आज दो अक्टोबर रैछ .दो अक्टोबर भन्न साथ मलाई बिजयको याद आउँछ .आजैको दिन बिजय र उसको परिवार पंजी गएका थिए सत्संगको लागि र त्यहाँ उनीहरुले पाउ भाजी खाएर ३ ओक्टोबर वापस आएका थिए बस चडेर. पंजीमा बिजयले ATM बाट पैसा निकालेको थियो . २ ओक्टोबर सनिबार थियो र बिजयको परिवारले त्यो दिन मलमा सिनेमा हेरेको थियो . अरु के के भयो बिर्से . #Drishyam
edv2023 · Oct 2, 2023 10:29 AM · 13,323 views
पंजी भनेको गोवाको पंजिम भन्नुभएको हो? अनी गोवामा कस्तो सत्सँग हुन्छ रहेछ? अनी यो के हो? डायरी लेख्नुभएको हो?
Bennedict · Oct 2, 2023 1:00 PM
K lekheko yo pung na puchhar jasto.....Baulais kya ho mug .....
aatmaram · Oct 2, 2023 7:22 PM
सर यो सुपरहिट ह्न्दी फिल्मको डाइलग हो , बेंगलोरमा पढदा केटाहरु बाट सुनेको , भारतमा २ अक्टोबर २ चिजको लागि फ्यामस छ रे , पहिलो , गान्धीको जन्मजयन्ति र दोश्रो उक्त दिन बिजय र उसको परिवार सत्संगको लागि पंजी कि पंजिम गएको, हाहा . हिन्दि फिल्म मन पर्छ भने हेर्नु होला , एकदम राम्रो छ .
edv2023 · Oct 2, 2023 7:50 PM
खै हिन्दी फिल्म नयाँ नयाँ चै कम नै हेरिन्छ, कारण परिवारसँग बसेर हेर्न नै नसकिने भएको हुनाले। बरु साउथहरुको चै हेरिन्थ्यो। खै थाहा भएन कुन हिन्दी फिल्मको कथा हो यो? ह्याश्ट्याग द्रिश्यम लेख्नुभएको रहेछ, त्यो पनि हेरेको छैन। तपाईं ब्याङलोर पढ्नुभएको हो? ए, ब्याङलोर त म पनि गएको थिए, पढ्न हैन, एजुकेशन टुरमा यस्तै। नेपाली हरु धोती-धोती भन्दै हेप्छन तर इन्डियनबाट हामीले त धेरै कुरा सिक्नुपर्छ, जुन नेपालमै मात्र बसेका नेपालीहरुले कहिल्यै बुझ्दैनन, खाली खोक्रो राष्ट्रबादी बन्यो, सक्यो। पन्जिम भन्ने ठाउँ चै सार्है राम्रो छ, धेरै फिल्मको शूटिङ भएको ठाउँ हो, अब सत्सँग भनेर डबल मीनीङ लाग्ने केही भनेको भए, थाहा भएन।
Bennedict · Oct 2, 2023 11:00 PM
हो यो दृश्यम भन्ने हिन्दि फिल्मको डाएलोग हो . सार्है राम्रो छ , हिन्दि हेर्न अल्छि लाग्छ भने Netflix मा suspect X त्यो नि गज्जब छ . मैले CS र पछि MBA गरेर ६ ७ वर्ष south मै पढेको भएर हिन्दि , तमिल , मल्यआलम जस्ता सबै फिलिम हेरिन्छ आजकल. म सानै देखि अजय देवगनको फ्यान , त्यो कपाल , पान खाएर बिगारेको दाँतको मुस्कान हाहा . पछिल्ला फिलिमहरुमा उसको अभिनय झनै दमदार छ . म अजयको येति सम्म फ्यान कि उसको फिल्म दृश्यम २ हेर्न २०० माइलको यात्रा तय गरेको छु . Oregon मा सबै तिर हिन्दि फिलिम चल्दैन . नेपाली फिलिम पशुपति प्रसाद २ हेर्न योजनामा छु अब.
edv2023 · Oct 3, 2023 12:05 PM
hoiina baahra saker BS sidhyaan nasakeko atmakathaa lekhi basne ahile south baat MBA gareko bhann thaale | paschim baaT ghaam jhulikiyo .
Logan · Oct 11, 2023 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion