म चिया लभर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चट्ट आधा चम्चा चिनी हालेर चियापत्ती र पानीमा घोली एक गिलास चिया चुस्की हान्दै चिसिदै गरेको चाखलाग्दो साझमा चियाउदै छु चित्त नबुझेको जीवनलाई। चिटिक्क परेको मान्छेलाई चिनेको नचिनेको सबैलाई चट्ट हेर्दै, चियाको चुस्की हान्दै चुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा। अर्को चुस्की चिया यस पटक फरक स्वादमा चार दिन अघि चार बजे तिरको कुरा सम्झिँदै घरको चोकमा चोरीको नाममा चुरा बजार्दै चुसिएको काइलालाई चौपटै पार्ने गरी चड्काएका थिए चान्दनी आन्टीले। तेस्रो-चौथो चुस्कीसँगका बातहरु चुर्ना परेका समाजका नकचराहरुलाई समर्पित जस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन् न चराझै उड्न चाहने कलिला सपनाहरुलाई मात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन्। अन्तिम चियाको चुस्की न जीवनमा सुखीका रस आए झै लाग्छ न जीवनले जिउने जीउ पाएछ झै सायद चिया जस्तै रहेछ साराको जीवन, हरेक जीवनका चुक्सी लोभलाग्दो त हुने तर तर अन्त्मा रित्तो गिलास झै खाली हुने रहेछ जीवन।

Smriti-malla · Nov 19, 2022 11:49 AM · 6,779 views

3 Replies

Joke hanna ma ta hamro smriti malla bro ekdum mahir. I love it. Your fan.

Taco Burrito Salsa · Nov 19, 2022 1:17 PM

Hajur thankyou

Smriti-malla · Nov 19, 2022 3:05 PM

"चुर्ना परेका समाजका नकचराहरुलाई समर्पितजस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन्न चराझै उड्न चाहने कलिला सपनाहरुलाईमात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन्।" I can just imagine who this person is......smh.. Really? Man!! 

Bennedict · Nov 23, 2022 3:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion