ग्याम फेरी मिस भयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाह्र बर्सां पोइ आको, मै रारी लाइ ज्वरो आको जस्तो भयो आजको फाइनल ग्याम . १२ वर्ष पछि आनन्दले ग्याम हेर्न ह्यारिस्बर्ग आएको , यहाँ आए देखि सेमी र फाइनल ग्याम दुवै मिस भयो . भुटानी साथीहरुको सारै आत्मिय आथित्य पाईयो . बिचराहरुले आए देखि तिन पानेमा डुबाएर राख्नु भएको छ . यहाँ त फेरी घर घरमै लोकल रक्सि बन्ने रहेछ . कोदोको रक्सिलाइ झानी झानी खुवाउनु भयो . लोक्कल नछोको ठ्याक्कै ५ ७ वर्ष भै सकेको थियो , एक्कैचोटी खाँदा त तोरीको फुल देखियो . हिजो सांझा पनि तेस्तै भयो , मृगको सिकुटी संग रातभर तिन पाने खाएर बिहान मात्र सुतियो . ग्याम सुरु हुने समयमा उठ्नै सकिएन . म उठ्दा पेनाल्टी सुरु हुने सुरसार थियो . फेरी येस्पली कसलाई सपोर्ट गर्ने कुनै भिजन नै थिएन मेरो . दुवै मन नपर्ने टिम . अर्जनटीनाले त फकल्याण्डको युद्धमा हाम्रो सोझा गोर्खा भर्ति लाइ जिउदै जालाएको, यस्ता हरामखोर लाइ सपोर्ट गर्ने कुरै भएन . फेरी ५ फिटे लुते मेस्सीको टिमले ओल्ड कप जित्ने कुरो पनि भएन . चाहना बिपरित पेनाल्टीमा लुते मेसिको टिमले जितेको देखियो , पत्यार नै लागेन , रक्सि पो लागेको होकी भनेर मुख धोएर आइयो . अब फ्रेश भए पछि फ्रान्सले जित्छकि भनेर फेरी re -play गरेर पेनाल्टी हेरियो . re -play मा नि फेरी मेस्सीको टिमले नै जित्यो . पुरै ग्याम फेरी हेर्न मन थियो तर फेरी पनि मेसिले नै जित्ने सम्भावना भएकोले फेरी replay गरिएन. मलाई अचम्म लागेको चै यो ठाउँमा काठमाडौँमा भुस्या कुकुर पाएको जस्तो मृग पाइदो रहेछ , घर घरमा बन्दुक हुने रैछ अनि गुलेलीले ढुक्कुर मरेको जस्तो मृग , बदेल मार्न पाइदो रहेछ. अम्रिका बसियो भने बरु यता पो घर किनु पर्छकि जस्तो भयो .

edv2023 · Dec 18, 2022 2:35 PM · 3,116 views

2 Replies

यो "ग्याम" भन्ने चै कताको accent होला? सुदुर पश्चिमतिरको बोली हो कि? "गेम" भन्ने त थाहा थियो..

Bennedict · Dec 19, 2022 1:24 PM

TPS2GC naya naam edv2023 Achham ko manchhe ho kyare..

chicagoan · Dec 19, 2022 1:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion