बडाले जो गर्यो काम हुन्छ त्यो सर्बसम्मत : यो लेखनाथ पौडेल को हो जस्तो लाग्छ | उनले ठिकै भनेका हुन् | हिन्दकुश क्षेत्र मा बस्ने हिन्दु भए अनि ब्रिटिशले भारतमा राज्य गर्न थाले पछि हिन्दु धर्म बाट जानिन थाल्यो | हिन्दु धर्ममा नैतिकताको पाठ सिकाउन खोजिएको छ भने अनैतिकता अरु धर्ममा जस्तै अतिनै थियो र आज पनि लागु हुन्छ |शोषण गर्न र गर्ने हरुको क्रमबद्द रुपमा थपिदै गयो अनि हामिहरुले तेस्लाई आफ्नो सोच समझ अनुसार आकार दिदै गयौ , त्यो आकार दिने काम गाउ घरमा बस्ने संस्कृत बाचन चै गर्न सक्ने तर त्यसको गुड अर्थ को ग्यान नभएकाले आफ्नो अकल अनुसार र आफुलाई फाईदा हुने कुरा प्रचार प्रसार गरे | कुरा को चुरो :हिन्दु धर्मले आचार र नैतिकता सिकाउदैन | हामीले सुनेका बलिया बांगाले ( अहिले भगवान भनिएका हरु ) अरुका श्रीमती हरन गरेका छन् जुन मान्य भयो भने बालीले हनुमानको श्रीमती लैजानु बेठिक हुनु पर्ने कारण देखिदैन | रामलाई लंका अधिपति रावण संग युद्द गर्नु पर्ने थियो | बिना युद्द नै सिता ल्याई दिन सक्थ्यो बालीले, बालीले रावणलाइ आफ्नो पुच्छरमा राखेर तिर्थाटन मा गएको थियो | बाल्मिकिले बालीले सुग्रिबकी बुढी हत्याउनु चै गलत अनैतिक भनि लेखन पुगे | सरस्वति लाइ ब्रम्हाले सृजना गरका हुन् , आफुबाट सृजित बाल बालिका आफ्ना छोरा छोरी सरह हुन् , सिता लाइ बिबाह गर्नु भनेको आफ्नै छोरी संग रास लिला चलाउनु अनैतिकता देखेनन् | यहा "बडा ले जो गर्यो काम '.........." ठ्याकै मिल्न पुग्यो | यी बक्ताले मनोरंजन गराउन आएका युबा र युवती एक आर्कामा आकर्षित भए र उनको गान बजान भने जस्तो नभए पछि श्राप दिन पछि परेनन् भने यो तेही इन्द्र हो जसले अहिल्यालाइ गौतम गुरुले जितेर लागे पछि उनि एकल अबस्थामा भएको बेला गौतम ऋषि को स्वरुप लिई आन्फो काम बासना पुरा गरे , जुन अहिले भन्नु पर्दा करनी नै हो | उपनिसाद पुराण आदि थपिदै गए जुन संस्कृत साहित्यका नया नया कृति हुन् | यी नया कृति भगवान र तिनका कथा लाई उन्दै गएका छन् | अघिल्लो लेखमा जे थियो त्यसलाई आधार बनाएर नया कथा थप्दै गए अनि यिनी हरु जादुगर झैँ लेख्न सफल भएका छन् | जब सम्म यसलाई भगवानका गाथा मात्र बनाएर सुन्ने र सुनाउने बाट एक स्तर अगि बढी तेस्को दर्शन ( फिलोसफी) लाइ हामिलाइ दिने कमै होलान | हालै मेरा कजनको स्वर्गबास भएको छ | गुरुहरुले गरुड पुराण नभने स्वर्गको बाटो रोकिने हुनाले त्यो पनि सुनाउनेमा पर्यो | गरुड पुराण अहिलेका अस्पतालमा मर्छ भन्ने सातप्रतिसत थाहा भए पनि भेन्टिलेटरमा राखी दैनिक ५० हजार देखि लाख को आय थपे झैँ थप्ने प्रपन्च को लेख हो | मानिस आफ्ना सहोदरको मृत्युमा शोकमा पिडित छ सोच एकोहोरिएको छ अनि यसै बेला मरेर जानेलाई स्वर्ग पुर्याउने कथामा आय बढाउँ सहयोग बाहेक केहि होईन | सद्दे हुँदा केहि नगरेकाले मरे पछि चै किन १३ - १३ दिन कस्टमा बसेर जाने बनाए, यो आय बढाउने प्रपंचित ब्यबस्था को अघोसित नीति हो | Please do not post it because you found in yutube. टास्न त Taaasyau तर अलिक सुन्न लायक र अहिलका युगका मानिसले खोजेको कुरा "दर्शन" हो त्यो नभई खालि नामका भगवान को महिमा मात्रको सुनाइ एक पल्ट सुने पुग्छ , घरि घरि तेही कुरा चै सुन्न लायक हुँदैनन् |
Logan · Feb 12, 2022 9:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion