२.०४ अर्ब डलरलको पावरबल चिट्ठा नेपाली राजु प्रसाद लामिछानेलाई परेको सामाजिक संजालमा व्यापक हल्ला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिश्व कीर्तिमानी २.०४ अर्ब डलरलको पावरबल चिट्ठा नेपालीलाई परेको सामाजिक संजालमा ब्यापक हल्ला हुन् थालेको छ । हल्ला अनुसार बोस्टन शहरमा बसोबास गर्ने राजु प्रसाद लामिछाने हालसालै क्यालिफोर्निया घुम्न गईरहेको बेला उक्त चिट्ठा परेको ब्यापक हल्ला छ | सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले चिट्ठा परेको सम्बन्धमा थुप्रै प्रतिक्रियाहरु दिने क्रम जारी रहेको छ । तर पुष्टि हुन् बाकि छ । अमेरिकामा सुरक्षाको कारण धेरै चिट्ठा बिजेताहरुले आफ्नो नाम पनि नखुलाउन चाहदैनन् । क्यालिफोर्निया राज्यमा बिजेताले दाबी बिरोध गर्न आफै उपस्थित पनि हुनु पर्ने नियम पनि रहेको छ । १८० दिन भित्र दाबि गर्नु पर्ने भएकोले क्यालिफोर्निया पावर बल चिट्ठा व्यवस्थापनले यसको पुष्टी छिट्टै गरोस भन्ने ईनेप्लिज परिवार बिजेतालाई शुभकामना दिन चाहन्छ । साथै अमेरिकामा ठूलो राशिको चिट्ठा बिजेताले पैसा नगद लिन कानुनी सल्लाहाकार ,वित्तीय योजना (प्लानर )समेतको व्यवस्थापन गर्नु पर्ने हुन्छ । यदी नेपाली बिजेता भएका हुन् भने उनले ३० किस्तामा लिए भने नेपालको सर्वाधिक धनाढ्य मध्ये मै उनि पर्नेछन् । अहिले सम्मको इतिहास कै सर्वाधिक ठूलो राशी भएको बिश्व कीर्तिमानी पावरबल चिट्ठा हो । गत मंगलबार खोलिएको उक्त चिट्ठा क्यालिफोर्निया चिट्ठा व्यवस्थापनका अनुसार लस एन्जलस काउन्टीको अल्टाडेना जो सेवा केन्द्रमा बेचिएको टिकट खरिदकर्तालाई परेको जनाएको थियो । मंगलबार खोलिएको पावरबल चिट्ठाको अङ्क क्रमस १०,३३,४१,४७ ,५६ र १० रहेका थिए । गत सोमबारको १.९ बिलियन डलरको चिट्ठा गत मंगलबार बिहान २.०४ बिलियन डलर पुगेको थियो । यो संसारको सबैभन्दा ठूलो चिट्ठा पुरस्कार हो । महा बिजेता नेपाली मूलका हुन् भने उनले नगद मूल्य ९९७.६ मिलियन प्राप्त गर्नेछ। पावरबलले सुरक्षा प्रवन्धको कारण देखाई सोमबार राति ढिलाई भएको घोषणा गरेपछि चिट्ठा लगभग १० घण्टा ढिलो खोलेको थियो । गत अगस्त ३ देखि अहिलेसम्म सबै ६ वटा अंक मिलाउन नसकेकोले ३ महिना सम्म निरन्तर चलि रहेको थियो । पावरबल चिट्ठा वाशिंगटन, डिसी, पुर्टो रिको र यूएस भर्जिन टापुहरू सहित ४५ वटा राज्यहरूमा खेलिन्छ । अमेरिकाको अलाबामा,अलास्का ,हवाई ,मिसीसिपि ,नेभादा र युटाह राज्यहरुमा पावरबल खेलाईदैन । प्याज सटाएर समाचारबाट साभार

Sajha Onion · Nov 9, 2022 12:11 PM · 557 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion