त्यस्तो शब्द नै भेटेन, बरु लालायते चै भेटियो, खै के हो? <img src="
Bennedict · Oct 31, 2023 2:22 PM
सुझाबको लागि धन्यवाद तिवारी, सके सम्म क पछि ख , ग घ लेख्ने सोच हो तर पनि लेख्दा लेख्दै जटिल सब्द छिरी हालचा . स्कुलिङ्गको प्रभाब होला , a , ब c d ६ कछ्यामा सुरु गरे पनि ब्याकरण १ बताई पढाई हुन्थ्यो तेसैले मेरो नेपाली र संस्कृत एकदम राम्रो छ . अन्य्वाय्स thank you . बेन्दिक ज्यु लाइ पनि थान्क यौ . मेरो नाम मात्र पढ्न साथ् भिनाजु ठानी यो सुस्ते , बौलाले के लेख्यो होला भनाइ पढ्दै नपढी गाली गर्ने को जमातमा हजुरले सबै पढेर मेरो लागि समय खेर्चारे येति लोमो बिस्लेसन कोर्नु भयेक्मा . बस्ताबमै मेरो कम्जोर पक्च्ये भनेकै रस्सो दिर्गमा ध्यान नदिनु हो . मलाई type गर्न आती झंजत लाग्छ , सुदा सुद्दीको त कुरै छोडी दिनुस . तेही रस्सो दिर्घ नमिलेर तपैले तासको वेब साइटले मेरा लेख धेरै err देखका हुन् . फेरी संस्क्र्तिमा त धेरै रस्सो दिर्घ काट कुट हुन्छ लेख्दा धेरै गल्ति हुन्छ . मेरो संस्र्कित बोलाई आती बिजुली छ तर लेखाईमा प्राक्टिस छैन र सिक्दै पनि छु , लेख पढ गर्न नाजन्ने खैरेको पनि अंग्रेजी बोलाई PHD इम्मिग्रेंतको भन्दा १०० गुना राम्रो हुन्छ तर तेस्ले लेख जानेन भन्दै मा यसलाई अंग्रेजी आउन्न भन्न मिल्ला ? यो वेब सिटको लिंक टासी दिए आवरि हुने थिय
bandedv2023 · Oct 31, 2023 8:45 PM
संस्कृत त मैले नि पढेको हो स्कुलमा। एक बचन, बहु बचन कृयाहरु मैले पनि बुझ्दछु, अनी केही बिशेष श्लोकहरु त कण्ठै थिए केही बर्ष अघी सम्म त। अहिले त बिर्सदै गए होला। केही छैन, तपाईं लेख्नुस्, हामीलाई पनि नलेज हुन्छ नि। युट्युबमा देखेको, इन्डियाको एक कुनै ठाउमा कुनै वकिल पुरा केस संस्कृतमै लड्छन रे अझै पनि। पुरा बोल्ने, लेख्ने संस्कृतमा रे। खैर, मैले रिफर गरेको वेब साईट् यो हो। javaskript:nicTemp();
Bennedict · Oct 31, 2023 11:26 PM
बेन्डिकले "तपाईं लेख्नुस्, हामीलाई पनि नलेज हुन्छ नि" साँचै भन्नु भएको होकी केवल भन्नलाइ भन्नु भएको हो ? म चै , विथ डु रेस्पेक्ट वहालाइ बिल्कुल बिल्कुल नलेख्न अनुरोध गर्छु . वहाँको पनि दिमाग खराब हुने हाम्रो पनि . येत्तिका बर्समा वहाँको लेखाइको प्रोग्रेस नगन्य, सुन्यको बराबर छ . संस्कृत त झन् के लेख्या के लेख्या . वहाको लेख देख्यो कि मलाई तारे जमिन परको त्यो केटाको याद आउछ. कस्तो नमज्जा फील हुन्छ . ब्रेनले वहाको नाम संग यो केटा को फोटो अटोमेटिक कनेट्क गर्छ खै किन हो .
kattu tiwari · Nov 1, 2023 11:14 AM
झाडाबान्ताहरु के भनेको ?
Tesla guy · Nov 1, 2023 11:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion