मेरा गुरु संस्कृतमा सास्त्री र TU बाट आइ ए गर्नु भएको हो | ब्यन्ग्कारका व्यंग हरु सायद मैले वहा बाटै सुनेका होला | अमेरिकामा चिहान खन्न जाओ एक बर्समा नया सडकमा घर बनाउने पैसा कमाउछौ | सुनेर अचम्म मान्थ्यौ अनि जान पाए हुन्थ्यो को सपना बोकिएको थियो | अनि वहाकै ज्वाईसाब लाइ हामि फलानी काका भनि सम्बोधन गर्थ्यौ चै अमेरिकामा भ्रुण दान गर्ने काम गर्न जाओ , दुवै हातमा लड्डु पाउने छौ, मुतुनो जोडाइ पनि हुने डलर पनि कमाइने | डाकलामा पानि चडि सकेको बेलामा जान पाए हुन्थ्यो कसलाई लाग्दैन होला | अझै पनि अमेरिका जाने हरुले रुखबाट टिपेर ल्याउछन भन्ने ठान्छन | गफी महाराजका कुरा सुन्नु भए भोलि नै कुदु कुदु बनाउछन | यिनी हरु होण्डाई को साचो देखाउदै यहाका मन्त्रि हरुले यस्तै गाडी मा कुदेका छन् भनि तुलना गर्न पछि परेनन् भने यिनै गफमा प्रमाण थप्न साचो बोकेर लागेका होलान | महिनौ का लागि नेपाल जानेले एरपोर्ट मा गाडी राक्न सक्ने सामर्थ थियो होला र ? नेपालमा नब धनार्थ हरुले पैसा चलाएको कुरा राहुलभाइको पुराना लेख अझै ताजा छ " धनि देशका गरिब मानिस" को हिनता बोध गराएको अनुभब | आज कहा बाट यो हेर्न पुगेछु र भोग्ने अमेरिका र कल्पित अमेरिका दुई धुबिय कुरा हुन् | सहि ठाम र सहि समय मा जे पनि हुन् सक्छ तर त्यो नेपालमै पनि हुन् सक्छ | हामि कतारमा टोईलेट सफा गर्न तयार तर नागले पसल खोल्नु जज्जा / हिन कार्य गरेको ठानिन्छ | हुन् पनि किन नहोस कामको आधारमा ठुलो र सानो हुने भएको ठाउमा किन हेपिएर बस्नु ? अमेरिका छिर्न चाहनेले यो डकुमेन्ट्री बुझ्नु नै हुनेछ र हेर्नु भए अमेरिकी हरुको भित्रि कुरा बुझ्न पाउनु हुन्छ भनि टासेको हु | https://youtu.be/JHDkALRz5Rk Last edited: 16-Feb-22 01:57 PM
Logan · Feb 16, 2022 1:55 PM · 10,318 views
I see an American life as that of enslavement, paying loans all your life and then still not out of it at the end.
Surendra Shakya · Feb 16, 2022 10:42 PM
हाम्रो समाजले परिश्रम को मूल्य महान हुन्छ भन्ने सिकाएन उल्टो सानो काम गराइले सानो बनिने हुनाले हामि ठुला काम मात्र खोज्छौ | मेरै भाइ तरकारी किन्न जादा सबै भन्दा राम्रो स्पोर्ट्स ब्याग नबोकी जादैन थिए | मलाइ लाग्छ सानो भएको देखाउन नचाहने हरु बिदेशिएका हुन् | मेरो कजन आई ए पास गरे पछि अहिले सम्म डुकु भएर बसेको छ, सफा टेम्पु किन र चलाउ भन्दा लाज हुन्छ , दुईटा छोरी छन्, बिहे गर्ने बेलामा टेम्पु ड्राईभरको छोरी भनलान भनि डराउछन भने डुकु श्रीमान बाट वाक्क भएकी दुलही नानि अर्को संग लागेको हल्ला पनि सुनियो | यो छ हाम्रो समाज अनि त्यस बाट प्रभावित सदस्य को गाथा |
Logan · Feb 17, 2022 11:07 AM
Yes, one of the biggest problems is having no respect for any work. It is a sign of a lowly society with people having inferiority complex. The most inferior wants to be seen as the superior. They use wealth and positions as the means to show it.
Surendra Shakya · Feb 18, 2022 1:03 AM
Jasto neta ustai janata Aba aafno anusaar neta ma hernus.
Sanaklaal · Feb 18, 2022 2:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion