आदरणीय साझाका बिसिस्ट, साझा कुरुवा, चौतारीमा कसैले केहि छोड्यो कि भनि हेर्न बस्ने अनि झराफुके मेम्बर हरुलाई खाए का नखाए घिच को बिधि अरुले झैँ मैले पनि पछ्याउदै यो अडियो केहि तास्दै छु | बाह्र मजाको मज्जा खाएका लाइ मात्र बाह्र मज्जाको मज्जा थाहा हुन्छ | यो कोरोना को बेला सबै सबै घरमै हुदा धेरै नबोलेर ओठ कलेटी मात्र होईन खाटा पनि बसे होलान ? भैरब अर्यालका उत्क्रित्स्ट व्यंग पढ्नु पर्दैन सुन्नुस , बुझ्नु भए दिल खोलेर हास्नुस नसके दोहोर्यार पढ्नुस अनि भुडी मिची मिची हास्नुस | साभार : आनन्द कृपया : परपिडानम रतिसाधनममा रमाउनेहरु क्यानडामा ट्रक ब्यबसायिले हप्ताउ भयो शहरको बिल्लिबाठ हुँदा ठीक गर्यो भनी गुन गान गाउँन पछी नपर्ने हरुलाई यो धागो कुनै आनन्द दिदैन | तेसैले खोल्दै नखोल्नु होला| कथम कदाचित खोलेर रसस्वादन गर्न नस्क्नेले टिका टिप्पणी पनि नगर्नु होला | https://youtu.be/gUbI6ra01b8 Last edited: 08-Feb-22 10:15 AM
Logan · Feb 7, 2022 3:36 PM · 12,406 views
Thank you Logan bro.. They are so much fun ... .. एउटा अचम्म लागेको कुरा ... यति रमाइलो कुरा लेख्ने ब्यक्तिको जीवन चाँहि किन त्यति दुखदायि भएको होला भन्ने ... अति नै निराशाले भरिएका थिए रे ... बारम्बार मर्न खोज्ने !
AnandNepal · Feb 10, 2022 12:31 PM
नेपालमा भरखरै मात्र डिप्रेसन बारे चासो र केहि मनोविज्ञानका ज्ञाता हरु देखा परे पछि मानिस हरुले यस बारे बुझ्दै छन् | सुस्त मस्थिति, ADHD र डिप्रेसन का उपचार यो दशक देखि हुदै छन् | अझै पनि गाउ घर तिर भुत प्रेत ले सरिरमा बास गर्यो भन्दै धामी झाक्री लगाई बस्छन | गर्भबत अबस्थामा सन्तुलित आहार को कमि, कामको जोताई जोतिईने ( छोरा भन्दा बढी उमेरकी बुहारी हुने कारण फ्री कामदार थप्नु हो ) अर्को तर्फ बुढाको दैनिक ठोकान (त्यो पनि अन्ध्यारोमा छाम छुम )आदि इत्यादिका कारण संग आजकल बजारमा पाइने अखाद्य मिश्रित सामाग्रीका आहारा प्रमुख कारण हुन् | उनका डिप्रेशन बुझिदिने कोहि भएनन् अनि आफु हास्न नसके पनि अरुलाई हासौउन चै सफल भए , सायद यो नै उनको उपचारको माध्यम थियो कि ?| मानिस किन हास्छ भनि बुझ्नु छ भने साना नानि हरुलाई हेरेर मनन गर्नुस | अगाडी को मानिस को बिबिध आवास र चलायमान चिज ले पनि हसाउछ , किनकी उनिहरुको लागि यो नया कुरा भयो | डाकला मा पानि चडेका हरु र प्रौढ हरु पनि ति बालबालिका सरह नै हुन् | मुलबाटोमा फ्यालिको केराको बोक्रामा चिप्लिएको देख्दा सबै भन्दा पहिले हासो गुन्जिंछ अनि मात्र उठाउन जाने र ठीकठाक छौ भनि कसै कसैले मात्र सोध्छन, धेरै जसो मुन्टो बटारेर हिड्छन | तर यो चिप्लने चै च्वाक केटि परि भने दश जना सहयोग गर्न हानाथाप हुन्छ | थप सामाग्री पस्कदै जानुस |
Logan · Feb 10, 2022 4:25 PM
"उनका डिप्रेशन बुझिदिने कोहि भएनन् अनि आफु हास्न नसके पनि अरुलाई हासौउन चै सफल भए , सायद यो नै उनको उपचारको माध्यम थियो कि ?|" ... होला होला उनले हाँसोको चिरफार पनि गरेका रहेछन - पढ्दै रेकर्ड गरेको: https://youtu.be/WEZNQK8iFmA अर्को पनि https://youtu.be/PmFhK_BjljY Last edited: 12-Feb-22 11:43 AM
AnandNepal · Feb 11, 2022 8:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion