Actor Saruk Tamrakar death suspicious

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Saruk Tamrakar's suicide seems suspicious. He was perfectly fine during the movie shooting the same day and in the evening he had told his parents that he would join them for the party the same night. We cannot say for sure what happened, but it seems unlikely that he would commit suicide after having a normal day at work and telling his parents that he would join them in a party the same evening. There is some similarity between Saruk's suicide and Sushant Singh Rajpal. There have been many cases of mental health issues leading to such suicides but sometimes there may be more to it and in this case there is some questions that are unanswered as in why would he have to take such a drastic step? Saruk was working on a new movie called "Hashtag Maya" with lead actress Namrata Shrestha who has been involved with many high profile people in Nepal. There has also been rumors of their romantic relationship. It will be difficult to get to the bottom of the truth in these high profile cases but hopefully the truth will come out. सारुक ताम्राकारको आत्महत्या शंकास्पद देखिएको छ । सोही दिन चलचित्रको छायांकनका क्रममा उनी पूर्णरुपमा ठिक थिए र साँझ उनले आफ्ना अभिभावकलाई सोही रात पार्टीमा सहभागी हुने बताएका थिए । के भयो भनेर हामी यकिन भन्न सक्दैनौं, तर काममा सामान्य दिन बिताएपछि र आफ्नो आमाबाबुलाई उनी साँझ पार्टीमा सामेल हुने कुरा गरेपछि उनले आत्महत्या गर्ने सम्भावना कम देखिन्छ। सारुकको आत्महत्या र सुशान्त सिंह राजपालबीच केही समानता छ । मानसिक स्वास्थ्य समस्याका कारण यस्ता आत्महत्या गर्ने धेरै घटनाहरू छन् तर कहिलेकाहीं त्यहाँ अरु कुरा पनि संग्लग्न हुन सक्छ र यो अवस्थामा त्यहाँ केहि प्रश्नहरू छन् जुन अनुत्तरित छन् किन उसले यस्तो कठोर कदम चाल्नु पर्यो ? नेपालका धेरै ठूला व्यक्तिहरुसँग जोडिएकी मुख्य नायिका नम्रता श्रेष्ठसँग सरूकले नयाँ चलचित्र ‘ह्याष्ट्याग माया’ मा काम गरीरहेका थिए  । उनीहरुको रोमान्टिक सम्बन्धको हल्ला पनि चलेको थियो । यी हाई प्रोफाइल केसहरूमा सत्यको फेदमा पुग्न गाह्रो हुनेछ तर आशा छ कि सत्य बाहिर आउनेछ। Last edited: 07-Jul-23 09:33 AM

ktmpost · Jul 7, 2023 9:11 AM · 32,895 views

20 Replies

In spite of me not wanting to bring up the name of this actress again and again, here she is back again with another "tantrik" and another scandal that is making the news again for all the wrong reasons! Everybody should be given a benefit of doubt until they are proven guilty by the judicial system in the country, I do agree to that. Even if this celebrity in question is found guilty in this whole fiasco, then how can we bring this person under law and order, really? Is there anything that can be done? There is no concrete proofs as such as everybody is only hearsay here. One thing I would like to add is that Nepalese have very short lived memory when it comes to scandals and the sordid past of any celebrities or well known people. One can name a few like Mr. Prachanda himself who has been living venerated life as to this day... Well!

Bennedict · Jul 17, 2023 9:35 AM

नम्रताले त मध्ये राती अघोरीकोमा लगेर , मोहनी मन्त्रले बाँधेर , कालो बोको पर्सेर एकहोरो बनाएको आरोप पो लाग्यो त !! अलिक नम्बरी तान्त्रिकले हान्यो भने मोहनी मन्त्र फेरी ठ्याक्कै लाग्छ . ऋषि धमलाले पनि मोहनी मन्त्रले दुरुपयोग गरेको आरोप छ . नम्रता सीस इज डेन्जर

edv2023 · Jul 17, 2023 10:20 AM

मोहनी मन्त्र, कालो जादु, मध्य रातमा मसान-घाट पूजा, बुटी लगाउने रे .... यो सबै के हो?? हामी अझै पनि यस्तो काम गर्छौ र गराउछौ र? जमाना त धेरै चेन्ज भईसक्यो नि हैन र? सेक्सको मामलामा, ओपन रिलेशनको मामलामा, लिभ्-इन को बारेमा चै अमेरिकन, युरोपियनलाई नै जित्न खोज्ने हामी नेपाली अनी अझै बशिकरन, मोहनी, बुटी, तन्त्र-मन्त्रको कुरा गर्ने? यि तथाकथित सेलेब्रिटीको इन्टरभ्यु हेर्नुस्, कुरा गर्दा त सबै नेपाली पाखे, उहाहरु चै सबैभन्दा सभ्य, मोडर्न, प्रोग्रेस्सिभ भाका कुरा गर्छन् हो अनी आफुले गरेको काम चै के हो नि? मध्य रातमा मसान घाट गएर बोका पर्साउने, बोकाको मासु खाने रे, मन्त्रित बुटी लगाउने रे। म त हामी कुन शताब्दीमा छौ जस्तो पो भयो हो। पुराना पुराना अमरिश पुरीको हिन्दी फिल्म हेरेको जस्तो पो भयो। युट्युबमा छन यस्ता बशीकरन गर्ने, मोहनी लगाउन सक्ने मान्छेहरुको स्क्याम जस्ता देखिने च्यानलहरु, तर आफु त हेरिन्न हो, यहाँ त यस्ता ठुला ब्यक्तिवहरु (नम्रता, धमला आदी) को नाम आउँदैछ। के भन्ने के?

Bennedict · Jul 17, 2023 10:51 AM

I had no idea who Saruk was until this news came!

ujl · Jul 17, 2023 2:51 PM

we would have never know who is Namrata Shrestha if it was not that leaked video years back.

ajt · Jul 17, 2023 6:28 PM

https://www.tiktok.com/@pratim...

edv2023 · Jul 17, 2023 6:35 PM

आँफैले त्यस्तो काम गर्दा केही हैन, तर अरु जात, ग्रुपले गर्दा चै त्यस्तो बर्गलाई होच्याउने, गिराउने मानसिकता भएका मान्छेहरु हुन यी नम्रता र धमला नामक मान्छे हरु। यसै मैले भनेको छुइन, "आई हेट डबल-स्ट्यान्डर्ड पिपल" भनेर। कुनै काम राम्रो होस् भनेर त भगवानको पूजा गरिन्छ होला, भाकल लगाइन्छ होला, बाधा हटाउने संकटा गईन्छ होला, मनकामना गएर पूजा गरिन्छ होला, अनी कती फिल्म बनाउनेहरु भद्रकाली गएर फिल्म शुरु गरिएको पनि देखिएकै हो। यहाँ दोलालघाटको मसानघाट मध्य-रात गएर बोका काट्ने, बुटी लगाउने रे यो सुन्दा त यो मान्छेको मनमै कालो थियो भनेर त यसै थाहा हुन्छ। अब मैले नम्रतालाई यसो भन्दा यहाँ साझामा उहाको सपोर्टरहरु रिसाउनु होला, तर यहाँ त काम नै यस्तो भको छ के गर्नु?एक्काइसौ शताब्दीको यस्तो हिरोईनले यस्तो काम्-कुरामा विश्वाश राखी अरु मान्छेलाई पनि मसानघाट जान, बुटी लगाउन वाध्य गरेको सुन्दा चै अजिब लागेको छ। के यो यहाँ अरुले भने अनुसार नम्रताको भएको या नभएको डिप्रेसनले गर्दा थियो त? अब तान्त्रिकले जे जे भन्यो तेही तेही गर्ने, अरुलाई पनि गर्न लगाउने रे .. उफ्फ। निर्देशक बोलेको सुन्नुस्, उहाले युज गर्नु भको ईंग्लिश सुन्दा त पढेको-लेखेको लाग्छ अनी एउटा सो कल्ल्ड नामी नायिकाले भन्यो भन्दैमा आँफैले तान्त्रिकलाई ५-५ लाख दिएको रे, मसानघाट गको रे.. अझ "नम्रताजी" ले यसो भन्नुभो, उसो भन्नुभो रे। यस्तो रवाफ कायम गरेको भन्नु कि बशिकरन नै गरेकी रहेछिन भन्नु "नम्रताजि"ले। पहिले पनि "तान्त्रिक"ले गर्दा स्क्यान्डल अहिले पनि "तान्त्रिक"ले गर्दा। के हो यस्तो?

Bennedict · Jul 17, 2023 7:15 PM

नम्रता को तान्त्रिक मोह आज देखि होइन पैले देखि नै हो। लीक भएको Tape मा नम्रतालाइ दनक दिने पनि DJ तान्त्रिक नाम कै हो।

sojho_bahun · Jul 17, 2023 7:21 PM

Saruk ki ShahRukh?

chicagoan · Jul 17, 2023 7:58 PM

हेर्नुस् सोझो बाहुनजी, कुनै मान्छे ठुलै दुर्घटनाबाट बचेर आएको छ भने हामीले पनि बाँच्न त दिनै पर्छ, पुराना कुरा कोट्ट्याएर केही फाईदा पनि हुन्न, हाम्रै इनर्जी खत्तम हुन्छ हो। गलती सबैबाट हुन्छ। अब यस्तो भिडियो बनाएकी हिरोनीले काम गर्न पाउनुहुन्न, मर्नुपर्छ भनेर त्यस्तो गिरेर त म कुरा गर्दिन, हामी सबैले पनि गर्नुहुन्न। यहाँ त एक बिबाहित् कपटी पुरुषले भर्खर आउँदै गरेकी हिरोइनको फाईदा उठाएको थियो, तर त्यो डिजे तान्त्रिक भन्नेलाई के कस्तो सजाय भो, कसलाई के थाहा? कत्तिलाई त उहा महानुभावको रियल नाम पनि थाहा छैन हो। मार त नम्रताजीलाई पर्‍यो तर पनि काम गर्दै आउँदै थीईन हो। उहाको पर्सनल स्टेचर नै यस्तो कि, सबै पीठ पिछे चै कुरा काट्ने है आगे चै केही बोल्न सके पो। उहाको कुनै फिल्महरु चले पनि होलान। म चै उहाको कुनै फ्यान हैन, पहिले चै राम्री लाग्थिन तर पछी आएर मलाई कुनै सरोकार नै थिएन। बेला मौका यहाँ कुरा आउँदा भन्थे मैले, उहाले जे गर्नुभो राम्रो थिएन, बिक्रितीको शुरुवात हो यस्तै भनेर। नेपालमा अहिले थिन्किङ नै चेन्ज भको छ। कुनै ताका कुनै दुष्ट फोटोग्राफरले नाङो फोटो जबर्जस्ती खिचेर पब्लिश गरिदिदा श्रिशा कार्की नामक हिरोइनले आत्महत्या नै गरिन। लोक लाज, समाजको भयले कती बिधी पोलेको थियो होला। पछी आएर अब सेक्स भिडियो नै आए पनि मान्छेले आफ्नो अन्त्य चै गर्ने गरेनन। आँफैले आफ्नो अन्त्य गर्नु अपराध नै हो पनि। अब यस्तो ठुलो दुर्घटनाबाट बचेर आएको मान्छेलाई हामीले खेदो खन्दै बस्नु पनि हुन्न। तर आफुलाई मन नपरेको घटना फेरी डिस्कस भयो भने मेरो पुरानो रिस त उठीहाल्छ, खैर। अब नम्रताजीको पछीको पर्सनल लाईफ त अती रङीन रहेको यहाँ जो कोहिलाई थाहा नै छ। यस्तो केटामान्छे बिना बस्नै नसक्नेहरुले पहिले नै बिहे गरीवरी बच्चा बनाएर बस्नुपर्ने तर खैर त्यो अब भएन। आफु भन्दा १० बर्ष काँन्छो केटासँग सम्बन्ध बनाउदा सम्म नम्रताको मानसिक स्थिती के भईसकेको थियो, वी क्यान अल इम्याजिन। आफु जेठि रहेर, आफु सुपरस्टार भएको, धेरै फिल्म गरेको भन्ने घमन्ड थियो होला कि? सारुकलाई कोठा बन्द गरेर चिल्लाको थीईन रे अनी सारुक चै केही नबोलेर बसेको थियो रे भन्दा सुन्दा त नराम्रै 'ह्यारेसमेन्ट' नै गरेको थिईन कि? कुनै भर्खर उदायमान एक्टरलाई हुनसम्म ह्युमीलिएशन पो भएको थियो कि? के पत्ता अब? अब गिल्टी नै भएपनी नम्रताको के पो होला र? आजिबन काराबास जस्तो सजाय त भको भई भो।

Bennedict · Jul 17, 2023 8:08 PM

until proven no one is guilty in this case, rookie actor got hunted either by tantrik vidhya psychology or by torture from film crew members. we should all pray that his soul will rest in peace, divanggat attma le mukti paos and heartfelt condolence to family.

ajt · Jul 17, 2023 8:47 PM

Bennedict ji, Tapainle bhaneko ek dui ota kura chahin man paryo. Sabailai Namratalai nai khedo khane, DJ Tantrik lai kasaile matlab nai garenan. Ramro bhaye pani naramro bhaye pani Dubai jana uttikai sahabhagi chhan. Ali Hindi sabda ghataunus na please. Shreesha Karki ko samjhinda ta man runchha. Uhanlai apthyaroma parne Uddhab Bhandari le chahin atma hatya garyo. Tara Kishore Shrestha ta ajha pani press council ko upallo post ma chha. Kehi guilty pani feel hunna hola hai? Arkalai bibas banayera faida linda. Samaj nai testai chha hamro. Keki Adhikari hos ki Priyanka Karki hos ki jastai pani kehi ma kehi arop lagayeko chha. Sangai Bhuwan kesi prati khasai chhi chhi dur dur chhaina. Namrata lai ta ma dherai Bahadur mancchhu. Yedi Namrata le kehi bhanera Saruk le atmahatya gareko ho bhane Namrata ko dos hoina, kamjor manasthiti bhayeko Saruk ko ho..Namratalai wasta nagarera arko bato pani lagna sakthyo ni? Ahile gender reversal bhayera atmahatya Namratale gareko bhaye pani dos keti le nai pauthyo :-) Esto bidesh ma baserà padhe lekhe pani hamro manasthiti Sudhreko chhaina…hamra chhori natini ko palama balla sudhar hune ho ki?

chicagoan · Jul 18, 2023 6:17 PM

शिकागोअनजी, (इन्डियासँग पास्टमा केही सम्बन्ध गासिएको हुनाले मेरो लवजमा हिन्दी शब्द आउछ यदा-कदा। सरी फोर ड्याट। ट्राइ गर्नेछु, हिन्दी शब्द युज नगर्ने।) नम्रतालाई अब बहादुर नै भन्नु पर्ला, हो। तर मेरो परिवारमा कोही महिलाले त्यस्तो काम गरेर इन्टरनेटमा सधैंको लागि सेक्स भिडियो अपलोडेड भको भए चै हामी बिच कस्तो ईक्वेशन हुन्थ्यो होला, म अनुमान गर्न सक्तिन र चाहन्न पनि। अहिले धेरै कुरा नर्मलिफाईड हुँदै आएका छन, महिलामा खुलेआम रक्सी खाने कल्चर, अनगिन्ती डेटिङ गर्दै बस्ने चलन, विवाह नगरि लिभ-ईन कल्चर दुबै पुरुष / महिलाको हकमा। महिलाहरुको रक्सी कल्चरको बारेमा त मैले जे देखे, भोगे, मैले साझामा लेखेको पनि छु। यस्तो भनिरहदा कतिले मलाई कन्जर्भेटिभ, ब्याकवार्ड पनि भन्लान। तर यहाँ साझामा कती पुरुष पात्र छन, जो आफुले जे गरे पनि, आफ्नो घरको महिलाले चै रक्सी खाँदै बाहिर नाटक नगरोस, थरी थरीका केटासँग डेटिङ नगरोस भन्छन, सोच्छन, सेक्स भिडियो त टाढाको कुरा होला। सो नराम्रो स्क्यान्डल भएर पनि साथ नछोड्ने नम्रताको परिवारलाई चै मान्नैपर्छ। नम्रतालाई पनि मान्नै पर्छ, हो। अब रुप, सेक्स भिडियो, बोइफ्रेन्ड्स, फिल्म, फेम सबै कुरामा अगाडि नि नम्रता श्रेष्ठ। तर एउटा कुरा मैले नोटिस गरे, नम्रताका कती समकालिन हिरोइनहरु चै कोही नम्रतासँग फ्रेन्ड्ली भको चै कहिले देखिन। प्रियन्का कार्की, केकी, सृस्‍टि आदी हिरोइनहरु एक आपसमा चै मिलेको, सङै काम गरेको देखे, इन्टरभिउ दिएको, हसी-मजाक गरेको देखे, तर नम्रता चै सधैं अर्कै जोनमै पाए, अब त्यो नम्रताको अयारोगेन्स थियो या अरु केही, उहालाई थाहा होला। अहिले हेर्नुस्, यि अरु हिरोइनहरु सोशल मिडियामा के के लेख्दै छन, तर कसैले नम्रता भनेर नाम तोकेको भए त, सबै जना डराई-डराई "छान्-बिन हुन्पर्‍यो" मात्र लेखी बस्छन हो, खैर। आरोप-प्रत्यारोप त यी अरु हिरोइनहरुलाई पनि नलाग्ने गरेका हैनन,तपाइको कुरा सही हो, तर यस्तो सिरियस लेभलको आरोप, सेक्स रिलेटेड या मान्छे नै मरेको-मारिएको अरु कसैलाई लागेको जस्तो चै लागेन है। तेस्तै तपाईंले भन्नु भको जस्तै हाम्रो समाजले केटा र केटिको गतिबिधीमाथी गरिने व्यबहार चै अवश्य फरक छ। नामै लिनुभो, भुवन के सि को बोका व्यबहार हामीहरुबाट नलुकेको हैन। खासमा भन्नुपर्दा नेपाली जनता धेरै नै फर्गिविङ छन, भुवन के सि को स्क्यान्डल भुल्न सक्छन, सम्राग्यिको अश्लील फोटो बिर्सन सक्छन। तेस्तै नम्रतालाई काम गर्ने, सुध्रिने, मुभ अन गर्ने अवसर नेपाली जनताले नदिएको भनेर भन्न पनि मिल्दैन होला। अहिले सम्म यती फिल्म खेल्ने, ट्यालेन्ट देखाउने, आफुले भने अनुसार स्यालरी डिमान्ड गर्ने बातावरण पनि पाएकै हुन। तर अहिले आएर, यस्तो आधुनिक समयको आधुनिक हिरोइनले मसानघाट जाने रे, बोका पूजा गर्ने रे, बुटी बाध्न लगाउने रे भनेर सुन्दा चै मलाई धेरै डिस्टर्बिङ र आईरोनिक लाग्यो। यस्तो कामहरु मेरा बाजे बराजु गर्थे होला। यो के हो यस्तो? नम्रताले केही भनेर सारुकले आत्म-हत्या गरेको हो भने, नम्रताको दोष छैन भनेर कसरी नभन्ने? सारुक कमजोर थियो होला तर हामीले के बिर्सन हुन्न भने सबै जना मान्छेको गाहरो समय, अवस्था इन्काउन्टर गर्ने एउटै मुटु हुन्न। नम्रताको त्यस्तो मुटु थियो होला त सेक्स दुर्घटनाबाट पनि बचिन, तर त्यो भनेर सारुकले पनि डिल गर्न सक्नुपर्छ भनेर हुन्न नि। तपाईं अमेरिका हुनुहुन्छ, यहाँ झन ब्यक्ती-ब्यक्तीको इन्डिविजुअलिज्मलाई महत्व दिने देश। मे बी, कन्स्ट्यान्ट ह्यारेसमेन्ट भईरको थियो होला, धेरै कुरा त हामीलाई अझै थाहा छैन हैन र? अझ बुटिले के-कस्तो करामत गरेको थियो? त्यो त बुझ्न बाँकी नै छ। अनी जेन्डर रिभर्स गरेर यो घटना घटेको भए केटीले दोष पाउथ्यो भन्दा पनि अझै अर्जेन्सीका साथ यो घटनाको छानबिन हुन्थ्यो कि? बिकज नम्रताको ठुलै नाम भको हुनाले। सजाय कसैले नपाए पनि के कारणले गर्दा यस्तो घटना घट्यो भनेर छिट्टै थाहा हुन्थ्यो होला कि? अहिले अब केटा मरेको छ, त्यो पनि तेती नाम नचलेको नायक, अनी यो केसको अनुसन्धान कसरी बढीरको छ, सबैलाई थाहा छ। यहाँ त केटाप्रती नै अन्याय भको देखिन्छ नि हैन र? हेर्नुस् हामी धेरै जसो बिदेश छम, हामी झन नेपालमा भईरको घटना, दुर्घटनालाई नजिकबाट नियाल्न खोज्छौ। नेपालमा त केही ग्रुप बाहेक कतिलाई त मतलब नहोला, को सारुक भनेर। अन्याय भको हो भने त न्याय पाउनुपर्छ, दिबङत आत्माले मेरो भनाइ यत्ती हो। यो घटनाले आउने दिनमा ठुलै उपद्रो मच्चाउने त निश्चित नै छ।

Bennedict · Jul 18, 2023 8:07 PM

महिलामा खुलेआम रक्सी खाने कल्चर, अनगिन्ती डेटिङ गर्दै बस्ने चलन, Pahila pahila tilla raksi khayera sriman lai beluka khana kurera basne srimati lai ulto kutpit garne chalan thiyo, gharma srimati chhora chhori hunda hundai bahira arko srimati rakhne…ani srimati haru chahin sahanu parne…Sabai economic reason ho. Aba Ahile keti haru pani economically independent bhaye sayad tesaile esto notice bhayeko hola Khukuriko Pida achanolai thaha hunchha bhaneko jasto…jaba merai afanta haru Dalit lai quota hamilai anyaya bhayo…hamile 80% lerauna pani engineering medicine ma Seat napaune uniharule 60% mai Seat paune thik bhayena bhanchhan..tera ke kura birsinchhan bhane hajarau barsa dekhi hamra purkhaharule kati dalayera anyaya atyachar gareka thiye…Dalit le 60% leraunu ta upallo jatle 90% leraunu bhanda dherai mathiho…afno “privilege “ acknowledge nagarnule kura nabujheko ho Tesai gari mahila haru mathi ko thicho micho pani ullekh garera sadyei chhaina Tyo hisable malai chahin naturally mahila ra Dalit Barga lai benefit of doubt dina man lagchha kina bhane society pahila nai bias chha…independently herdai herdaina

chicagoan · Jul 19, 2023 6:41 PM

शिकागोअनजी, आई अग्ग्री, पहिलाको चलन तेस्तै थियो, होला धेरै महिलाहरु अप्रेस्ड थिए होलान। इकनमिक इन्डिपेन्डेन्सले अहिले महिलाहरु धेरै काम गर्न बिहीवार भन्दैनन, चाहे त्यो खुले-आम रक्सी खान होस या, चुरोट पिउन या, आफ्नो पार्ट्नर बदल्न। मेरो ब्रेन चै मैले जहिले नेपाल छोडे तेही अड्क्यो भनौ। तेसैले यो स्वतन्त्रता या इकनमिक इन्डिपेन्डेन्सको नाममा भईरको जुन काम्-धाम छन मलाई चै अचम्मै मात्र हैन घिन पनि लाग्छ। मैले मेरो परिवारमा, स्कुल, कलेज जादा सम्म महिला बर्ग यसरी रक्सि-चुरोट पिएको, या नडराइ बोइफ्रेन्ड्स बनाको चै देखिन भन्दा नि हुन्छ। १० मा शायद २ को हुन्थ्यो होला बोइफ्रेन्ड, त्यो पनि घरबाट लुकी लुकी, समाजसँग डराइ डराई सम्बन्ध राख्थे। अनी यहाँ त सेक्स सम्बन्ध जस्तो लेभलमा पुग्ने भनेको त पश्चिमबाट सुर्य उदाको जस्तो हुन्थ्यो। परिवारको इच्छा बिरुद्ध बिहे गर्नुछ भने भागेर चै बिहे गरेको याद छ। अहिले त के? आमा बाउ पनि धेरै उदार, पहिले जस्तो जात्-भात भन्ने पनि हराए, एक जनाकै ३-४ जना बोइफ्रेन्ड रे, गर्ल्फ्रेन्ड रे, के भनौ अब? सेक्सको लागि भनेर कुनै बार्-बन्देज नभको पाउछु। होला पहिलेका मान्छेहरु सेक्सुअल्ली अप्रेस्ड थिए होलान, तर अहिले खुला भएर मात्र के भको छ त? केटा-केटी बिच हुने सम्बन्धको कुनै चार्म या नभेल्टी नै छैन भने। अब त मान्छे हो कि कुनै दिमाग बिहिन पशु, सेक्स त एउटा खाली रमाइलो भको छ, नैतीकता भन्ने कुनै पुरातन शब्द भको छ, खैर। हेर्नुस्, दलित या सामन्तबाद भन्ने कुराहरु अब पुराना भईसके, कुनै जमाना थियो होला यस्तो कुरा प्रमुख रुपमा फलो गर्ने, गरिने। जात्-भातको कुरा या यो महिला भनेर मैले चै त्यस्तो अरुलाई मैले थाहा भएअनुसार थिचोमिचो गर्दिन। मैले पर्सनली एक्नलेज गरे हुला, दलित र सो कल्ल्ड प्रिभिलेज्ड स्टुडेन्टसलाई आन्कलन गरिने तौर-तरिका, सबैले नगर्न पनि सक्छन, हो। तर मेरो भनाइ चै के भन्दा, महिला र दलित पहिले देखी उपेक्षित थिए भनेर हामीले दलित या महिलाबर्गले गर्ने हरेक मनमानी या बिठ्याइपूर्ण कामलाई चै सपोर्ट गर्न मिल्दैन नि। सानो एक्जाम्पल: रिमा विश्वकर्मा लिनुस्, अब रिमा कुन बर्गबाट आएको भनेर मैले कहिले ब्यर्थको बादबिबाद गर्दिन, उहाको राम्रो कामको म सदैब प्रशन्सा गरेको छु, तर उहाले तेस्तै नचाहिने काम गर्नुभो, शब्द बोल्नुभो भने, हामीले त भन्न त पाउनुपर्छ नि, अहिलेको समयमा अब यहाँ उहाको जातले गर्दा मैले या अरुले उहाप्रती बायस्ड हुन गएको या गरेको जस्तो त लाग्दैन। बेला बेला उहा आँफै भन्नुहुन्छ उहाको विश्वकर्मा थरले गर्दा अझ पनि पुराना जेनेरेशनका हरु तिता कुराहरु गर्न आउछन। यो चेन्ज हुन त टाइम लाग्ला हो। तर मेरो भन्नु यती छ कि, नचाहिने काम यदी विश्वकर्मा थरको कुनै महिला/ पुरुषले गरोस कि कुनै काठमान्डुको कुनै रैथाने नेवार, छेत्री, बाहुनले, गलत र अनैतीक काम भको छ भने त हामीले कमेन्ट गर्न त अधिकार पाउछौ नि हैन?

Bennedict · Jul 20, 2023 12:34 AM

These film crew renting home living together in house full of liquor, weed, silajit sounds gang bang house.

meraj · Jul 21, 2023 10:10 PM

probably in future some videos will be leaked what used to happen inside of that house, it would be sad but won't be surprise if that ever happens Last edited: 21-Jul-23 11:40 PM

ajt · Jul 21, 2023 11:39 PM

शिकागोअनजी, अझ पनि तपाईं यहाँ यो केसमा महिला माथि नै थिचो-मिचो भयो भन्नुहुन्छ? अझै पनि यहाँ इन्भल्ब भएकी महिलालाई बेनेफिट अफ डाउब्ट दिनुहुन्छ? सोसाइटी पहिला देखी बायस्ड थियो होला तर अहिले त धेरै खुली सकेको छ। पहिले जस्तो सेक्स भिडियो, फोटो खिच्ने, बनाउनेलाई ट्रोल गरेको जस्तो त अहिले गर्दैनन, हैन र? कुनै पनि महिला माथि हामीले कुरा गर्नुभन्दा अघी तेस महिलाको ब्याकग्राउन्ड, कताबाट आएकी, के-कस्तो संघर्ष गरेकी सबै कुरा महत्व राख्छ होला। यसै अहिले यो घटनाको प्रमुख पात्र महिला माथि प्रश्न उठेको त हैन होला। अब फेरी कुरा आएको छ, त्यो भाडाको सेतो घरमा भेटिएको लिकर, गान्जा, शिलाजित भेटिएको। अब यहाँ त केटा मात्र हैन, केटी पनि गान्जाको भुक्तभोगी भको त उठिसकेको छ, शिलाजित किन, कसलाई चाहियो होला, तपाईं आँफै बिचार गर्नुस्। अब gangbang house थियो कि के त्यो घर, भगवान जाने हजुर। मलाई त धेरै पटक नम्रता श्रेष्ठ तपाईं पारिवारिक सम्बन्धमा हो कि जस्तो लागिसक्यो। नम्रतालाई यत्तिका सपोर्ट त कसैले गरेको आज सम्म देखिन मैले। मलाई त नम्रतालाई केही भन्न पनि शिकागोअनजीको डर पो लागेर आउछ हो।

Bennedict · Jul 24, 2023 12:51 AM

Haha . Namrata ji sanga mero kunai nata chhaina. Tara Hamro samaj nai mahila prati thicho micho rakhne bhayekole ma mahila lai prasta praman nabhai sakesamma dos dinna…hamrai samaj ma Shreesha Karki le atmahatya gareko ho…uhan ta celebrity bhayera Tyo kura bahira aayo…testo bibastabas atmahatya garne sadharan mahila kati chhan…bombai ma nechiate ka ra Nepal aayepachhi gaun nikala gariyeka kati chhan…hami bhanda dherai tadha ta hoina ni Manipur tyahan kehi mahina aghi duita Kuki mahila prati bhayeko atyachar samjhinda pani man jhasanga hunchha…Hami tira ko manasikata pani testai ta ho ni.., Tesaile mero man le chahin mahila lai sajilai aaunla thadauna teti sajilai mandaina…tara Tyo bhandai ma mahila aparadhi nai hundainan bhaneko chahin hoina…hunchhan tara purush ko tulanama dherai kam

chicagoan · Jul 25, 2023 8:33 AM

So many ups n downs in namratas life but she is standstill like a rock. Manche slc faile huda aatmahatya garchhan.

edv2023 · Jul 26, 2023 8:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion