https://www.bizmandu.com/conte... "व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि राष्ट्र बैंकले मौखिक आदेशमा ४७ वटा समूहभित्रका ३०० वस्तुको आयात बैंकमार्फत बन्द गराएको थियो। केही बैंकले गाडीलगायत विलासिताका वस्तु आयात रोके पनि अन्यको प्रतितपत्र खोलिरहेका थिए। केहीले भने पूर्ण रुपमा बन्देज नै लगाएका थिए।राष्ट्र बैंकको मौखिक आदेशमा बन्द गरिएपछि यो कहिलेसम्म जाने हो भनेर गाडी बिक्रेताहरुको संगठनले मिति तय गर्न माग गरिरहेका थिए। बैंकहरुले पनि लिखितरूपमा वस्तुको सूची उपलब्ध गराउन माग गरेका थिए। यहि बीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही वस्तुको आयात नियन्त्रण गर्ने निर्णय गरेको हो। सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका कलर टेलिभिजनको आयातमा बन्देज लगाएको छ। साथै जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहनबाहेक) आयात पनि रोकेको छ।" https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Apr 27, 2022 8:21 PM · 2,501 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion