PURE LOVE

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रेमको अंकुरा टुसाए पछि, मनसँग मन साँटिए पछि, भेट तेस्रो,चौथो जति होस, पहिलो पल्ट जस्तै लाग्छ, ठिहिर्याउँदो पुष-माघको जाडोको , चिसो-चिसो बतासको, आँखा तन्काई हेर्ने अपरिचितको, कसैको बाल लाग्दैन, हात समाएर, उनको साथमा, चिसो मौसममा, चिसै आईसक्रिम चुस्दै, पाईला गिन्दै, हिन्दै गर्दा पनि, कस्तो तातो-तातो न्यानो-न्यानो पनको, आभाष हुँदो रहेछ, र त, झम्सिखेलका गल्लिहरुमा, पाटनको कृष्ण मन्दिरमा, बसन्तपुरका चोक-चोकमा, यस्तै-यस्तै, हेर्दा सामान्य लाग्ने, अपरिचित पनि होइनन, तर अनौठा, दृश्य भनौं कि, परिदृश्य, सहजै देख्न पाइन्छ्न् !!! के चोखो प्रेम यस्तै हुन्छ र ???

Smriti-malla · Nov 22, 2022 12:19 PM · 4,713 views

1 Reply

Mitho lekhai

chicagoan · Nov 22, 2022 4:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion