यि तिनै हक्की साहित्यकार हुन .. (भिडियो बनाउँदा आँफैले पढ्ने स्क्रिप्ट भएको ले भाषा खासै मिलेको हुन्न - तै पनि) शर्माको फागुन 3 गते मंगलबार बिहान 87 बर्ष उमेर पुरा गरेर निधन भएको दुखद खबर छ । उनको निधन उनको चावहिल सरस्वतीनगर को निवासमा नै भएको बताइएको छ। बिकम सम्बत 1991 को ९ असार 9 मा इलाममा जन्मेका शर्मा नेपाली भाषाको झर्रोवादी आन्दोलनका एक अगुवाको रुपमा पनि परिचित थिए। लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित शर्मा त्यस बाहेक उच्च रक्तचाप अनि मधुमेह र मुटु सम्बंधि रोग संग पनि लडिरहेका थिए । नेपाली साहित्यमा कथा, निबन्ध, उपन्यास को साथै सामालोचकको रुप्मा परिचित तारानाथ शर्माले नै नेपाली साहित्यमा नियात्रा विधा भित्र्याएको मानिन्छ। नेपाली साहित्यमा ठूलो योगदान दिएका शर्माले बिध्यावारिधी चाँहि अंग्रेजी भाषामा गरेका थिए। बिक्रम्सम्बत 2021 मा पहिलो कृति ‘घोत्ल्याइँहरु’ प्रकाशन गरेपछि उनले लेखेको ‘बेलाइततिर बरालिँदा’ नियात्रा संकलनले उनको छुट्टै पहिचान बनाइदियो। सो पोस्तकले २०२६ सालमा मदन पुरस्कार पाएर उनी निबन्ध संग्रहमा बिधामा मदन पुरस्कार पाउने पहिलो लेखक पनि बनेका थिए । तेस्तै उनले २०२९ सालमा ‘सम र समका कृति’ पुस्तककोलागि साझा पुरस्कार पनि प्राप्त गर्नुको साथै उनले बि.सन. २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट समेत सम्मानित भएका थिए । उनले लेखेको कक्षा 9 र 10 को महेन्द्रमाला नेपाली पुस्ताक उत्कृष्ट पाठ्यपुस्तक मद्धेको एक मानिन्छ। समाचार अनुसार शर्माको निधनकै दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ। भिडियो हो हो https://youtu.be/lC1IqDplHYI
AnandNepal · Feb 15, 2022 10:05 PM · 10,754 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion