अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको भन्दै एक नेपाली नर्स पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । अष्ट्रेलियामा वृद्धामाथि बिरामीमाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डेले एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्। अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ। अस्मितलाई जेलसम्मको सजाय हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् । हाल गर्भवती रहेकी अस्मितालाई अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा काम गर्न बन्देज लगाइएको छ। उनको मुद्दाको अन्तिम सुनुवाई मार्चमा हुने बताइएको छ। यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ। https://khuldulipost.com/2023/...

ktmpost · Jan 30, 2023 12:09 PM · 2,616 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion