लाजके आगे जीत है !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लाज, सरम,संकोचको जन्जिरले धेरै मान्छे लाइ अघि बढ्नबाट रोकेको हुन्छ , त्यो जन्जिर तोढ़न सके ऋषि धमला जत्तिको मान्छे पनि निक्कै सफल हुने रैछन . https://www.tiktok.com/@oshipd...

edv2023 · Jun 3, 2023 3:15 PM · 12,083 views

5 Replies

Mahatma Gandhi once said " First they ignore you, then they laugh at you, then they fight you, then you win". 😀

harkhe7 · Jun 4, 2023 5:47 PM

सहि हो सर, https://www.tiktok.com/@rammay...

edv2023 · Jun 4, 2023 7:24 PM

"लाजके आगे जीत है।"यो भनाइ चै सही हो। अजिब अजिब घटना भको पनि देखे केटा-केटी बिचमा यही अमेरिका आएर। अर्कै नेपाली केटासँग ज्यादै नजिक भएर लस्-पस भाको केटी कसरी अहिले अमेरिकन गोरे केटासँग बिहेवारि गरेर फेसबुक भरी फोटो बिछाएको पनि देखे। बिहे त सबैले गर्न पाउने अधिकार छ तर आफ्नै आँखाले यो सब देख्दा चै गाहरो हुने रहेछ। कती सजिलै, पूर्व प्रेमिलाई बिर्सेंन सकेको होला, अनी अप्ठ्यारो, लाज नमानी सबैले देख्ने गरेर नयाँ लोग्ने सँग चुम्मा चाटि गरेको फोटो राख्न पनि सक्ने होलान। तेही भएर "लाजके आगे जित है" सहि हो।

Bennedict · Jun 7, 2023 10:49 AM

Hahha, bennedict sar , it always fun 2 read your experinces

edv2023 · Jun 7, 2023 10:57 AM

नेपालीहरु उसै त PDA पब्लिक डिस्प्ले अफ अफेक्सन गर्ने गर्दैनन तर यिनी केटी र पहिलेको प्रेमी पनि तेस्तै खुलेआम सबैको अगाडि अंकमाल गर्ने, चुम्मा साट्ने गर्थे, लभ बर्ड्स झै। यही आँखाले देखियो सबै। गर्नेलाई भन्दा देख्नेलाई लाज पो त। अब त्यो देख्दा त हामी सिर्फ मुस्काउथ्यौ अनी तेही हो। पछी के भएर कुरा बिग्रियो, के भएर ब्रेक अप भयो, भगवान जाने हजुर। उसै त दुई जोडीको बिचमा के हुन्छ हामीले कसरी थाहा पाउने? छोरी पढ्न अमेरिका आएर के के गर्दैछिन, आमा बाउलाई केही पत्ता छैन हो। हामी चै दुबैको अब बिहे होला नि त भनेको त, बर्ष दिन पछी फेसबुकमा केटीले गोरे सँग बिहे को फोटो पो धमाधम अपलोड गर्छिन हो। अब पहिलेको केटालाई देखाउन हो कि के हो, उनैलाई थाहा होला। फोटो पनि सिम्पल भए केही थिएन, तेस्तै भड्काउ खालको, किस्स गरेको, कता क्रुजमा गाको, सङै अर्ध-नग्न भर स्विम्मिङ गरेको पो राख्छिन पो। के भन्ने? लाइफमा धेरै रिलेशन हुन सक्छ, ब्रेक अप हुन सक्छ, स्क्याण्डल हुन्छ आदी आदी भनेर म सधैं भन्छु तर हामीले आफुले पहिले गरेको कामले पछी आउने भविश्यलाई कतीको अफ्फेक्ट गर्छ होश पुर्‍याउनु पर्छ जस्तो लाग्छ है मेरो दुई सेन्ट। जब बिहे आदी पक्का हुने सम्भावना थिएन भने किन आमा बाउलाई सबै कुरा लुकाएर कुनै केटासँग तेती बिधी हिमचिम(कुरा बुझ्नुहोला) बढाको होला लड्कीले? त्यो पनि सबैलाई थाहा हुने गरेर, देखाएर। सम्बन्ध हुँदा यस्ता कुरा हुन्छन, गरिन्छ नि भन्लान भन्नेले तर मलाई अजिब लागेको चै लड्कीको चाला माला देखेर हो। अनी फेरी अहिले सबै बिहेको डन्का ठोकेर के प्रुभ गर्न खोजेकी हुन? हे राम। जमाना धेरै चेन्ज भएछ। आफै चेन्ज हुन नसकेको पो हो कि? सोचाइ त प्रोग्रेस्सिभ नै छ, के भन्ने अब।

Bennedict · Jun 8, 2023 6:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion