हामि - हाम्रो चाहना र आबस्यक्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२ - ४ बर्स भै सक्यो होला कसैले यहि साझामा धागो कोर्नु भएको थियो " लौ प्लामिंग मा शहयोग गरिदिनुस , लन्च खुवाउछु अनि गोजीमा लक्ष्मी पनि राखी दिउला" एउटा एन्ड्रु ज्याक्सन पनि थमाउला | DYI अति आबस्यक रहेछ भन्ने कुरा जब घर किनेर बस्नु हुन्छ अनि मात्र थाहा हुनेछ | नेपालमा हुदा ए फलानोलाई बोलाएर ल्या भने पछि पुग्थ्यो र पुगी राखेको छ | HandyMan हरु घर आएको मात्रै १०० + लिन्छन अनि काम फत्ते हुदा सम्म २- ३ सय पुगी सक्छ | एसी बाट चुहिने पानि जाम भए पछि करिबन ५०० मा धक्का लागेका कुरा पनि सुनिएका हुन | एक जनाले Samsung को ग्यास रेञ्ज किन्ने भए र ग्यास लाईन जोड्न लाई Handyman खोजेको ५०० लाग्ने बताए पछि घरमा ल्याईदिने देखि जोडिदिने र पुरानो Uhual गरिदिने कम्पनी खोजे र ५०० बचाए | लण्डने भाइले ढोकाको Handle फेर्न लागाएको १०० युरो तिर्दा उनले पनि computer programmer को काम छोडेर HandyMan हुनु पर्छ कि क्याहो भन्थ्यो | हामि नेपालि सबै बाबु साब हुञ्छोउ, आफुलाई बाबुसाब जनाउन कासका थाल ठट्याउने त्यो नभए सिल्भारकै भए पनि ठटाउछौ | सहयोग गर्न हामि कति अगाडि सर्छोउ ?

Logan · Dec 9, 2022 6:04 PM · 2,532 views

1 Reply

हालै अमेरिकामा कति जति घर जग्गा किनबेच देखी ब्यबसायिक निर्माणमा लागेका होलान ? अनि उनिहरु सरसहयोग को लानी कति तम-तयार हुनु हुन्छ ? धर्मको र संस्कारको आधारमा हेर्ने हो भने विभाजित जमाज को उपज हामि अझै पनि अरुलाई होचो बनाइ ठुलो बन्ने बानि व्यहोरा देश छोडि बिदेसिएको २ -३ दशक बित्दा पनि हामीमा खासै पोजेटिभ परिवर्तन देखेका छैनौ | सहयोग गर्नेले पनि सहायोग माग्ने लाई हेरेर बुझेर मात्र सहयोग गर्ला किनकी सापलाई दुध पियाएर बसे पनि एक दिन माया गरेर एक चुम्बन दियो भने परमधाम पुर्याउछ | सहयोग माग्नेले 'self-assessment" गर्नु आबस्यकता होला | नत्र सहयोग गर्ने पनि " एक सुकाको को तेल दिने अनि घसी पनि दिने" अबस्थामा पुग्न के बेर | लौ भक्तालु सहयोगीहरु जो अमेरिकी भूमिमा निर्माण कार्यमा लग्नु भएको छ र साझा छिर्नु भै समय बिताउनु हुन्छ भने पछि नपार्नुस | ब्राम्हण लाइ दान दखिणा ले पुण्य पाइदैन सहयोग चाहिनेलाई सहयोग गर्नु पुण्य कार्य हो | कर्म गर फलको आशा नगर भन्ने सुन्नु भएको होला : फलको आशा बिना साझामा धागो कोराइ हुदैन तर पनि सुनेका कुरा सुनाउनु ठिकै होला !

logan · Dec 11, 2022 3:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion