राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अलिक केहि पहिला संगै बसेको एक जना साथी थियो, केहि दिन पहिला फोन गरेको अझै पनि पहिला हामि संगै बसेको सिटि ओरिपरि नै बस्दो रहेछ अनि पहिला संगै काम गरेको धोति को स्टोर मै काम गर्दो रहेछ/ म चाहि Oklahoma state को एक सानो गाउ छिरेर सानो स्टोर गर्न थालेको पनि पांच वर्ष हुन थाल्ल्यो / कुराकानी कै क्रममा म बसेको तिर एक सानो गोरेको स्टोर आएको छ, आउ यतै संगै मिलेर business गरौला भनेको, साथि त पड्क्यो यार,, भन्छ.. " तेरो लागि पैसा कमाएर दिन मा गाउ छिर्न पर्यो". अब त्यससंग बादबिबाद गरेर झन् सम्बन्ध बिगार्न भन्दा,, sorry yaar ब्रो, मेरो intension त्यस्तो थिएन भनेर फोन रख्दिये ,,, सारै नमज्जा पो लाग्यो त....

bhairas · Mar 12, 2022 10:30 AM · 19,373 views

8 Replies

U kina tesari padkyo bhanne thaha pauna, usko bichar pani bujhnu parchha.

chicagoan · Mar 12, 2022 10:55 AM

@bhairas: tapai ko offer ta ramrai thiyo, sayad kunai din uslai tapai le vaneko kura yaad auxha pakkai pani.

taremam_bhai · Mar 12, 2022 6:24 PM

You assumed and implied that he was not doing well and needed a change. Instead of telling him what to do, why not find out how he was doing, and what his plans were, things could have been different. He can take care of himself and he was not asking for any advice. There is a lesson to learn here.

Surendra Shakya · Mar 13, 2022 12:37 AM

सल्लाह नमागी दिने बानि उहिले ठिक थियो होला यो जमानामा त्यसो गर्नु ठिक होईन | मेरो पनि तपाइको जस्तै कथा छ | यो साथि होइन आफ्नै भतिजा भतिजी बिचका कुरा हुन | भतिजी Nursing को पढाई सकिनु अघि नै अमेरिका छिर्नु पर्ने बाध्यता थियो | नेपालमा भएका र समिप्य सल्लाहाकारले DV परेका भतिजी मात्रै जान मिल्दैन भने र बिस्वास गरे | नगरुन कसरी : कथम कदाचित जान पाइन् भने सर्वस्य नै नास हुने कुरामा किन माथा पच्चीस गर्ने | चार बर्स लागेर पढाइ सकिन र अहिले राम्रै कमाइ छ जस्तो छ | छोरिको गुन्यु चोली दिने कार्यक्रम सानो तिनो बिबाह कार्यक्रम भन्दा कम को देखिन्न थियो | गए कोलोराडो जहा कोहिली र मारवाडी लाइ माथ गर्ने सानाबाउ को तिर | एसो सम्झिदा टाडा बसाइ नै बेस हुदो रहेछ | भाउजु र छोरीले चाडै काम पाए | Elderly Care को काम गर्दै पढ्दै गरेको बेला RedCross मार्फत CNA को जाच दिएर certificate भए घन्टाको १ - २ डलर नै बढी पाइन्छ जो बर्सको २ - ४ हजार को फरक पर्छ | बढो मिठो जबाफ पाइयो : मलाइ ढाड खुस्काउनु छैन | अहिले गरिरहेको काम तेही नै हो भने तेही काम मा एक डेढ डलर बढि पाईञ्छ भने ढाड खुस्किने कुरा र CNA बीच के सम्बन्ध छ नत तेती खेर नै बुझे न अहिले सम्म बुझ्न सकेको हु | हामि आदत र संस्कार बाट पिडित छौ | दाजु भाइ साथि संगति लाइ सल्लाह दिन पछि पर्दैनौ, अरु केहि दिन सक्ने भए पनि दीइन्न तर देख्ना साथ् , भेटना साथ् अनि फेसबुक देखि टेलिफोन सम्म बाट सल्लाह दिन पछि पर्दैनौ | २००८ को रियल स्टेट को खस्काइ मा मैले एक जना संग सल्लाह लिन गएको थिए | उनले फरर यसो र उसो गर्दा ठिक होला नभनि के कुरामा interest छ , तेस्को लागि के के गर्नु भयो , त्यो interest बाहेक को अरु के मा मन जान्छ | अनि तिनका लागि के के गर्नु भयो भनि सोधे पछि जबाफमा केहि थिएन | जब आफ्नो केहि सोच नै केहि छैन भने सल्लाह दिने ले के गरुन | त्यो दिन देखि सल्लाह माग्न आएका लाइ मात्र सल्लाह दिने गरेको छु | कोहि कोहि कृतज्ञ होईन क्रितघ्नी का पनि महा क्रितघ्नी हुन्छन | भिजिटर विसामा अमेरिका छिरेका फर्किने बिचार रहेंनछ अनि मलाइ illegal भए पनि बस्न मन छ चै नभन्ने ले सल्लाह मागे पछि नेपाल जादा ठिक हुन्छ पछि I-20 मा ( Student Visa) आउदा भै हाल्यो भन्ने सल्लाह दिदा नेपालमा प्रोफेसर भनि सम्बोधन गरेको सुन्न रुचाउनेले पधेरे कुरा गर्न पछि परेन | दिएको सल्लाह ले काम गर्यो , क्यानडा बाट PH D गर्न पाए | उनका बा लाइ " मेरो फोटो लागाएको जन्तर लागाएर बस्दा ठिक हुनेछ " तर अहिले सैक्षित क्षेत्र बाट बिना महाभारत नागरिकता समेत लीसके |उतै illegal  बसेको भए भाते पसलमा काम गरेर हरियो पत्ता संगै नागरिकता पनि लिई सक्थे होला | Which one is better? आफ्नै छोरा छोरीलाई पनि सल्लाह दिनु अघि निकै सोच्नु पर्छ भने अरुको कुरै नगरौ | देश गुनाको भेष भन्छ यहा नमागी केहि दिनु हुदैन | ए तलाई फि तिर्न गारो रहेछ भनी आर्थिक सहयोग गर्नु हुन्छ भने त्यो ऋण नभएर गिफ्ट हुन्छ र फिर्ता माग्न पाईदैन | मैले " पधेरे कुरा" भनि लेखे ,  बुझ्नु भयो भएन ? Last edited: 16-Mar-22 02:53 PM

Logan · Mar 15, 2022 10:07 AM

Here is my personal experience. Since I returned to apply my knowledge in Nepal, I started focusing on educating children after I met some motivated students from one of the worst government schools in the community. Then even found sponsors for them and transferred to better schools. There was activity in our facility every day. You could say it was project-based learning and fun all the way. These kids started community service on their own when they were in grade 7. It became a part of them. Here are couple of books of their service. Later, to train them further we started programs in schools in the community. We reached 11 districts by the time they completed grade 12. During such motivation programs and community clean up campaigns, we met some other talented students, who later joined us. This is on such story. There was this girl who was all round talented, sports, dance, studies, leadership, etc. When she was taking her SLC, her father, who was an engineer, had a vehicle accident and passed away on the second day of her exam. There was no one else to support the family. She could not continue her +2 either. So, I put up a status in my school alumni page if anyone would like to sponsor this girl. One of the younger brother, settled in the US, and childless, offered to help her as their own child and even help her get her medical doctor education in the US. So, all was set. I was happy to link them. But I made a mistake. Unlike the previous sponsored children, since she was in college, she was allowed to contact directly with the sponsor. What happened then was sad. She started asking for vacation money, and even went on a vacation with her friend. She was given money for Dashain and some money was sent to another girl who was also sponsored by the friend of this sponsor. She never gave that money, and she started getting a huge ego. like there was no one who was talented like her. she even started talking unappreciatively to the sponsor. So, one day, I got a call from the sponsor to be informed that no more sponsorship for that girl. Had the girl been responsible and respectful, her future was all set, but now she is pinching penny and looking for work and hoping to get a scholarship for MBBS, or something like that.

Surendra Shakya · Mar 16, 2022 2:27 AM

सबै साथीहरु को कुरामा सहमत छु म, खासमा business राम्रो आएको थियो, मैले मात्र चलाउन सक्ने अवस्था नभएर नै साथी लाइ offer गरेको थिए, साएद यहा साथीहरुले भने जस्तै मेरो intension गलत नभए पनि उसले बुज्दा गलत बूज्यो, अथवा मैले साएद गलत तरिका बाट अप्रोच गरे होला, तर भबिस्यको लागि राम्रै सबक पाएको छु..

bhairas · Mar 22, 2022 3:53 PM

तपाईको साथी आज तपाईको नज़र मा सफल नदेखिन सक्ला| उहाँको लामो अवधिमा तपाईंको भन्दा ठूलो आकांक्षा हुन सक्छ। स्पष्ट रूपमा भन्नुपर्दा, तपाई ले आफ्नै साथीलाई कर्मचारीको रूपमा नियुक्त गर्ने तपाईंको प्रस्ताव अपमानजनक छ| मैले यस्ता अनावश्यक आपत्तिजनक अवस्थाहरूको बारेमा खतरनाक कथाहरू पढेको र सुनेको छु। यदि पार्ट्नरशिप मै चलाउने कुरो भय पनि कुरो मिलाएर प्रस्ताव अगाड़ी राख्नु पर्छ| किनकी कति पए मान्छे लाई स्वायत्त रूपमा (ऑटॉनोमस्ली) काम गर्न रुची गर्छन| म आशा गर्दछु कि तपाईको साथीले तपाईको अपरिपक्वतालाई (इमेचुरिटी) माफ गर्नुहुनेछ|

GeetMaiJawaafDiu? · Mar 22, 2022 5:56 PM

""तपाई ले आफ्नै साथीलाई कर्मचारीको रूपमा नियुक्त गर्ने तपाईंको प्रस्ताव अपमानजनक छ|"" Geetmaijawaafdiu Ji, नेपाल मा होस् या अमेरिका मा, सुरु सुरु मा व्यवसाय गर्न सबैलाई गारो नै हुन्छ/ तपाइलाई थाहा नै हुनु पर्छ business लोन लिन त्यति सजिलो पनि छैन, अनि बैंक ले राम्रो financials भए पनि लोन दिन गारो नै गर्छ specially यदि तपाई पहिलो चोटी लोन लिदै हुनुहुन्छ/ म पनि अरु कसैसंग पाटनरशिप गरेरनै आएको हु/ यदि मलाई कसैले यहि अफर गर्दा अपमानजनक महसु नगरी आएको छु भने अरुलाई पनि त्यस्तो महसुस नहुनु पर्ने भन्ने सोच नै साएद मेरो गलत सोच थियो क्यारे... तर म तपाइको सुझाब को संम्मान नै गर्छु...

bhairas · Mar 29, 2022 3:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion