नया बर्षमा नया आयाम र ब्यायाम सुरु गर्नु पर्ला अंग्रेजीमा " New Years Resolution" भन्छन क्यारे ? सानोमा ल त यति बर्स लागिस भन्दै निधारमा टिका लगाइदिदै बिविध आशिष संगै धेरै गुच्चा नखेल्नु र पाईण्टमा भ्वांग नपार्नु , झगडा फसादमा नलाग्नु - कमिज च्यातेर नआउनु संगै बिसय नलागी पास हुनेलाई राम्रो अंक मा पास भएस, प्रमोटेड हुनेलाई सबै बिसयमा पास भएस संगै आज्ञाकारी भएस कुरा सुन्न पाइन्थ्यो | तेतिखेरका बाउलाई भन्दा आमालाई मात्र थाहा हुन्थ्यो कुन छोरी कति बर्सको भयो | बाउखाल सधै सम्झने होलान" सोई हुई बिबिको जगानेका मजा हि और हे" | आज भोलि सुस्वास्थ्य नै नया बर्सको लागि नया आयाम सुरु गर्ने भनि हरेक दिन टिभी मा देखिएका कसरती उपकरणका बिज्ञापन हेरेरे किन्ने र किनी सकेका हुनु पर्छ | स्वास्थ्य सरिर र मस्तिकको लागि लगन तथा अठोट संगै नियमितताको आबस्यक्ता चाहिन्छ | हाम्रो दिल र दिमागलाइ टिभी र इन्टरनेटले कज्याएर राखेको छ | तेसै कारणले हाम्रा दैनिक चालचलन ,बोलचाल, दुख सुख को मनन लाइ पनि तेति नै प्रभाब पारेको छ | भनिन्छ राज हास ले दुध र पानि छुट्याएर पिउन सक्छ तर हामि चलायमान प्राणिमा सर्बश्रेस्ठ कहलिने र ठान्नेहरु ठिक र बेठिक छुट्याउन सबै भन्दा तल्लो स्तरमा छौ | त्यसैले हामि मानबजाती आफुलाई सर्बश्रेष्ठ ठानी भ्रमको संसारमा बाचेका छौ | यो लोकमा मानब जातिले सृजाना गरेका सबै भन्दा ठुला अस्च्रर्य जनक कुरा हरु के के छन् भनि पढ्यौ , सुन्यौ र हेर्यौ | संसारको सबै भंन्दा ठुलो आर्किटेक्ट गौथली वा Orioles हुन् | संसारकै ठुलो बाध बनाउनेमा Beaver पर्छन | संसारका प्रख्यात गणित ज्ञातामा फलानो चिलानो भनि नाम लिन्छौ, उनि हरु भन्दा ठुला बाज र चिल आदि हुन् | बाज र चिल लाइ आफ्ना खुराक कसरि समात्छ को पछाडी तिनका क्षणिक संमयमै जामितिय र गणितिय लेखाजोखा गर्न सक्नु हो जो मानिसलाइ कलम, कागज समातेर बस्नु बस्ने होईन मात्र होईन उपलब्ध कम्पुटर खोल्नु पर्छ | त्यति मात्र हो र आफ्नो पहिले निसाना ले चलेको चाल आफ्नो लक्षित बस्तुको उडान ( movement) को हिसाबकिताब Microsecond होईन Nanosecond मा त्यो पनि उडान संगसंगै भैसकेको हुन्छ | के हामि मानब जाति त्यो स्तरमा पुग्न सक्छौ ? धेरै जसो मानब जाति झुट्टा आस्वासन चाहे अरुले दिएको होस् वा आफैले सृजित होस् ,तेस्कै चक्रमा (Perimeter) जकडिएर बसेका छौ सायद यो पनि प्रकृतिले स्वप्निलताको बाटो बाट प्रसन्नता प्राप्तिको साधन दिएको होला ? ह "म" अनि अंग्रेजीमा "I" मानबजातिको जन्म र मृतुको घडि सम्मको सबै भन्दा प्रिय शब्द हो भने Steve Jobs संसारकै ठुलो मार्वाडि हुन् | तेसैले उसका उप्जित उप्करणका नाम 'I" बाट सुरु हुन्छ | आजभोलि संसार Steve Jobs जस्ता मार्वाडिले चलाएका छन् अनि हामि उनीहरुको औलामा नाच्छौ | यो नचाई को चंगुल बाट बच्न हामी संग धेरैनै ज्ञान छ र आफ्नो ज्ञानको जानकारी अरुलाई दीन हामि पछि पर्दैनौ तर आफुमा लागु गर्न सक्दैनौ | हामीलाई खुसि बनाउने र तुल्याउने सरल त्यो पनि परिश्रम बिना उपलभ गराई दिएका र साधन बनाइदिएका छन् | हामि मानब जाति झुटको खेति गर्न सिपालु छौ , नया नया तर्क, शब्द जाल, त्राश , भय, दान ( Bribery ) आदि इत्यादि संगै निरन्तरताको बिधि अप्नाउछौ | सुन्दा सुन्दा सुन्नेले पनि हो हो मै लाग्ने बन्नु पर्ने हुन्छ र बनिन्छ | यो बर्सको नया आयाममा ग्यान बर्धक कुरालाइ अंगाल्ने र निरर्थक बिसय बस्तु बाट टाढिने कुरा राखेको छु | फेरि सोध्नु होला स्वास्थ्य रहने र राख्ने कुरा किन गर्दैनस ? | एउटा प्रबचन हेरे र सुने पछि स्वास्थ्य रहन स्वास्थ्य मस्तिस्क अतिनै आबस्यक हुन्छ | यहि मेरो नया बर्सको नया आयाम र व्यायाम बनाएको छु र निरन्तरता कायम र पालना गर्न सकु | हजुर हरुका के के हुन् ?
logan · Jan 2, 2022 11:43 AM · 6,121 views
Yo barsha bhari hasta maithun na garney resolution leko chiu maile ta
Sanaklaal · Jan 2, 2022 12:44 PM
Stopped running since WFH (early 2020). Probably will be resuming soon.
lazyketa · Jan 3, 2022 6:40 PM
Well said, Logan ji....
The Thamelean · Jan 3, 2022 9:57 PM
लगन र नियमितता (diligence and consistence) लक्षमा पुर्याउछन् | लेख्न त लेखि हाले , सुझाब दिन सजिलो हुन्छ तर पालना गर्न अतिनै ग्रार्हो हुन्छ |
logan · Jan 4, 2022 12:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion