https://www.himalkhabar.com/ne... राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले बुधबार कागजात झिकाउने आदेश दिएको रिट निवेदनक युवराज पौडेलले जानकारी दिए। लामिछानेले झूटो विवरण पेश गरेर राहदानी निकालेको भन्दै प्रहरीमा उजुरी परेको थियो। गृहमन्त्री छँदासम्म उजुरीबारे अनुसन्धान नगरेको प्रहरीले नागरिकता केसमा पदमुक्त भएपछि मुद्दा नचलाउने अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेको थियो। न्यायाधीश फुयाँलको इजलासले महान्यायाधिवक्ताको कार्यालय लगायत निकायलाई कारण देखाउ आदेश सहित कागजात झिकाउन भनेको हो। https://www.himalkhabar.com/ne...
Khaobaadi_Netaa · Apr 6, 2023 2:08 PM · 1,774 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion