तिर्थ यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा यात्रा कथा कुनै पुस्तक नै हुने देखिए भने कुनै हेडिङ्ग मात्र देखे पछि मलाइ पनि यात्रा कथा बारे केहि सोच आए , प्रेरणा दायी भए | कोरु कोरु लाग्छ बिसय बस्तु स्व-स्फुर्त आएको छैन | चटक्क छोडि हाल्न पनि मन लागेको छैन | कहिँ कसैले फुर्यो फुर्यो भन्दै फुरेको कुरा लेखेका थिए भने म मा पनि तेस्तै फुराइ फुरिहाल्लान भनि फ़ुराई को कुराईमा कुरिदै गरेको बेला मा कोरिएका कोराई अहिले सम्म यतिनै हो | सबेका आ आफ्ना बुझाइ हुन्छन | लेखि सके पछि मिल्दो जुल्दो हेडिङ्ग खोजेर सोचेर टास्ने कि पहिले हेडिङ्ग अनि त्यस संग मिल्ने गरि लेख्ने हो भन्ने कुरामा म अझै निर्क्यौलमा सधा झैँ पुग्न सकेको छुईन | तर आज भने यात्रा भन्ने बिसय मै लेख्न प्रेरणा पाएको भनुम वा सबै नेपालि हरुको बानि दोहोर्याएको हु पछि बुझ्दै जाउला ( एक ले केहि गर्यो अरुले पनि नक्कल गरि हाल्छन ) अहिले लाइ यो यात्रा संग मिल्दो जुल्दो लेख्दै जाउला अनि हेडिङ्ग लाइ रंग रोगन दिदै पनि जाउला भन्दै फुराइको पर्खाईमा छु | यसो सोच्छु काका बाउ हरुले पढेको " लाटो बुङ्गो " को कथा झैँ बुन्गिने त होईन ? बुन्गीयोस कि तुन्गीयोस यो साझा हो जे लेखे पनि टासे पनि हुन्छ तर पनि आफ्नोपन त आफ्नोपन नै हो , त्यसलाई नाकारेर लक्षित सिमा बाहिर पनि जानु त भएन, होइन र ? परिक्षामा झैँ दिएको समय भित्र लेखि सक्नु पर्ने भएर कन्चटमा हात लगाएर हुन्छ कि सिलिग तिर आखा लगाए हुन्छ कि , आखा बन्द गरि एकाग्रता आए पछि उत्तर आइ हाल्छ भनि समयको खोर भित्र राखेर गरेको कोशिस झैँ गर्नु भएन | आजको ९ - ४ को बिच मल्टि टास्किगको एक अद्याय हो पनि हो | लन्च ब्रेकमा स्वास्थ्य पनि रहिने संगै चुर्णप्रसाद देखि चुर्ण बहादुरलाइ पनि च्यापेर मार्नेछ सम्झिदै सलाद बनाएर खादै थिए छिमेकीको कुकुरले भुक्दै लोखर्केलाइ लखेट्दै के थियो उसको भुकाइ सुने पछि मलाइ पनि फुर्यो फुर्यो नै भयो | स्कुले वेला सुनेको कथा जसमा भाव र संदेश छ , बुझ्नेलाई चन्दन अनि अबुझलाइ आची खुर्पाको बिडनै होला | लौ यात्रा कथा सुरु गरौ | कट्टेल वा को तिर्थाटनको सुरु के भएको थियो वहाको घरको स्वामी भक्त काले पनि सदाझैँ पछि लग्यो | उसलाई के थाहा स्वामी साझ फर्किदैन , महिनौ पछि गर फर्किनेछन भनेर ? कट्टेलवा ले धेरै चोटि फर्काउने कोसिस गर्नु भयो अनि महिनौ दिन पछि फर्किने र टाढा जादै छु पनि भन्नु नभएको होईन , आफ्नो गाउ पनि काटेर गइ सकिएकोले एक जना भन्दा दुईजना साथि त होईञ्छ भन्दै चेई चेई भन्दै इसारा गरे पछि पुच्छर हल्लाउदै पछि लाग्यो | महिनौ पछि गाउ फर्किए कट्टेल बा का आफन्त हरु आए धेरै बार्ता लाप भए झैँ काले का गाउले हरुले पनि तिर्थाटनको कुरा बाट होईन तेरा स्वामीले तलाई कत्तिको दुख दिए , राम्ररि खान पान पनि गराएनन कि? धेरै दुब्लाइछस भनि केरा कार र आफ्ना स्वामी प्रति संकास्पद कुरा सोधाइमा कालेको उत्तर यस्तो थियो | हे मित्र सधा झैँ व्यर्थ मेरा स्वामी प्रति संका उपस्न्का गर्छ्यौ ? मेरा स्वामीले त मलाइ धेरै नै घर फर्काउन खोज्नु भयो |वहालाई थाहा रहेछ मलाइ के थाहा जति गरे पनि म पछि लागि रहे पछि बोलाउनु भयो अनि म खुसि साथ् संग सगै हिडे | मलाइ नख्वाई खानु भएन , म सुते पछि मात्र सुन्त्नु हुन्थ्यो तर म भने परदेशको ठाउमा चनाखो भएर सुते | तर दुख लाग्दो र दुख भने आफ्नै बन्धु बाट पाइयो | म दुब्लाउन को कारण जति जति गाउ पार गरेर जानु पर्थ्यो त्यहाका कुकुरहरुले मेरो तिर्थ यात्रामा बाधा दिए , अगाडी बढ्नै नदिने प्रण गरे झैँ लाग्थ्यो | यी खत हरु तिनै कारणले हुन् | व्यर्थ तिमि हरुले मेरा स्वामी प्रति संका गर्यौ मेरै बर्ग बाट दुख र पिडा झेलाए | तिर्थ गर्न जान लागेको हु बाटो तिम्रो गाउ बाट भएर जादैछ मलाइ न रोक भनि सबै ठाउमा अनुनय बिनय पनि सुनेनन् , पक्कै पनि मैले तिर्थ जादै छु भने पछि इर्स्या जागेर होला मलाइ गाउ पार गर्न पनि हम्मे हम्मे भयो | यो कट्टेलवा संग तीर्थाटनमा गएको कालेको कथा यस्तो थियो | इर्स्या, रिस इबी र इगो कुकुरमा पनि हुदो रहेछ र आफ्नै बर्ग तिर झम्टने कुरा सुन्दा मानिसको कुरा के गर्नु जो भ्रुण देखी नै Narcissist बिजारोपण बाट सुरु हुन्छ्यौ | # रुग्ण बिचार र मानसिकता बोकेर साझा छिर्ने साझाका महान ब्यत्कित्व बोकेको छु भनी दिग्भ्रमित पात्र हरु नै मेरो कथाका  पात्र हुन् | Last edited: 04-Aug-22 10:50 AM

logan · Jul 19, 2022 1:29 PM · 1,745 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion