https://www.onlinekhabar.com/2... पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनी समेत दिएको छ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए । यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो । आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । काठमाडौंमै केही समय अघिमात्रै एक युवतीले पनि इन्गेजमेन्ट टुटेपछि प्रेमीको घर अगाडि आत्मदाह गरेकी थिइन् ।
Khaobaadi_Netaa · Jan 26, 2023 1:07 PM · 3,010 views
मोटर साइकलमा बेर बेला प्रेसर कुकर बम फ्याक्ने चलन आएको बेला मा पनि केहि Ban गरे जस्तो लाग्छ |
Logan · Jan 27, 2023 12:04 PM
Great idea. Kohi rukhma jhundiye rukh katne, pokharima dube Pokhari sukaune
chicagoan · Jan 27, 2023 4:54 PM
अब रानी पोखरी सुकाउन बालेन शाहलाई निवेदन चडाउन पर्ला
Khaobaadi_Netaa · Jan 27, 2023 6:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion