सफलताको जङ्गलमा असफलताका रुखहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सफलताको जंगलमा केहि असफलताका रुखहरु पनि रोप्नु पर्ने हुन्छ तब त प्रकृतिको मजा लिन सकिन्छ केहि प्राकृतिक उपहारहरु जंगलमा रमाउन चाहानेहरुलाई दिन सकिन्छ तर जब जब प्रकोपहरु आउछ्न् यो जंगल डगमगाउदैन केहि सफलताका रुखहरु लड्न सक्छ्न् यिनै रुखमा बाँदरहरु आएर चड्न सक्छन् फेरि ढलेका रुखहरु बढ्न सक्छ्न् केहि तस्करीले काटेर त्यहि रुखबाट शिखर तिर चड्न सक्छ्न् तर यो जंगल छिटै सखाप हुँदैन तृष्णाको पसिना चुहाएर यसै जंगलबाट फर्कनेहरुलाई फेरि आउनुपर्छ भन्दै यी रुखहरु रुँदैन त्यसैले , सफलताको जंगलमा केहि असफलताका रुखहरु पनि रोप्नु पर्ने हुन्छ । Smriti malla devkota.

Smriti-malla · Dec 28, 2022 1:05 PM · 12,035 views

5 Replies

Soghosit nawa Mahakabi Smriti Malla arthat Nir Shrestha arthat kunni ke Poudel

chicagoan · Dec 28, 2022 2:53 PM

सफलताको रुख र असफलताको रुख दुबै चाहिन्छ, त्यो मैले बुझे तर सधैं सफलताको रुख मात्र ढल्छ, तस्करी हुन्छ भन्ने त हुन्न होला हैन? असफलताको रुख पनि ढल्छ होला, चोरि हुन्छ होला नि। यहाँ मेटाफोर नै मिलेको जस्तो लागेन हो। प्रकृतिको मजा लिन असफलताको रुख पनि रोप्नुपर्छ ओके, मतलब, कहिले काही असफल पनि हुनुपर्छ, सधैं सफल मात्र होइन्न अनी त्यस्तो बिचार पनि राख्न ठीक हुन्न, जस्ट बी रेडी फोर एभ्रीथिङ हैन। प्राकृतिक प्रकोप आउँदा असफल रुखले पनि रक्षा गर्न सक्छन, असफल भएर जिन्दगीमा के सिकियो, तेस कुराको युज गर्न सकिन्छ भनेको भए हुने, तर यहाँ लूक्स लाइक यु स्टार्टएड वेल, यु ह्याव अ बिग आइडिया बट इट्स काइन्ड अफ लस्ट इन ट्रान्स्लेशन।

Bennedict · Dec 29, 2022 6:29 PM

प्रकृतिले आफै सफल र असफल रुखहरु निर्क्यौल गरि दिन्छ, खोजि खोजी रोपी राख्नु पर्दैन | सफल असफल सबैले आफ्नो तरिकाले देन दिई राखेको हुन्छ होइन र ?

Logan · Dec 31, 2022 12:04 PM

लोगनजि अनि बेनिडिक्टजि दुबैजाना रुख ठड्याउन असफल हुनुहुन्छ भन्ने हल्ला छ नि बजाराँ, के सत्य हो ? Last edited: 31-Dec-22 01:49 PM

PepeSilva · Dec 31, 2022 1:46 PM

लिङ्गे पिङ्गमा झुल्ने रहर लागेको जस्तो छ ? कि Hammock टाङेर रुखको ओझेलको आनन्द लिने बिचार गर्यौ ? Last edited: 02-Jan-23 09:12 AM

logan · Jan 1, 2023 4:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion