पाडे पुराण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पाडे पुराण कसैले पढ्नु भएको छ ? सायद एसएलसी दिएर बसेको बेला दाइको संग्रहमा राम कुमार पाडे बाट लिखित पाडे पुराण पढ्न पाएको थिए | बिषय बस्तु के के थिए सबै झिनो हुदै गए पनि एक कुरा चै बेला कुबेला सम्झन्छु त्यो हो " सोल्टी माथि साढे, साडे माथि पाडे" जुन नेपाल सहरमा निस्फिक्री गुमेर बस्ने साडे संग जोडिएको व्यंग कथा थियो | साझा सदस्य पाडेजिको नाम देख्ना साथ् सोल्टी माथि साडे , साडे माथि पाडे सम्झन्छु | पाण्डे पुराण पढ्नु भएको भए २/४ हरफ कोरिदिनु भए आभारी हुने थिए |

Logan · Feb 1, 2022 2:16 PM · 15,238 views

6 Replies

पाडे पुराण त पढेको छैन .. त्यसैमा भएको "मुख महातम्य" चाँहि रमाइलो लागेको थियो .. पुरानो महेन्द्रमालामा भेटेको म पढेर एकै छिनमा प्रस्तुत गर्छु है त (युट्युवमा) ! सुन्नुको सट्टा, पढ्न नै मन हो भने स्क्रिनशट पनि शेयर गरुँला।

AnandNepal · Feb 1, 2022 7:20 PM

लु यस्तो बन्यो .. डिस्कृप्सनमा यो थ्रेडको लिंक पनि पोष्ट गरेको छु https://youtu.be/mkm3zzGc6X8 (पढ्दा अलि छिटो पो भयो कि जस्तो लाग्यो ... )

AnandNepal · Feb 1, 2022 10:27 PM

धन्यबाद आनन्द जी, फुर्सदमा भैरब अर्यालको जयभुडि तासिदिनु भए श्रोतागण रमाउने मात्र होईन कलेटी परेका ओठ रसाउने थिए | मेरा गुरुले सुनाउनु हुदा पेट मिची मिची हासिन्थ्यो | सानो अन्स ; बुडो:मैले कस्तो कुटे जस्तो गरे | बुढी: मैले कस्तो रे जस्तो गरे | सम्धी: अनि मैले पनि कस्तो गए जस्तो गरे |

logan · Feb 2, 2022 1:27 PM

१० ओटा निबन्ध छन .. सबै एक से एक अपडेट --> अनि साँच्चि, नयाँ पाँडे पुराण शुरु गर्ने जमर्को गरेको छु -- कालु पाँडेको कथा सिरिज। I am really excited - it's so much fun to know about that historical guy and create non-sense stories - ठ्याक्कै अकबर बिरबल स्टाइलका कथा बनेको छ ... अहिले भर्खर पहिलो भाग अपलोड गरेँ ।  मलाइ अनौठो लागेको पहिलो निबन्ध .. चन्द्रलोक कस्को ... सन २०२८ (लेख्न चै. १९२८ लेखिएको छ) को भबिष्यवाणि गरेका छन - चिन (र बेलायत) विश्वशक्ति हुनेछन भनेर . https://youtu.be/gUbI6ra01b8 Last edited: 02-Feb-22 04:47 PM

AnandNepal · Feb 2, 2022 4:42 PM

अध्योपांत सुनियो, पढ्न भन्दा सुन्न मै आनन्द आउने रहेछ | पढ्नु भनेको चपाउनु हो, सुन्नु भनेको दुध पियाई हो | व्यंग विधामा आखानै नलगाएका हरुले यो चपाई र पियाई को समीकरण के हो भनि सोधन पुग्लान, त्यसको जबाफ म पनि भोलि दिउला भनि तिथि सार्ने काम गर्नु पर्ला ? भोजपुर शब्द दुई पल्ट सुने पछि यसको महत्व बुझ्न मन लाग्यो भने कसैका मुखारबिन्द बाट भोजपुरे कोईरला ले छाल गनेर पनि कमाउछन, भंसारकै जागिर चाहिदैन भन्ने सुनेको थिए र यिनीहरुको अकलामंदी बेला मौका मा सापट लिएर भए पनि काम चलाउन सिक भनेको त होईन ? पुन धन्यबाद : copy &amp; paste <img src="

Logan · Feb 3, 2022 10:56 AM

पढ्न गाह्रो लाग्ने, अल्छ्या, २ लाइन पढी सक्न पाएको छैन हाई हाई गर्ने हरुको लागि दुराभस ( audio )ले हजुरहरुलाई खुदो पल्टिएझै होला | अलिक सभ्य भाषामा भन्नु पर्दासुनमा सुगंध् थपिए झै हुनेछ| यस्लाई भनिन्छ एक सुका को तेल दे अनी घसी दे झै हुनेछ, अनी खुदो पल्टाई भएन त ? यो साझा २ / ४ जना यस्ता बिशिस्ट व्यक्तित्वका छन / छौ जो तेल पिंधने गोरु भन्दा कमका छैनौ तर अरुलाई भने औल्याउदै टिका टिप्पणी गर्न पछी पर्दैनौ} हाम्रा मन मस्तिस्कमा जे जे बिषय बस्तुले लादिएका / भरिएका छन् त्यो बाहेक अरु कुरामा ध्यान जादैन र logically सोच्ने क्षमता पनि गुमाई रहेका छौ | यिनिहरुको&nbsp; दिमागको CTscan गर्ने हो भने दिमागको एक क्षेत्र बढी प्रभावित भएको देखिन्छ भने अरु क्षेत्र संकुचित हुदै गएको देखिएला भन्न खोजिएको कुरा : सधै एकै नास को उराठ लाग्दा सामाग्री मात्र नपस्क त्योआफ्नो दिमाग बाट उपज होईनन भने ! खोज्दै छु सुन्दर महिलाका सुन्दर र र्याल काड्न बनाउने चित्रहरु , एक दिन टासी दिउला र नासलाई सम्जदै आनन्द लिनुहोला | Last edited: 08-Feb-22 09:18 AM

logan · Feb 7, 2022 3:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion