भिडै भिडको सहरमा हराइरहेकी थाहा छैन जिउँदो छु कि जिउँदो लास यहाँ केही महसुस हुँदैन । थाहा छैन खुशी छु कि दुःखी मान्छेको भिडमा अनायासै मुस्कुराउनु पर्ने अनि एक्लै हुँदा अनायासै आँसु झर्ने केही अनुभूति हुँदैन यहाँ। गुनासो त धेरै थियो तर अफसोस् मान्छेहरु यहाँ शब्द पढ्छन् भाव बुझ्दैनन् बोली सुन्छन् तर मौनता बुझ्दैनन्। एक थान रित्तो गोजी अनि अनगिन्ती रहरबीच खुसी खोज्दा खोज्दै समय बित्दो र’छ अनि भविष्य खोज्दा खोज्दै जिन्दगी Last edited: 27-Dec-22 02:23 PM
Smriti-malla · Dec 27, 2022 2:23 PM · 6,365 views
यो लाइन मन पर्यो, मान्छेहरु यहाँ शब्द पढ्छन भाव बुझ्दैनन बोली सुन्छन तर मौनता बुझ्दैनन्। दिज लाइन्स ह्याभ सम अदर लेवल अफ पोएटिक इमेजरी। गुनासो अब कसरी ब्यक्त गर्नुहुन्छ त हजुर? बोल्न त पर्यो। लेख्न त पर्यो। भाव बुझाउन त पर्यो नि गाठेँ। बोल्दै नबोली, लेख्दै नलेखी, हामीले कसरी बुझ्ने तपाईंको "भाव"? मौन बसेर इट डजन्ट हेल्प। त्यो पनि अहिलेको जमानमा। भिडै-भिडको शहरमा अब नहराउनुस् हजुर। जिउदो लाश भर केही महसूस नभाको भए, तपाईंले यत्तिका गुनासो लेख्नहुन्थ्यो होला त? कुरा पनि के हो हो।
Bennedict · Dec 29, 2022 6:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion