Deadly road rage in Biratnagar

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nepsydaze · Jul 12, 2023 6:38 AM · 3,952 views

2 Replies

साइकल वालाको गल्ति देखियो : पान चपाउदै गलत साइड बाट आकास तिर हेर्दै हिडी राखेको छ . तिब्र गतिको कुनै गाडीले सिधै राम नाम सत्य गर्ने अवस्था थियो साइकल वालाको .गाडीवालाले अचेत भए पछि अरु गाडीले ठक्कर देला भनेर सडक बाट निकालेर साइड लगाको पनि देखियो . तर सडकमा घिसारेको चै तेती राम्रो लागेन . घिसार्नुको सट्टा २ जनाले झ्यानाकुल्टुंग पारेर राम्रो संग अस्पताल पुर्याएको भए राम्रो देखिन्थ्यो .

edv2023 · Jul 12, 2023 9:51 AM

हा हा यति छोटो चलचित्र हेरेर कसको गल्ति हो को ठोकुवा गर्न लाइ प्रहरी बिभाग को चौबाटो मा गाडी हरुलाई बाटो देखाउने काम मा १५ -२० बर्स काम गरेको ले मात्र बताउला ? साइकल चलाउने हरु बाहन चालकहरुमा सबै भन्दा तल्लो स्तरमा पर्छन | तेस्माथि पान चबाउने झनै तल्लो स्तरमा देख्ने र देखाउने को कुनै कमि छैनन | बहादुर ले हानेको मुक्का ले साईकल चड्नेको र्याल मुख बाट उछिट्टिएको प्रस्ट देखिन्छ भने मुक्काको प्रहार माइक टाइसनको भन्दा कम थिएन नत्र मुर्छित झैँ ढलेर बसी रहदैन थियो | अनुहार भुईमा भएको बेला जसरि तान्यो एउटा कुकुरलाई झैँ ब्यबहार गरेको र त्यो तनाइले साईकल चड्नेको अनुहार बाटोमा धस्रिएर अनुहारको छाला कोतारेको हुनु पर्छ | सडक बाट निकाल्यो र उसको यो महान कार्य गराई महा - महान छ | यो युट्युब गाडी वाला हुना साथ् महाराज धिराज सम्झने हरुको एउटा रुप र उनका मानसिकताको घोत्तकता हो | धमो रक्षती रक्षत: | Last edited: 15-Jul-23 01:23 PM

logan · Jul 12, 2023 9:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion