म निर्मला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म कुनै पर्दाकी नायिका होइन म कुनै पहुँचवालाकी बालिका पनि होइन म त न्यायका लागि चिच्याइ चिच्याइ थाकिसके अभागी मेरो पुरपुरो म त मरेर पनि हारिसके म निर्मला म तपाइको सानी नानी जस्तै थिएँ पढ्ने लेख्ने रमाउने यी मेरा दिनचरिया थिएँ। निक्कै लामो जीवनमा बालखैमा दुःख पाएँ पापी संसार छोडेर १३ वर्षमा फर्की आए।। म निर्मला ज्ञान लिएर मानव बन्न हिडेकी म मनवता हराएकासँग भिडेकी म म त बलात्कृत भै फालिएकी म त संसार देख्नै नपाइ अन्धकारमा मारिएकी म निर्मला म त कुनै राज्नितिक पार्टीको एजेन्डा भएछु म कसैको भासण र आश्वासनको विषय बनेछु म कसैको राज्नितिक व्यापारको सुट बनेछु अनि म कसैको राज्नितिक प्रचारको फुट बनेछु म निर्मला।।। न्याय हराएको देश्मा मेरी आमाका आँसु हराए म नियाल्दै छु। कानुनको हरेक ढोका ढकढक्याउन पुगेका मेरा बाबाको भरोसा हराए म नियाल्दै छु मेरा लागि न्याय गर्नुपर्नेले नै अन्न्याय गराए म नियाल्दै छु मेरो हत्यारा खोज्छु भन्नेले नै मेरो कयौंपटक हत्या गरे म नियाल्दै छु म निर्मला।।।। देशमा धेरै निर्मला छन् हामीलाई न्याय देउ यो देश हाम्रो पनि त हो हामीलाई न्याय देउ निर्मलाको हत्यारा नलुकाउ हामीलाई न्याय देउ कोही निर्मला यसरी संसार छाडी जान नपरोस् हामीलाई न्याय देउ म रोइ रहेछु कराइ रहेछु आँसु बगाइ रहेछु हरेक दिन हरेक रात हरेक क्षण म निर्मला म निर्मला ।। Rajiv upadhyay & smriti malla

Smriti-malla · Jan 1, 2023 1:55 PM · 10,200 views

2 Replies

check your inbox. Maile message pathako chu. May be notification gayena. Thank you.

everestial007 · Jan 1, 2023 11:19 PM

Pheri Rajeev Upadhyaya? Smriti ji, je je post garnu Hunchha Tyo tapainko afnai creation ho ki Aru ko ho? Nirmala prati dherai sadhbhawana bhaye pani, tapainko naam le garda mukta kanthale prasamsa garna Sarai apthyaro Hunchha

chicagoan · Jan 2, 2023 12:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion