गाउँतिर एकजना साथी थियो SLC ब्याची, पढाईमा मध्यममात्र SLC सेकेन डिभिजन । त्यो बेला म जस्ता गाउका हुने खाने र पढाईमा अब्बलहरु उच्च अध्यनको लागि +१२ पढ्न काठमाडौँ हुइकिन्थे ,मध्यमस्तरहरु सदरमुकाम बसेर ब्यबसायिक अध्ययन गर्थे, त्यो भन्दा तलकाहरु खाडी, मलेसिया या आर्मी पुलिस तिर भासिन्थे । त्यो मित्र सदरमुकाममै अनमी, अहेब येस्तै केहि पढ्न थाल्यो म १२ सकेर भारतीय राजदुताबासको छात्रब्रितीमा फार्मेसी पढ्न मैन्ग्लोर लागे, तेस्पछि सम्पर्क टुट्यो त्यो सित । एक चोटी बिदामा भारत बाट गाउँ फर्केको थिए ,घरमा एउटा बिबाहको निम्तो कार्ड देखे, खोलेर हेरे अन्त ध्यान गएन खाली बेहुलाको नाममा टक्क आखा अडीयो, नाम थियो ड़ा ********* । मेरो गाउमा को चै डाक्टर रहेछ भनेर म छक्क परे । एक नम्बरमा त्यो गाउमा कोइ डाक्टर हुने हो भने म आफै थिए । मैले पैलो वर्ष MBBS मा नाम निकाल्न सकिन दोस्रो वर्ष पनि अलिकतिले बिग्रियो, तेस्रो वर्ष आफ्नै खर्चमा बंगलादेश जाने योजना थियो तर दोस्रो वर्षनै pharmacy पढ्न नाम निस्कियो, जाउकि नजाऊ भन्ने दोधारमै उता लागियो, डाक्टर बन्ने सपना अधुरै रह्यो । मलाई त्यो गाउँमा टपेर डाक्टर हुने म भन्दा तृष्णा बुद्धि र धन भाको कून फुच्चे निस्कियो भनेर मनमा उकुस मुकुस पैदा भयो । केटाको नाउले चिनिन , घर र बाउ आमाको नाऊ हेर्दा तेही सदरमुकाममा गएर पड्ने साथी रैछ । साथी भाइले बोलाउने नाम " पाचन " थियो उसको मैले त वास्तविक नाम नै बिर्सी सकेछु । येस्ता १८ महिने अ हे बा वा येस्तै केहि पढेकाले निस्फिक्री नामको अगाडी त्यो पनि बिबाहको कार्डमा डा टासेको देख्दा अचम्म्म लाग्यो । मेरो गाउँ कुनै हुम्ला जुम्ला थिएन ,तेती बिकसित गाऊमा पनि तेस्त गॊबर गरेश ड़ा बनेर बसेका छन् । म आफै यता बिद्याबारधि गर्न अम्रिका आए , Phd सकेको पनि लगभग ५ वर्ष भएछ । कैले कहिँ सहकर्मीले डा तिवारी भनेर बोलाऊछन्, अनि त्यो गाउँको डा "पाचन " सम्जिंछु हाँस उठेर आउछ । केहि वर्ष कोलोराडो बसे, त्यहाँ रहदा एकजना ग्यासस्टेसन व्यबासयी संग मित्रता भयो । उसले भने अनुसार उसकी बुढी पनि डाक्टरी गर्दै रहीछिन अम्रिकामा , " मेरी स्वास्नी येस्ती,उस्ती" भेनेर बीच बिचमा घुमाएर दिन्थ्यो कहिले काही । बास्तबमा अम्रिकामा डाक्टरी गर्नु चै चान चुने कुरा होइन, तेही भएर उसले लगाएको गफ स्वभाबिग थियो । म त् नेपालमै डाक्टरीमा नाम निकाल्न नसकेको , उसको बुढी त् अम्रिकाकी डाकटर्नि, म यसै धेरै तल परि हाले, उसको गफमा मुन्टो हल्लाउनुको विकल्प रहेन । केहि समय पछि थाहा भयो, उसको गफ , गफमै मात्र सिमित रहेछ । म्यडाम डाक्टर होइन nurse practitioner हुनु हुदो रैछ। अम्रिकामा nurse practitioner भनेको चै BSC नर्सिङ्ग गरे पछि थप १८ महिना top up गरेर बन्ने डाक्टरका सहाएक हुन् । वहालाइ डा लेख्न येति हतार भएछ कि वहा ऐले नर्सिङ्ग मै PHD गर्नु हुदै रैछ । PHD को बाउ नै गरे पनि डाक्टर भनेका डाक्टर हुन् नर्स भनेको नर्स नै हुन्, बिस्तारै बुज्नु हुन्छ वहाले । डाक्टरीले नपुगेर ऐले वहा टिक टक को मेघ स्टार रे, वहाकै बुढाको सब्दमा । अरुको कुरो कत्ति काट्नु अब आफ्नै स्वास्नीको कुरा गर्छु । मेरी स्वास्नी लामो समय होटेलमा हाउसकिपिङ्ग गरेकी,पछि तेस्मै सुपरभाइजर भाई। कोभिड लागे पछि मैले काम छुटाए , त्यो बेला सम्म मेरो स्यालरी 100k माथि गइ सकेको थियो तेसैले अब तेस्तो काम नगर भनेर घरमै राखे । घरमै बसेर IT मा online काम गर्न थाली , २ वर्षमा तिन ओटा प्रोजेक्टमा काम गरि , यो सम्म ठिकै थियो तर एकदिन तेस्को FB profile हेरेको , "QA Automation engineer " भनेर लेखेको छ त्यो पनि visible to all गरेर । अंग्रेजीमा राम्रो संग चिक फिलामा अडर दिन नजान्ने श्रीमती मैले थाहै नपाई automation engineer भाई सकीछे । हुन त पाइपको मिस्त्री सम्मलाइ engineer भन्ने देशमा के गुनासो गर्नु तै पनि ऐरे गैरे सबैले डाक्टर, engineer भनेर लेख्दा असली हकवाला प्रति न्याय नभएको महसुस गरे ।
kattu tiwari · Mar 7, 2022 3:54 PM · 17,584 views
Kaha bata choris ehh kattu
Sanaklaal · Mar 7, 2022 11:08 PM
Ke choryo bhancha ae sanke
kattu tiwari · Mar 8, 2022 6:18 AM
OP, very practical. Thank you for the interesting post.
The Thamelean · Mar 8, 2022 9:53 PM
In Nepal, now there has been discussion about asali daktar and nakali daktar regarding babu lal and Da. Rawal. There seems to be a status symbol on placing that Dr. in front of the name. I have listend to the interveiws of TU-graduated Daktars, and have to just laugh. Nepal's education system is a farce. It is a lot different in the US, from my own personal experience since I was enrolled into doctoral program in political science. I complete the course, but dropped out since my goal was not to be a professor and life in USA teaching at university level. My karma vumi was the same as my janma vumi. While such categorization can help in the level of expertise in the society, if they are a pursuit for ego, then it is not really a real pursuit or achievement.
Surendra Shakya · Mar 9, 2022 12:01 AM
Yes , purely it seems to ba a social status . My father would have been lil more happier if I was a chinese mbbs Daktar than an American research scientist . Sometimes he shows his passive frustration.
kattu tiwari · Mar 9, 2022 4:44 PM
The side-effect or the legacy of "education" system of Nepal, copied from the Indian matrix system has been to make people worthless, as it was intended to. The British implement the English Education Act precisely for the reason to make people "clerks" not masters so that they could rule easier and impose their culture even when they left. That is exactly what they have achieved. By copying the same system in Nepal, every generation has been of a mentality to getting a job after completing education degrees. Never to be an entrepreneur. This all needs to change. Another side effect of this is fathers and mothers transferring their dreams onto their children. The more inferior a person feels, the more he wants to show off with title or riches or egotism.
Surendra Shakya · Mar 9, 2022 10:31 PM
एस एल सी मा कसको के डिभिजन ल्याएर पास गर्यो, लाइ नै आधार मानेर आफु चै फस्ट डिभिजनले पास गरेको भनेर घिरौला जत्रो नाक बनाएर लेखेको लेख जस्तो लाग्यो | त्यो डिभिजन को महत्व कजेल एडमिसन मा मात्र काम लाग्छ | थर्ड डिभिजन आउनेले पनि कलेज मा ति फस्ट आउनेलाई कोसौ पछाडी पारेका छन् | अ. हे. ब. ले दशौ बर्स को अनुभब पछि डाक्टर लेख्यो भनेर चिन्ता वा आफूभन्दा कम्जोर थियो ले डा लेख्यो भनेर चै हो ? भारत बाट डा. को डिग्री किनेर ल्याउनेको संख्या नेपालमा कति छ ? मेडिकल कलेज भर्ना भएका हरु जो मानब शरीरका बारेमा क र ख बाहेक जानेका छैन ले डिग्री देखाएकै भरमा ब्रेन लगायत तरुनी देखि गर्भाबतिका गुप्ताङ्ग चलाएका छन् | इञ्जिनियरिङ्ग कलेज बाट ओभरसियरका जागिर खाने ले ८ /९ बर्स मा इन्जिनियर लेख्न पाउने तर बिसौ बर्स अ हे ब भै काम गरेकालाई डाक्टर उपाधी किन नदिने र किन नपाउने ?
Logan · Mar 11, 2022 10:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion