खबरदार ! भित्र नबस्नुहोला !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खबरदार ! भित्र नबस्नुहोला ! बाहिर गज्जबको जात्रा छ । कोटा पुग्नलाई बाँकी एक मात्र छ । सित्तैमा चटक देखाइरहेको, चटके कोरानाले चटक देखाउँदैछ । कति पुग्छन् हिसाबमा अंक लेखाउँदैछ । नाम लेखाइहाल्नुस्, फेरि छुट्नु होला । खबरदार ! भित्र नबस्नुहोला ! हात धुनुहोला नि फेरि ? मरे नधुनुस् । मास्क लगाउनुहोला नि फेरि, त्यो मोरालाई त छुँदै नछुनुस् । बाहिर तमासा छ, मुख छोपेर नखोक्नुहोला । फेरि अर्कोलाई चिठ्ठा पर्ला । टिकट चाहिँदैन हेर्नलाई, बस् कात्रो बोक्नुहोला । हिँडी हाल्नुस् , फेरि छुट्नु होला ! खबरदार ! घर भित्र नबस्नुहोला ! बाहिर आर्यघाट, एक्लै छ, तपाईलाई कुरिराछ । र, वरिष्ठ डाक्टरसाप भन्नु हुन्छ, आँखाबाट छिर्छ रे, पट्टी बाँधेर निस्कनुहोस् । उता, आर्यघाटले भने आँखा उघारेर बसेको छ । साँच्ची आर्यघाटलाई, कोरोना लाग्छ कि नाई ? Nikesh & smriti  Last edited: 08-Jan-23 03:42 PM

Smriti-malla · Jan 8, 2023 3:41 PM · 9,124 views

4 Replies

Pheri yo Nikesh bhaneko ko ho?

chicagoan · Jan 8, 2023 7:20 PM

Kina chahiyo Chicagoan yo Tyo ?? Khurukka padhaera majja leu na . Sadai aru ko billa matra gardai hidney . Gas station ma kaam chaina bhandaima jpt lekhidiney

Sampurna pokhrel · Jan 9, 2023 12:28 PM

Hoina…sadhai naam phereko chha afnai rachana ho ki aru ko bhanera Aruko bhaye Tyo ullekh hunu paryo Gas station ma diuso ali fursad nai hunchha :-)

chicagoan · Jan 9, 2023 2:04 PM

सुरु सुरुका चुटकिला पढ्नुभयो होला र अहिलेका कबिता बिच तुलना गर्न भ्याउनु भएको छ कि छैन ?

Logan · Jan 10, 2023 10:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion