sleep apnea ( घुर्दा घुर्दै चैट )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राति ठिक ठाक सुतेको मान्छे बिहान मृत भेटिने अवस्था लाइ प्राय Sudden cardiac arrest वा हिर्दयघात भनिन्छ . एसको प्रमुख एक कारण घुर्ने समस्या पनि हो . घुर्ने मान्छे लाइ sleep apnea हुने सम्भावना एकदम धेरै हुन्छ . अथवा घुर्ने कारणले नै sleep apnea हुने गर्छ . sleep apnea भनेको सुत्दा सुत्दै स्वास प्रस्वासमा अबरोध भएर सास फेर्न रोकिनु हो . यो एक २ सेकेन्ड देखि लिएर १ २ मिनेट सम्म हुने गर्दछ . धेरैलाइ सास रोलिएको थाहाँ नै हुदैन , किनकि स्वस्थ मान्छे ४ मिनेट सम्म सास नफेरी बाच्न सक्छ .केहि मान्छेहरु निन्द्रा बाटै निसासिएर उठ्ने गर्छन र उठी सके पछि फेरी स्वास प्रस्वास सामान्य हुने गर्छ . सामान्य त: मोटा मान्छेहरु बढी घुर्ने गर्छन र घुर्ने क्रममा स्वास प्रस्वास नलीमा गतिरोध आएर यस्ता मान्छेको मुटु रातमा २ ३ सय पल्ट रोकिदै फेरी सुचारु हुदै गर्छ . एसले तत्कालिक रुपमा केहि असर नगरे पनि अलि लामो समय सम्म मुटु रोकिने बन्द हुने गर्दा हिर्दयघात हुने खतरा ज्यादै हुन्छ . sleep apnea भएर २ मिनेट भन्दा बढी मुटु चल्न छोड्यो भने मान्छे सुतेको सुतै मर्ने गर्दछ . कस्तालाइ हुन्छ sleep apnea ? सामान्यत: एक्लै सुत्ने मान्छे लाइ यो समस्या हुने गर्दछ . सुते पछि आफु घुरेको थाहा नहुने कारणले गर्दा साउदी , कतार , कोरिया तिर काम गर्ने श्रमिक जो एक्लै सुत्छन तेस्ता मान्छे सुत्दा सुत्दै मरेको समाचार आइ रहन्छ . हाल सालैका दिनहरुमा अम्रिकामा पनि केहि नेपाली साथीहरु सुतेको सुतै मृत भेटीएको समचार आइ राखेको छ . कसरि बच्ने sleep apnea बाट ? पहिलो त सारिरिक ब्यायाम नै हो , सके सम्म तौल घटाउने , घाटीको मोटाइ घटाउने . एक्लै नसुत्ने , कसैले त घुर्रछस भनेर भन्यो भने तेस्लाई सामान्य रुपमा नलिने . sleep apnea छ कि छैन भनेर टेस्ट गर्न मिल्छ . आफै पनि गर्न मिल्छ तर हस्पिटल गएर ३ ४ घण्टा मेसिनमा सुते पछि मेसिनले sleep pattern को ग्राफ बाट प्रस्ट जानकारी दिई हाल्छ. sleep apnea भए पछि के गर्ने ? -amazon मा गएर CPAP machine किनी हाल्ने , दिउसो नसुत्ने . सुत्ने बेला यो मसिनको प्रयोग गर्ने . https://www.amazon.com/Portabl... -तौल घटाउने , तौल घटे पछि सामान्यत: यो समस्या आफै समाधान हुन्छ . तौल घटे पछि धेरै रोगको समस्या आफै घट्छ . -आफु नै घरको bread winner हो र आफुलाइ केहि भै हाल्यो भने परिवारको बिचल्ली हुन्छ भन्ने चिन्ताले सताउछ भने १-३ million को term life insurance लिई हाल्ने . https://www.term4sale.com/ . यो ज्यादै सस्तो हुन्छ तर मरे पछि मात्र काम लाग्छ . घुर्नु कुनै पनि अवस्थामा सामान्य हुदै होइन .

edv2023 · Jun 28, 2023 11:47 AM · 3,825 views

5 Replies

बस्टनमा पनि यस्तो घटनाहरु भएका थियो, राम्रै सुतेको मान्छे बिहान त नउठेर नै मरे। अनी सुन्नमा पनि तेस्तै आयो, १२-१५ घण्टा काम गरेका रे (दुइ-दुइ वटा काम अझ कसैको त) अनी राती आए, सुते र भोली उठ्दै उठेनन रे। दु:ख लाग्छ यस्तो सुन्दा। रेगुलर काम गर्ने मात्र नभई स्टुडेन्ट पनि बितेको सुनियो। कोही कोही त रक्सी खाएर मातिएर सुतेको मान्छे भोली त चेट पनि भएका थिए, अब त नाम सबै बिर्सियो। अब काम काम मात्र गर्ने अनी एक्सरसाइज कहिले नगर्ने अनी तेसमाथि रक्सी डेली खाने नेपालीहरु त धेरै छन (बिशेष त रेस्टुरेन्टमा काम गर्नेहरु) ,भन्न सजिलो छ तौल् घटाऔ, हेल्दी लाइफ बिताऔ तर गर्ने कम नै हुन्छन।

Bennedict · Jun 30, 2023 9:57 AM

It was so unfortunate to have lost the boston gy from our community . All we can do is to contibute some money in his gofundme within our capacity n prey for his family in this hardest time .

edv2023 · Jun 30, 2023 10:18 AM

यो कहिलेको कुरा हो हजुर? लिन्क पोस्ट गर्नुस् त।

Bennedict · Jun 30, 2023 10:22 AM

Please search tika adhikari in gofundme and cotribute no matter a dollar or a grand .

edv2023 · Jun 30, 2023 11:07 AM

रबिन दाजु पनि हिजो ठिक-ठाक सुतेको भन्ने खवर आयो . RIP https://www.youtube.com/watch?...

edv2023 · Jul 4, 2023 2:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion