आज अल्लो खाने दिन। स्वादिष्ट मालपुवा खाएर मज्जा लिनुपर्छ।
Biruwa · Dec 25, 2022 10:11 AM · 10,317 views
कता तिर मालपुवा लाइ अल्लो भन्छन ? सुदुर पुर्ब कि सुदुर पश्चिम तिर हो ? अस्वगंधा को बोट टासे चिप्रे मामाले अनि अर्को ले चै "यार्षगुम्बा" हुनु पर्छ भन्ने लेखे | यार्षगुम्बा पनि जमिन माथि फलने गिठ्ठा जस्तै हो कि आलु तरुल जस्तो जमिन मुनि फल्ने चिज हो ? मैले पनि अल्लो पढ़ना साथ् डल्लो सम्झेको थिए | अल्लो खाउ भने पछि यसो रेसिपी वा युट्युब टासी दिए सुनमा सुन्गंध तह्प्निए थियो |
logan · Dec 25, 2022 2:50 PM
खासमा नुन नखाने दिनलाई अल्नो की अल्लो भन्ने गरिन्छ। ला लिनु recipe https://youtu.be/_uZi57X2zJQ
Biruwa · Dec 26, 2022 8:39 PM
अल्लो , अलिनी खाने दिन को पछि कुनै कारण वा कथा जोडिएको होला अनि स्वास्थ्य लाभ पनि हुन्छ होला | अल्लो को उदय सुन्दा भैरब अर्याल ले लेख्नु भए आलुको न्वारान " आ ले न " बाट सुरु भै पछि आलु रहन गएको हुनु पर्छ भने झैँ "राजाले खाने" भन्दा भन्दै पछि बोकाका गुला पछि गएर "राजखानि" हुन् पुगेको कुरा यहि साझामा कोरिएको थियो | जाडो बड्दै छ एक दिन झड्केला सालाहरुका दिदीलाई तपाइले तास्नु भएको रेसिपी देखाएर अल्लो बनाउन लगाई खाने निधो गरे |
logan · Dec 26, 2022 9:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion