कसको पछि को लागेको छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बालक हरुले आमा बाउ तथा माया देखाउनेका पछि लाग्छन | जनताले एउटा एउटा राजनीतिक पार्टीको बिल्ला भिर्ने पर्छ नत्र गाउ घरमा बाच्न पनि दिदैनन तेसैले कसैको पछि लाग्ने पर्यो | मेरा कजनले खेतीपातीका लागि राखेका हेल्परलाई एक पछि अर्को लाइ भगाई दिन्छ , छुटाई दिन्छन | मेरा कजन मात्र बिचरा होईन त्यो हेल्पर हुने झन् महा बिचरा हुन्छ | न त राजनीति नै बुझेका छन् "गरिब जति सबै कम्युनिस्ट हुनै पर्ने किनकि गरिब कांग्रेस हुने सक्दैन" एउटा पार्टि समाउने पर्ने बाध्यता छ | गाउले नेताका ब्यक्तिगत आचरण र ब्यबहारले कठपुतली नै बनाउछन र नाचिदिनु पर्ने अबस्था बाट कहिलै मुक्ति पाउदैनन | कृष्ण प्रसाद झोली बोकेर हिड्ने कुमार त भन्न मिल्दैन एकल व्यक्ति का पछि हातमा गन्न सकिने थिए होलान | बिस्वेसर र गिरिजाको पछि लाग्ने राम र कृष्ण जुम्ल्याहा लाइ खोटाङ्ग को सैनिक ब्यारेक हान्न पठाइ गिरिजाले साइड लगाए ( सहिद बने न बनुन कसरी १० - २० जनाको जथ्थाले ब्यारेक हानिन्छ र ?) | यिनैका पछि लाग्ने हरुले हवाई जहाज हाइ ज्याक गर्ने भक्त हरु यिनको मृत्यु पछि गिरिजाको छोरी पछि लागे र लाग्दै छन् | किन ? धर्म को त कुरै नगरौ | को हि को हि साडेको पछि लाग्ने स्याल झैँ पनि देखिन्छ भने पछ्यौटे बनाएर वाहि वाहि लिने को संख्या अशंख्य छ | बुद्दका पछि लाग्ने हरु तिनका पछि लागेकी तिनका बिचारधारा तिर लागे बन्ने सोचाइ कुखुरा पहिले आयो कि अण्डा पहिले आयो झैँ हुन्छ | यो पछ्याउने बिषय (philosophy) बारे जान्ने इच्छा जागेर आयो , जानकारी गराउनु हुनेहरुलाइ अग्रिम धन्यबाद टक्र्याउछु |

Logan · Apr 22, 2022 11:42 AM · 10,782 views

2 Replies

Logan bhanne manche afno chhaya pachi laageko chha ani achamma ko kura ke chha bhane usle afnai parchai mathi sanka garcha. Logan pani lekhak ho. Jai lekhak. Ooohi Lekhak ko chela

Lekhak ko chela · Apr 22, 2022 12:02 PM

अहिले १ लाख ४४ हज्जार जनता राजनीतिक जागिरको पछि लागेका छन् | यी पद हरु ४ बर्स दुध दिने गाइ हुन् , नत सोत्तर नै सोहोर्नु पर्ने, नत खोले पकाउनु पर्ने, नत चराउन नै लैजानु पर्ने " TECHNO" दुधालु गाइ को पछी लागेका छन् |

Logan · Apr 27, 2022 9:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion