पैसा जोगाउने कट्टुका ३ मन्त्र 👆👆👆

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कति कमाउछस भन्दा पनि भैरे कति जोगाउछस भन्ने कुरोले ज्यादा महत्तो राखदछ, थोपा थोपा जोडेर नै समुन्द्र हुने हो, हुनेले लाखौ जोगाउछन नहुनेले मोहर तर जोगाऊन चै छोड्नु हुन्न । १०० डलर जोगाएर के हुन्छ भन्ने प्रस्न गर्नु होला, देखि हाल्नु भन्यो स्टक ५० % डाउन छ आजको १०० लगानीले २ दिनमा २०० निक्लिन्छ । जोगाउने कुरामा मेरो श्रीमती ज्यादै कक्कड़ छिन, हुनत काठमान्डुकि हुने खानेकि छोरि भए पनि झिंगाको टाउकोमा चिनी लाग्यो भने त्यो पनि खेर फल्दिनन भने हुन्छ । उनको संगतले मैले पैसा जोगाउन गरेका ३ घरेलु उपाए । -लुगा आफै धुने र सुकाउने : लौनडरिमा लगेर लुगा धुदा र सुकाउदा हप्ताको ३० डलर खर्च हुने रैछ + लुगाको दाग मैलो पनि राम्ररी नजाने । एसको विकल्पमा हामीले पुरानो बिधि अबलम्बन गर्योउ, सनिबार भए भरको लुगा फाटा डल्ले साबुन लगाएर मिची मिची धुने काम श्रीमतीको, घर सफा गर्ने , खाना पकाउने र लुगा सुकाउने काम मेरो । कसरत पनि हुने पैसा पनि जोगिने, यो बिधि अपनाउदा महिनाको कम्तिमा १२० डलर बचत हुन्छ । -बोसो पगालेर खाने तेल : हामि अम्रिका आए देखि कुखुरा खसीको मासु खाने गरेका छैनउ । नेपालको जस्तो स्वाद नै नहुने ,गजगज पानि र सिनोको गन्ध ,बरु पोर्कको मासु खाने गरेका छौ । पोर्कको मासुमा अत्यधिक बोसो हुन्छ, यो बोसो पगालेर एउटा सिसिमा राख्छम अनि तेइ बोसो लाई अरु बेला तरकारी बनाउदा भुटुनको रुपमा प्रयोग गर्छौ, सुँगुरको बोसोमा रायोको सागको स्वाद सोर्गिये हुन्छ । बोसोले तरकारी बनाउदा अर्को फाइदा भनेको जुन तरकारी खाएनि मासुको बास्ना दिलाउछ । ओलिव ओइल किन्ने मासिक ५० डलरको बचत् हुन्छ । -पानिले आची पुचछौ : पुरै परिवार लाइ ट्वाइलेट पेपरमात्रै मासिक १५० जतिको खर्च हुन्छ । तेस्को सट्टामा नेपाली सैलीको आची पुछाई गरीन्छ, बाताबरण प्रदुसित पनि नहुने ज्यान पनि सफा हुने । येसो गर्दा मासिक ५०० बचत हुन्छ र यो पैसा स्टकमा लगानी गरीन्छ ।

kattu tiwari · Nov 18, 2021 10:54 AM · 8,236 views

12 Replies

Kasto laundry ho Tyo 30 dollor ek week ma. Kattu malai chai make sense garena hai Tero yo suggestions haru

Sanaklaal · Nov 18, 2021 4:34 PM

Please justify You said only toilet paper costs $150 every month (is it $150 or $500 monthly?? Please check what you are writing there.) That means $37.5 worth toilet paper weekly That means $5.35 worth toilet paper daily. A single roll of toilet paper cost 89 cents say $1 in Massachusetts, so how many rolls can I buy from $5.35??? How long a roll of toilet paper last in your family? Are there like 20 people in your family that finishes 5 rolls of toilet paper in a single day??? But still 20 people cannot finish 5 rolls like that!!! ________________________________________________________________ Laundromat in MA is not expensive either that would cost like $30 a week. If you are talking about using laundry machine inside home and adding electricity, water usage etc. then please itemize the cost. It still is not making sense like Sanaklal is saying. Do you leave tips or extra money at laundromats for washing and folding your clothes that cost you $30 a week? That could happen though. I give you a benefit of doubt there.  _______________________________________________________________ Besides what about the hell lot of water you are using to wash all the clothes by yourself in a Nepali style in your home? And please add the water you use to wipe your back after number 2 and then the flushing water you use to drain away your waste. What about that whole cost of using water? How much you have been paying for water AND how much are you saving on water? or is it that you do not have to pay for water in your state? Please elaborate. Last edited: 18-Nov-21 11:53 PM

Bennedict · Nov 18, 2021 11:41 PM

@kattu keep it up bro. These are insane ways of saving. On a separate note, there should be an option or kind of flair that would indicate the type/category of the post that we are creating. This post has all the ingredients to be under "Humor" Last edited: 19-Nov-21 06:57 AM

lazyketa · Nov 19, 2021 6:58 AM

टोएलेट पेपर बारे दुई शब्द : " एउटा पुरुष सौचालय भित्र छिर्दै गर्दा हात पुछ्ने कागत लिदै छिर्छ, औलाले लिगं नाछुवोस भनि प्रयोग गर्दो रहेछ |" महिला बर्गले दिर्घशंका मा मात्र होईन लघुशंकामा पनि टोइलेट पेपर प्रयोग गर्छन" | जोड घटाउ र गुणन गर्नुस : हिसाब बराबर | "शपीग Cart चुलिएको थियो अनि तेस्को सिखरमा ३ पिस टोईलेट पेपर हातिको माउते झैँ देखिन्थ्यो" सागसब्जी नखाने अनि साग सब्जी भन्दा सस्तो कुखुरा चपाउनु होस्, हरेक दोश्रो / तेश्रो दिनमा मात्र दिर्घशंका को लागि शौचालय छिर्नु पर्छ | शुद्द साकाहारी भए ३ - ४ पल्ट दिर्घशंका गर्न जालान , सुद्द सकाहरि परिवार हुदा को हिसाब किताब अर्कै छ | गर्नुस हिसाब किताब | हिसाब बराबर | यस्ता हिसाब किताब अनगनित भए , हिसाब किताब गर्न लाइ परम खोज्न जानु पर्ला ? हिसाब बराबर | साभार साझा

logan · Nov 19, 2021 1:19 PM

१ डलरको ट्वाइलेट पेपर कता पाइनछ हो वाल्मार्ट, sams , डलर स्टोर बाहेक ? आफुलाइ जस्तो भए नि चल्छ तर केटा केटि लाइ अल्ट्रा स्मूथ मोंटे कार्लो पेपर बाहेक अरु चल्दैन। पानि त फिरी हो हाम्रो तिर , सस्तो खालको लंद्रीमा त कुकुर बिरालोको मल मुत्र , भुत्ला देखि आची, भोमिट सबै मिसिन्छ

kattu tiwari · Nov 19, 2021 1:22 PM

हैन यिनले त मेरा गुरुले सुनाउनु भएको कथाका मुख्य पात्र भन्दा केहि कमि दिखिदैनन | कासी बाट शिक्षा लिई घर जादा कुनै गोठमा बास बस्नु परेछ रे | गोठाला दाइले दुध दुहेर ल्याए अनि तताउन थाले पछि अभुझ झैँ यो सेतो के हो भनि सोध्छन गोठाला दाइ दुध पनि नदेखेको मानिस हुदो रहेछ भनि यौ दुध हो भने | गुरु पुर्त्र अनि तताएर के गर्ने भनि प्रश्न माथि प्रशं थप्दै आफ्नो आग्यानता को चरम बिन्दु सम्म पुर्याने मुड मा देखिन्थे | तातो दुध पिउने , दही बनाउन ठेकीमा हाल्ने, १ -२ दिन पछि महि पार्ने र घ्यू निकाल्ने उत्तर दिन्छन | यसको स्वाद कस्तो हुन्छ ? गोठाला दाइले एक बटुको दुध लौ चाख भन्दै दिए | गुरु पुतर ले भोको पेटमा एकै सासमा सिध्याए पछि गोठाला दाइले थाहा पायौ भनि सोध्दा अगिको अलिक तातो भएर स्वाद नै थाहा पाइन् भने पछि अर्को बटुको पनि तुर्याउन भ्याए | शिक्षाले बाच्न लाइ तिकडम बाजी सिकाउछ भने अति प्रयोग गरी पछि यो जन्मजातिया गुणमा पनि बदलिन सक्छ र सकेको प्रमाण आफैले खोज्नुस अनि बुझनुस | लौ साथि हो यिनलाई डलर त्रि , फ्यामिली डलर जस्ता स्टोर को wage बात दिशानिर्देशन पनि टासी दिनु होस् | From Fortworth Dallas to Dallar Tree @ 6464 E Mockingbird Ln Suite 110 Dallas TX, 75214 लौ साझा बासि हरु पैसा कमाउने कुरा सिक्दै जानुस | Last edited: 24-Nov-21 09:54 AM

logan · Nov 20, 2021 10:47 AM

Wow! Such an amazing story

kattu tiwari · Nov 20, 2021 1:19 PM

For some people nonsensical gibberish knows no bounds. So henceforth I refrain from participating in this futile discussion (particularly). You have it all, mate! Sometimes I wonder how a person who holds PHD can make an argument like above. God bless the mess!

Bennedict · Nov 20, 2021 6:23 PM

degree gives you no intelligence but some skills . these are simple yet powerful life saving hacks for those who struggle to save a dime every single day like me but for the rest who are already in million dollar race doesn't make much of sense, not your fault .

kattu tiwari · Nov 21, 2021 9:04 AM

हाई स्कूल को बेला दाइ हरुले बिस्वकै प्रसिद्द उनिभार्सिटी Harvard ले अफ्रिकी देशको दाउरे लाई Ph.D. लागि भर्ना गरेको छ | एकतर्फी  सोच बाट सबै बिध्याबारिधि लिने हरुलाइ हेर्नु ठीक नहोला ?(भनिन्छ "राड पनि हेर्नाका हुन्छन" , सबै राडलाइ एकै तराजुमा हालेर जोख्न खोज्नु मुर्खता नभनी हास्यप्रद हुन्छ भन्नु पर्ला ) यहि नियम अरु छेत्रमा पनि लागु हुन् सक्छ ? संस्कृतका विद्वानले लेखेका श्लोक मध्हे यो एक हो " बिध्या ददाती बिनायम, बिनयम दादाती सत्पात्रम " अठारौ सताप्बी ताका यी भनाइ ठिकै होलान| अहिले बिध्याबारिधि लिने पनि सगरमाथा चडनेको होड लागे झैँ लागेको छ र होडकै कारण आफ्नो नामको आगाडी डा. वा नामको पछाडी Ph D तक्मा भिराइ गर्नेका कुरा बखान गरि साध्य नहोला ? बुझ्नु भयो भने श्रीखण्ड , बुझ्नु भएन स्यांगीको बिड | (खुर्पा सुनेको थिए यो स्यागी के हो भन्नु होला , खुकुरी -कर्द जस्तै खुर्पा -स्यागी, छुद्रबाचक शब्द हो ) Last edited: 23-Nov-21 10:46 AM

Logan · Nov 22, 2021 10:15 AM

What logan say is 100% , there was a time when being phd scholar was a matter of pride . Now is like if you sipt in texas 100 percent chances that your spit will either hit a phd holder, registered nurse or an IT professionals . Such undervalued profession.

kattu tiwari · Nov 23, 2021 10:43 AM

Only third world countries people look down on people ( we have been groomed to look down on people: cast system is the culprit and Asian mentality and culture is a booster). I have seen and faced with my own brother who needed nice sports bag for grocery shopping.

logan · Nov 23, 2021 10:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion