****************मेरो लौहता!******************** म मृत्यु कुरेर बसेको तुलसी मोठमा । मेरा दश दान पनि सकिए । म राम कृष्ण जपेर सास सजिलो पार्दै थिए । आयो-आयो सबै चिच्याए ! मैले सकि-नसकि आँखा फटाएर मुन्टो उठाए। कोशेली बोकेर जीवन अन्मरिएछ ! हो कोशेली बोकेर जीवन अन्मरिएछ । म उठौं त कि नउठौ? उठौं पनि किन उठौ? म गदगद पनि किन होउँ? म लाचर हुँदा जीवनले मलाई अंहँ, सम्झिएन । मलाई हाहाकार हुँदा, उ कहिल्यै गर्जिएन । म पराजय स्वीकारेर, इश्वरलाई क्षमा दिदै थिए । हो म पराजय स्वीकारेर, ईश्वरलाई क्षमा दिदै थिए । जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ । जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ । मेरा हजार गुनासहरु छन् । मेरा हजार गुनासहरु छन् । मेरा अनन्त अनिदा रातहरुका राता आँखाहरु छन् । मेरा गुहारका चिच्याहटले बसेका गला छन । दश औला जोडेर गरेका दण्डवतका डामहरु छन् । म के मात्र निफनौ? म के मात्र बयान गरौ । म यी बिलाप कसरी पस्क्यौ? धेरै नै छन्, म यि बिलाप कसरि पस्क्यौ? जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेको छ । अँह, जीवनले त्यो केहि देखेन। मेरा अमिलिएका पीडा केहि देखेन । उ त पूर्विया जस्तो आइदियो । आफ्नो आभाले सबैलाई चम्काइदियो दियो । उसले हाल खबर पनि सोधेन, बिमारको कारण पनि खोजेन । जीवन त हाँसी हाँसी आइदियो । हात समाएर मलाई उठाइदियो । मेरा पीडा र संघर्षहरु त्यसै निम्छरा भइदिए । शैया लिइसकेको शरिर, छिटै निकोसरी नै भइदियो । आउ आज दीप जलाउ । आउ आउ आज, तिमी दीप जलाउ। जीवनले मृत्यु जितेको एक दिन हो यो । जीवनले मृत्यु जितेको एक दिन हो यो! -somewhereondearth
somewhereondearth · Jan 20, 2023 11:49 PM · 21,380 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion