आतंककारी भैंसी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.onlinekhabar.com/2... काठमाडौंको बुद्धनगरमा भैंसी आतंक फाइल तस्वीर । ६ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् । नयाँ बानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन भइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिए । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भने, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । आज बिहानै बुद्धनगरमा एउटा भैंसी अनियन्त्रित अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बुद्धनगर र नयाँबानेश्वरको दुई वटा प्रहरी टोलीले भैंसीलाई निगरानीमा राख्दै पछ्याइरहेका छन् ।

Khaobaadi_Netaa · Aug 23, 2023 11:29 AM · 1,663 views

1 Reply

हा हा हसायो श्रीवास्तवले पनि नाक छेडेपनि त्यो नाकको बुलाकी समात्न जाने चै को नि ? यो त बिरालोको घाटीमा घन्टी बाध्न जाने को भने झैँ कुरा भएन र ?

logan · Aug 23, 2023 11:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion