निष्ठूर समय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

समय, तिमी यति धेरै बलवान् बनिदियौ की म तिम्रो महत्वलाई महसुस गर्दै आफ्नै मन र मष्तिष्कलाई सन्तुलनमा राख्दै एउटा दूर्गन्तव्यमा पुग्ने अठोटका साथ उडान भर्नेक्रममा अगाडि, पछाडी, दायाँ अनि बायाँका बादलहरू छिचोल्ने प्रयास गर्दागर्दै कतै अनकन्टार जङ्घारमा अलझिएर अड्किरहेको छु तर तिमी निष्फिकृ भएर आफ्नै गतिमा कुनै चिजको पर्वाह नगरी कसैको चासो, चिन्ता अनि ख्याल नराखि एउटै गति, लय र सुरमा निरन्तर अगाडी बढिरहेका छौ आफ्नो गन्तव्य भेट्न सायद तिमीलाई तिमी हुनुको बोध छ तर म म कहिल्यै हुन सकिनँ सधैँ अल्झिरहे कुनै बन्धनमा भए विचल्लित यो या त्यो नाममा परिनाम आज तिमी तिम्रो गन्तव्य नजिक छौ म कतै हराइरहेको छु अनि तिमी मलाई हेर्दै गिज्याइरहेका छौ।

Smriti-malla · Dec 11, 2022 2:23 PM · 5,480 views

3 Replies

Yo chahin Smriti Malla ki Nir Shrestha ki kunni ke Poudel? Ki Sabai eutai ho?

chicagoan · Dec 11, 2022 3:05 PM

हजुरको प्रश्न लाइ दिने कुनै उत्तर त छैन, झा जी सेर सायरी र टोड्के मार्न सारै उस्ताद थिए | उनकै संगत अनुसार " आम खाओ पेड गि्ना मत करो" टास्नु बेस होला ? सिरिस , माईलो दाइ, दिप अनि राहुल भाइ हरुले साझा छोड्नु भए पछि चुट्किला बाट सुरु गरि अहिले कबिता पस्कदै हुनु हुन्छ , रस-स्वादन गर्नुस | अनि कुनै दिन सत्य कथा मा आधारित कथा पस्कनु हुने आशा गरौ। Last edited: 11-Dec-22 04:21 PM

logan · Dec 11, 2022 3:25 PM

त्यही भर त भनेको स्‍मृति मल्लज्यु aka lot of other names you have समय रहदै घैटोमा घाम लगाउनुस् अनी यस्तो हराउने र अरुलाई झुक्याउने क्रम बन्द गर्नुस्। अलिकती लाज त लाग्नु पर्ने, केटा भर केटी हुनुपर्ने, अनी छड्के बोलिमा कबिता लेख्नुपर्ने, कस्तो अजिप शौख पाल्नुहुन्छ हजुर?

Bennedict · Dec 12, 2022 12:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion