जी.बि.एन.सी.का नव निर्वाचित सदस्य एवम अद्यक्ष्यहरुको सपथ कार्यक्रम सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अक्टोबर ३, बस्टन हालसालै संचालन गरिएको ग्रेटर बस्टनका नेपालीहरुको संस्था जी.बि.एन.सी.को निर्वाचनमा अधिकतम बहुमत बाट बिजयी तथा निर्बिरोध निर्वाचित भएका सदस्य एवम अद्यक्ष्यहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रममा जी.बि.एन.सी.का निर्वाचन आयोगका अधिकारीहरु बिरोचन नेपाल, प्रेम तामांग तथा भुवन गुरुङद्वारा सपथ ग्रहण गरियो | यसपालीको निर्वाचनमा ठुलै परिवर्तन आएको छ | बर्षौ देखि महिला समर्थनका लागि एउटा छुट्टै पोस्टको ब्यबस्था थियो "महिला उपाध्यक्ष्य" | यस साल भने उक्त पोस्टलाई उछितेर संगठनको सबै भन्दा माथिको ओहोदामा अन्जु थापा निर्वाचित हुन सफल भएका छन् | यसबाट अमेरिकाका संगठनहरुमा पुरुष महिला समानताको महत्वपूर्ण बिशयलाई जन समुदाय अगाडी ल्याउन सफल भएको छ | आगामी दिनहरुमा पनि यस्तै सकारात्मक परिवर्तनहरु ल्याई सम्पूर्ण समुदायलाइ सहायत गर्न सक्ने संस्थालाई मजबुत अनि सक्रिय बनाउन सकिन्छ|  नव निर्वाचित अद्यक्ष्य अन्जु थापाले ग्रेटर बोस्टनमा बस्ने समस्त नेपालीहरुको सहयोग र मायाबाट आगामी दिनहरुमा नयाँ समिति सक्रिय हुने जानकारी गराउनुभयो|  नयाँ समितिका सबैलाई बधाई तथा सकारात्मक परिवर्तन ल्याउन सबैको शुभ कामना !

Sajha News · Oct 5, 2022 8:28 AM · 7,784 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion