यो भिडियोमा मैले केटाकेटी, बृध्द तथा विरामीहरूको लागि अति उपयोगी तथा अरू सबैले खाँदा फाइदा हुने स्वस्थ्यवर्धक जाउली बनाउने तरिका यहाहरमाझ प्रस्तुत गरेकि छु । आशा छ यहाहरूलाई यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Feb 11, 2022 7:48 AM · 25,320 views
जाउलो र खिचडीमा केहि फरक देख्दीन, दुबैको लक्ष एकै हो , त्यो हो छोटो समयमा पेट भर्ने र भराउने काम | हुन् सक्छ पिज्जा को जन्म भए झैँ उब्रिएको भात लाइ किन खेर फाल्ने भनि पुन प्रयोग गर्दा चाम्रो सीतालाई नरम गर्न मानि हाल्दा धेरै हालियो होला वा नानि हरुलाई सुलु सुलु निल्न सजिलो होस् भनि पानि र नुन बेसार थपि गुज गुज्याएर पकाएर ख्वाए होला | अनि बच्चा हरुले पनि सुलु सुली निली खेल्न जान सजिलो भएकोले झोल भात पकाइदेउ भने पछि चामल बाट बनाउने भएर चाउला , चाउलो भनियो होला र अन्तत जाउलोमा पुगे पछि पूर्ण बिराम लागि जाउलो नाम कायम हुन् गएको होला | जाउलो र खिचडिमा के अन्तर छ भन्दा एउटा सौतेनी छोरालाई अर्को चै आफनो कान्छो छोरालाई पकाई दिएको हुनु पर्छ मा म केहि बिस्वस्थ छु | अर्को कारण चै जोगीको झोली मा सबै कुरा पोका पोका बनाएर राखेको कुनै बेला झोला फ़ाटिएर मिसिएको अबस्थामा छुट्याउन सकिदैन र रात भरि शंख फुकेर घरमा पालेका कुकुर देखि भुस्या सम्म झेलेर जम्मा गरेको पसिनाको फल फ्याक्न नसकेर सबै मिसी पकाए पछि को जाउलो खाउलाग्दो संगै मिठो भए पछि खिचडीको को जन्म भएको हुन् सक्छ | पहिलेको जमानामा सौतेनी मामालो का ठुला ठुला कथा छन् र तिनै कथाका आधार मानि जाउलो र खाउलो ( खिचडी) मा एउटा ९ महिना कोखमा जन्मेकोलाई माया ममता थपिएर घु देखि गेडागुदी आदि इत्यादि हालेर मिठो बनाउन लाइ पकाएको पकवान हो भने जाउलो चै खोले झैँ हो कि ? किन खोले भनिस भन्नु होला खोले पकाइदा मिठो नमिठो को हिसाब किताब नरही पेट भराउने दायित्व पुरा गर्ने मात्र हो | आमा हजुर आमा काकि दिदि हरुले बनाएर ख्वाएको जाउलो सम्झना मात्रै छ भने यदा कदा ओछ्यान परिएको बेला खान पाइने जाउलो को खोले झैँ लाग्छ | धेरै घिउ मा मेथी झानेर हालेको जाउलो दुई घर पारिनै थाहा पाइन्थ्यो भने मैले खाएको जाउलोमा घिउ र मेथीले नै पहिलो र ठुलो काम गरेका छन् | यी भए मेरा बाल्यकालका सम्झना संगै २ -४ कुरा थपेर लम्ब्याएको छु | जाउलो पकवान हेरे पछि कुनै दिन भातको सट्टा जाउलोले भोक मार्ने बिचार गएको छु | आफना पकवान विधालाई साझा पस्कदै हाम्रा बाल्यकाल को सम्झना दिन सफल हुनु भएको छ , तेस्को लागि धन्यबाद नदिई रहन सक्दिन |
logan · Feb 13, 2022 12:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion