किन यसपाली हुन लागेको बोस्टनको GBNC निर्वाचन महत्वपूर्ण छ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

३३ वर्ष अघिदेखि चल्दै आएको संग्स्था GBNC को निर्वाचन यही September 25, 2022 आइतबार मेद्फोर्डको शिवालय मन्दिरमा हुदैछ | GBNC मा संग्लग्न सदस्यहरुका अनुसार यसपालीको निर्वाचन पहिलेको भन्दा बेग्लै छ - कारण - अहिले सम्म निर्वाचनहरु सबै सहमतिमै अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदावलीहरु चुनिन्थ्यो भने यसपालि नयाँ जोश र उमङ्ग देखिन्छ | यसपाली विभिन्न पदका लागि दाबिदार उम्मेदारी दाखिला भएका छन् र यसले बोस्टनको नेपाली समुदायमा कौतुहलता मच्चिएको छ| सधैं भित्रै समितिबाट अधिकारीहरुको घोषणा हुने भएर बोस्टनमा छरिएर बसेका नेपालीहरुको केहि ध्यान आकर्षित हुन सकेको थिएन भने यसपाली सहमतिमा सर्वसम्मत निर्वाचित नभई निर्वाचन प्रक्रियामै जाने भएर उम्मेदवारहरुले आ-आफ्ना समुदाय साथीभाइ बीच निर्वाचन अभियान शुरु गरिसकेका छन् | निर्वाचन प्रक्रियामा जाने भएर बोस्टनका सर्व साधारण नेपालीहरुले GBNC को सांगठनिक उपनियम र उद्देश्यका बारे टिप्पणी तथा बहस पनि गर्न थालेका छन् | GBNC अमेरिकामा नन प्रफित दर्ता भएको संगठन भएर धेरै प्रभावकारी र उपयोगी संग्स्था हुन सक्ने सम्भाव्यता छ | बोस्टनमा हज्जारौं नेपाली आप्रवासीहरू ओइरिरहेकाछन् तर कुनै सक्रिय, प्रभावकारी र सहयोगी संघ्स्थाको अभाबमा धेरै सामान्य कुराहरुको लागि कठिनाई भोग्दै आइरहेकाछन् | GBNC ले सजिलै संग "onboarding" जानकारीमुलक कार्यक्रम तथा सामाजिक संजालमा बोस्टनमा आउने नयाँ परिवारहरुका लागि मद्दत हुने सामग्रीहरु उपलब्ध गर्ने व्यवस्था गर्नु पर्छ | अमेरिका जस्तो व्यवस्थित मुलुकमा नव आप्रवासीका लागि पाइला पिच्छे चुनौती सामना गर्नु पर्ने हुन्छ र सोही कारण अमेरिकाको सहर कार्यालयबाट नै धेरै सहयोग प्रदान गरिन्छ जस्तै - कम आयश्रोत हुनेहरुको लागि खानपिन, भाडामा, स्वस्थ चिकित्सा आदिमा छुट दिने व्यवस्थाका बारे जानकारी गर्न सकिन्छ | लगानी, घर किन बेच, ब्यापार आदिका बारे पनि सामान्य नेपालीहरुलाई धेरै जानकारी दिन सकिन्छ | GBNC le नेपालीहरुलाई प्रगतिको बाटोमा लम्कन धेरै मद्दत गर्न सकिन्छ | तर धेरै समयसम्म GBNC टिका, खादा र सम्मान कार्यक्रममै सिमित भएर बसेको धेरैले टिप्पणी गरेकाछन् | यसपाली अध्यक्ष पदमा दुइ उम्मेदवारहरू अग्र पंक्तिमा आएका छन् | वहाहरु हुन् १.  अन्जु थापा २. परशुराम फुयाल यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा पनि दुइ उम्मेदवारहरु अग्र पंक्तिमा देखिएकाछन् | १. सन्दिप भट्टराई २. राज थापा यसै गरी अरु पदहरुमा पनि उम्मेदारी भएकाछन् र स्थानीय युवा जगत निक्कै तात्तिएकाछन् | भोट गर्न GBNC को सदस्य हुनु पर्ने भएकोले सदस्य बढाउने अभियान पनि निक्कै भएको छ | झन्डै १५० जति सदस्य बाट झन्डै ६०० सम्म सदस्यहरु निर्वाचन मा संलग्न हुने अनुमान गरिएको छ | ३३ वर्षको GBNC को निर्वाचन पद्दतिमा पनि विचार पुराउनु पर्ने समय आएको छ | अहिलेको नियम अनुसार निर्वाचन हुने दिनमै मात्र आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गर्न पाइने नियम छ | यस प्रकारको नियमले संगठन बाहिरका नेपालीहरुका जिज्ञासा र संगठनमा समाबेस हुने चाहनामा नकारात्मक असर पारेको छ | कुनै पनि आधुनिक र प्रभाबकारी संगठनमा नियमित संगठित निर्वाचनका प्रकिया नभई उभो लाग्न सक्दैन | यसैले यसपाली निर्वाचित भई आउने अधिकारिहरुले छिट्टै निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउन जरुरि छ | निर्वाचनमा उम्मेद्वारी घोषणा एक दुइ हप्ता पहिला गरी उम्मेदवारहरुलाई अभियान गर्न दिन जरुरी छ | यसै अभियान क्रममा बहस र अन्तर्वार्ता गरी सक्षम, लगनशील तथा कुशल नेत्रित्व चयन गर्ने वातावरण सिर्जना गर्नु जरुरी छ | यसरी सकारात्मक दिशामा GBNC लाई लग्न सक्यो भने बोस्टनमा बस्ने धेरै नेपालीको हीत हुने निश्चित छ | यी कुराहरु बोस्टनमा मात्र नभई देश विदेश भरी छरिएका नेपाली मूलका संगठनहरुले पनि मनन गर्नु पर्ने भएको छ |

Sajha News · Sep 24, 2022 8:18 AM · 14,371 views

8 Replies

कसले कसले मतदान गर्न सक्छ र मतदानका प्राबधान के हुन् ? जुनसुकै नेपालि बोल्ने र नेपाली बाट बिबाहित spouse हरुले मत दिन सक्ने हुन् कि मतदान गर्न सदस्य हुनु पर्छ | सदस्यता प्राप्तिका लागि के के गर्नु पर्छ पनि खुलाई दिनु भए सुनमा सुगन्ध थपिने थियो |

Logan · Sep 24, 2022 8:43 AM

Oie boko ta uthna laako hallah chalirako cha ni

Loganbennedictboka76 · Sep 24, 2022 5:27 PM

Ata nepali dekhe uta mukh farkayra hinchan, Chunab ma thula kura garne hamro bani nai ho.

Lights88 · Sep 24, 2022 8:37 PM

अब त MBTA मा नेपालीमा पनि लेख्न थालि| सक्यो रे | नेपालीको संख्या एति बढेको छ , असन मा झैँ देखिन थाले पछि नेपालि बोलेको सुन्ना साथ् कोट्याएर बोलि हाल्न नहुने भएको छ | नेपालि र मेक्सिकन उस्तै देखिने भएर एक ले अर्कालाई मेक्सिकानो ठान्ने को कि

Logan · Sep 25, 2022 7:35 AM

Sajha news Mero comment na metnu hola . Dhanyavaad. Last edited: 25-Sep-22 11:13 AM

Loganbennedictboka76 · Sep 25, 2022 11:01 AM

Yo budo logan paagal pani sadasyata paam na bhani guhaaaar gardaicha.  Maile ta agi nai bhanya ho ni ….Chatakey Last edited: 25-Sep-22 11:19 AM

Loganbennedictboka76 · Sep 25, 2022 11:18 AM

हैन यी मुजी हरुलाई बद्चुदाई नगरी र नसुनी दिन बिताउन गाह्रो हुन्छ ? कि लाटा छोराले बाउलाई जिस्क्याए झैँ लाटा सालाले भिनाजु ठानी जिस्क्याको होस ? तेरी दिदीले बुढो भएकी छैन मुजी टट्याउने गरि हानि देको दिन सधै रेस्ट गर्न माईति लागेको हुनाले रिस उठेको हो ?

logan · Sep 28, 2022 10:36 AM

Boulaahaaaa Camry 2005

Loganbennedictboka76 · Sep 28, 2022 11:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion