The main difference between our grand parents generation and our parents generation is that - our parents generation has money saved for retirement while our grand parents didn't have cash (they only had rice fields). They are around 20-25 percent of the population. And, I don't think this age group has been fully catered in terms of providing services and products. Ironically, this generation is the wealthiest generation in any country. This generation needs to tapped for economic gain. I see a trend that older men are starting to buy a car in Nepal. And, there are few dance bars, cabin restaurents and other small scale entertainment for older men. However, there does not seem much for older women. Only entertainment the older women are receiving is from very melidramic hindi tv shows. Therefore, there is a lot of opportunities for businesses to cater to this generation. I think what is needed is thinking outside of the box . If white people can sell everything from diamond, phones, tvs, cars, strippers, the internet, the electricity, cricket, football ⚽️ all around the world, I am confident that Nepali people can also sell something new. For starters, they can start by focusing on these people who are sitting on the golden eggs. Good luck! Milk them cows! 🤑🤑 Last edited: 10-Feb-22 08:59 PM
harkhe7 · Feb 10, 2022 6:54 PM · 15,039 views
Milk them cows!
AnandNepal · Feb 12, 2022 11:46 AM
पिताजीको सुनको तक्मा एउटा आत्मकथा सुने पछि त इच्छा गर म पुर्याई दिनछु भनेको धेरैले सुनेकै हुनु पर्छ | अनि यो कथा चै त्यसको एक ज्वलन्त उधाहरण| हो | एक घण्टा कम सुंतने कुरा सुन्दा मैले पनि निन्द्रा लाइ आफ्नो बसमा राख्न सकेको भए जे जति गरिएको छ त्यो भन्दा एक स्तर माथि भने अबस्य पुगिन्थ्यो | "काक चेस्टा बाको ध्यानम स्वाङ निन्द्रा तथैबच" त्यसै लेखिएको होईन | बाल बालिकालाई घर परिवार अनि तिनका साथि भाइ का संगतले धेरै असर पार्छ भन्ने सुदी आएका हौ तर आजभोलि चै smart Phone ले अतिनै प्रबाब पारेको छ | आफ्नो पुस्तकमा आखा लगाए पछि आखाले घुम ओडन पुग्छ तर स्मार्ट फोनमा रात छर्लंग बनाइदिनछन | यो पनि दुहाई एक जेनेरेसन बाट अर्को जेनेरेसन मा सरेको मात्र हो | बाउ आमाले आफुलाई पुग्ने मात्र कमाइदिएनन छोरा छोरीकै लागि भनि कमाइ दिएका हुनाले उनीहरुले दुहे भनि आस्चर्य मान्नुको सट्टा ठिकै गरेछन भन्नु ठिक हुनेछ | कसै ले बाउआमालाइ सुनाकेका होलान " तेसो भए किन पायौ त" त्यो त रासलिला र ढाल गुलाफ को प्रयोग नगरेको कारणले हो भन्ने बुझ्ने बेला आउदै छ र थाहा पाउने छन् | फेब्रुअरी अफ्रो अमेरिकन दिन मनाउने महिनामा एउटी गोरिली " you poor girl" भने पछि मेरो साथीको छोरी महिनौ अप्सेट भएकी थिइन् | बिचरा त्यसको पनि दोष छैन धेरै जसोले अन्तरजातीय कुरा गर्दैनन् अनि स्कुल मा काला हरु बारे केहि पनि पुस्तक हरु राखिदैनन र चर्चा सम्म गरिदैन | भर्जिनिया को गभर्नरले काला जाति संग जोडिएका कुनै पनि पुस्तक हरु अध्यन र आध्यापन गर्न बन्चित गर्छु भनि उठ्यो र जित्यो पनि | जब यिनले केहि बुझेका छैन र जे देखेका भोगेका छन् तेही नै उनीहरुको संसार हो | कसले कति दुहुन्छ भन्ने कुरा हेलेन केल्लर को कथाले पनि जनाउछ | कसैले हेलेन को कथा Hoax हो पनि भनेका छन् | आमाले स्याहार सुसार गरेर सबै कुरा पुर्याउनजेल आमालाई कजाएर नै बासिन अनि छोरी प्रतिको मायाले मरुन्जेल काम गरिन | माया गर्नु र पुल्पुल्याउनु मा जमिन आसमान को अन्तर छ | यी दुध दुने र दुहिने हरुले अन्तर बुझ्न नसक्दा पनि बढी नै दुहाईमा पर्छन | जसले दुहेर आउछ र पाउछन उनीहरु दुही रहन्छन | दुन नसक्ने हेलेन किलर झैँ आफनो ब्यबश्था गरे झैँ गर्न लाग्छन |
logan · Feb 12, 2022 2:47 PM
दुहुनो गाई नदुदा सबैलाइ नोक्सान छ - गाई, गाई धनी र समाज | 1) गाईले शरिर भित्रको दूध मलमुत्र बाट बहिर फाल्नु पर्छ | 2) गाई धनीलाइ आर्थिक नोक्सान हुनेछ दूध बेच्न नपाए पछि | 3) समाजका बाल बालिका पनि त्यो गाईको पोस्टिक दूध बाट बञ्चित हुने छन | तर Logan ले भन्नु भए झै दूध दूहूदा संयम पुराउनु जरुरी छ | गाई लाइ असर गर्यो भने फेरि दूध दिनै छोड्छ | हो AnandNepal दुहुनो गाई दुहयौ !!
harkhe7 · Feb 13, 2022 7:21 PM
तर @harke7 त्यसको लागि पहिला घाँस हाल्नु पर्यो, चिन्दै नचिनेकाले दुहुन गए त लात्ताले हाँनेर बिजोक गर्छन .. टेष्ट अनुरुपको घाँस चाहियो सबै भन्दा मुष्किल त त्यहि हो घाँसको डिजाइन .. तेसैले, दुध धेरै खानु हुन्न ठिक्क मात्रै खानु पर्छ - धेरै खाए जुन खाना पनि जंक बन्छ .. झन दुध त सबै भन्दा खराव चिज .. पचाउन गाह्रो, पचे पनि बोसो, कोलेस्ट्रोल .. :) Logan ले भनेको हेलेन केलरको कथा कुन रच ... लिंक भए पोष्टिम क्यारे ।
AnandNepal · Feb 14, 2022 4:09 PM
छैटौ वा सातौ कक्षामा हुदा सुनेएका होलान र सुनाउनु को मुख्य कारण चै हाम्रो हिम्मत बढाउन को लागि हुनु पर्छ | लाटी र अन्धिले लेखन पढ्न सकने हुनु भनेको आठौ आस्चर्य नै मान्नु पर्यो | सम्म्पति जोडने काम आफ्नो लागि गरिने भए अथाह सम्पत्ति जुटाई रहनु पर्दैन थियो | बाउआमाले लिएको पैत्रिक सम्पती बाहेक अरुमा छोरा छोरीको हक लाग्ने छैन बन्ने नेपालि कानुन छ भन्ने सुनेको छु | त्यस्तो अबश्थामा छोरा छोरी हरुले अंश दाबि गर्न पाउने छैनन् र उनीहरुको इच्छा पत्र अनुसार कसैलाइ पनि दिन सक्नेछन | हामी हरुले नया नया संस्कार अगाल्दै छौ तेस मा बाउ बाजेको सम्पत्ति मेरो होईन मैले पसिना बगाउनु पर्छ , ,मिहिनेत गर्नु पर्छ ( सुनको तक्मा को पात्रले झैँ ),आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सस्कार चै लिन सकेनन | सकुन कसरि छिमेकीको जग्गा हात होईन इन्च मात्रै मिचन पाईए तेश्रै महायुद्द जिते झैँ हुन्छ | मेरो कजन्को १८ आनामा अनिले १३ आना मात्रै बाकि छ, यस्ता मिचाईमा पर्ने हरु लाखौ मा छन् | हुनत हाम्रा घुस्याहा राजनीतिज्ञ हरुले कानुन बनाउदा मिचिनेलाई भन्दा मिच्ने प्रति ठुलो बफादारिता देखाएको छ | मिचेर घर बनाए पनि मिचीए जति को मूल्य सट्टा भर्ना पनि नदिने कानुनलाइ के भन्नु हुन्छ | धेरै कुरा नबुझेका र ठग ठाग नियति , सहि र ठिक को बारेमा आखा चिम्लने, घुस खाएका र तिनका सन्तान दर सन्तान पनि तेसै होलान (?) यो प्रश्न बाचक चिन्हले धेरै कुरा छुन्छ, तेसैले मेरा बाउआमा , हजुरबा लाइ तैले घुश्याहा भनिस भनि दाह्रा नकिटनुस | यो लेख मात्रै हो पढेर एक चोटि कुल्ला गरिदिनुस| सुन्ने कुरा भए एक कानले सुन्नुस अर्को कानले उडाउनुस भन्न हुन्थ्यो | आजकलका हरुले नसुनेको र नाबुजेको भए पनि "ऋणम कृत्वा घ्रितमा पिवेत" लाइ खुबै राम्ररि प्रयोग गरेका छन् , यिनले नगरे कसले गर्ने त ? छोरा छोरीकी लागि जम्मा गरिदिने गरेका छौ | अरु टाढा किन जानु मेरा कजन को दशौ करोडको सम्पति जोडेर परलोक पुगे, लिएर गएनन् ,मोज गर्ने त छोरा छोरी नै भए | छोरा छोरीको लागि, बाउ आमा भनेका सुनका अण्डा दिने मनचिन्ते भाडो जस्तै हो, झिकी राख जब सम्म ऐया आथ्था गर्दैनन् | कोर्न पाइयो भनेर मैले त ओल्लो छेउ देखि पल्लो छेउ बाकट हानु पुगेछु तेसैले जुन जुन छेत्र पुगे त्यो चै तपाइँ संग मिले झैँ लागे ठिकै भन्यो भन्नु होला , नलागे घर परिवारमा नपोख्नु होला |
Logan · Feb 15, 2022 9:53 AM
@AnandNepal Those are great points. म कलेज पढ्धा म एउटा घरमा कोठा लिएर बस्थे | त्यो घर भरी नै सबै जना एक एक वटा कोठा भाडामा लिएर बसेका थिये| कोइ कलेज जान्थे कोइ काम गर्थे | एक जना भाडामा बस्ने मान्छे चाहि best buy म गरेर इलेक्ट्रोनिक सामान हेर्ने अनि सस्तोमा Amazon मा किन्ने गर्थ्यो | म चाहिँ सन्धै यो online shopping धेरैले गर्दैनन् भन्थिये | उ चाही online shopping is the future भन्थियो | अहिले म पनि तरकारी देखि iphone online order गर्छु | हामी सबैले आफ्नो आफ्नो अनुभवको आधारमा नै सबै कुरा देख्ने रहिछ | म भर्कर नेपाल बाट आएको | जहाँ shipping infastruture नै थिएन | उ अहि जन्मेको | आनन्द जी तपाइँ अबस्य पनि म भन्दा धेरै देख्नू हुन्छ | You dont have 700K subscribers for no reason! 🤓 @Logan very well said "बाउ आमा भनेका सुनका अण्डा दिने मनचिन्ते भाडो जस्तै हो"| भाडो चाइ नबिगारौ !😃
harkhe7 · Feb 16, 2022 5:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion