तालबे स , मुर्धन्य श भनि पढियो र मुर्धन्य कुनै चिजको नाम ठानिन्थ्यो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरैले साझा लाइ घोडा ठानेर छिर्ने र कुर्ने गर्छन भने मेरो चै बसी-बियालो गर्न छिर्छु | कति अरुका पस्काइ मात्रै हेरी बस्नु , कहिले काही कुराहरु उब्जिंछन अनि माथा मथिन्गल गराइ संगै साझामा टसाई पनि हुन्छ | यो धागो तेही सिलसिलामा सुरु भएको हो | कहिले पाटि र खरी ( खरी ढुङ्गा कै प्रयोग ले बाह्रखरी चिनियो) समाताए त्यो बाल्याकाल सम्म पुग्न सकिन | तर कपुरी क , खरायो ख , गाइगोडे ग भन्दै तालबे स मुर्धन्य श , दन्ते ष भन्दै ज्ञानी ग मा पुग्दा साधु / सन्तको फोटो बाट अन्त्य हुन्थ्यो भने अझै ताजा रहेछ | पछि भाइ हरुले कपुरी नभनी क बात कमिला , ख बाट खरायो भन्दै ज्ञ बाट ज्ञानी स्कुल बाट पढेर आए पछि कपुरी क , खरायो ख  भनि सिकाउन छोडिएको अझै ताजा छ | तपाइँ हरुले कसरि पढ्नु भयो ? यो मुर्धन्य शब्द बाल्यकाल मा पढ्दा मात्र होईन पछि कलेज तिर पनि पढियो होला तर अर्थ बुझाइ को लागि माथापच्चिस अहिले गर्दैछु | पढने र पढाउने काम को जिम्मा ब्रम्हाका सन्तानलाइ मात्र थियो वा बनाइयो | रत्नाकर डाकु थिए, ब्राम्हणको दिल र दिमाग बाट डाकु बन्ने सक्दैनन जस्तो लाग्छ | तेसैले उनि ब्राम्हण समाज बाट नभई अन्य समाज का हुनु पर्छ | तेसो भए शिक्षा को भार र शिक्षा पाउने काम ब्राम्हण समाजिको मात्रै थिएन तर कालान्तरमा यी ब्रम्ह समाजिको संख्या बड्दै गए पछि जात भात छुट्याए पछि आफुलाई सर्बोत्त बनाउन धेरै तिकडम बाजी गर्दै गए | अज्ञानता मा सिक्षित हरु आफ्नो ज्ञानको नत्थी हामि सर्बसाधारण लाइ भिराइ  दिए | जे गर्नु परे पनि भलै त्यो बाह्र खरी पढेको किन नहोस पुर्खौली ग्यान का भण्डार ( हिङ्ग नभए पनि हिङ्ग बाधिएको टालो ) ठान्दै सोध्न छोडेनौ | मुर्धन्ने श भनि नया शब्दको बोझ बाह्रखरीको सुरुमै बोकाई दिए | जिब्रो फ़ट्कारेर बोल्दा पनि कतिले त सुद्द उच्चारण पनि गर्न सकेन होला तेस्मा मा पनि एक थिए | ईण्टरनेट मा यसरि परिभाषित छ "Formed high and back in the mouth, cerebral" जिब्रोले छुने मुखको सबै भन्दा पछाडिको उठेको (उग्र) भाग भन्ने बुझे | पण्डित पाणीनि ले संकृत व्याकरण ल्याई भाषालाई अर्को चरणमा पुर्याउनु भयो र वहा संकृत भाषाको लागि एक मुर्धन्य व्यक्तित्व हो | भाषा विद हरु अघिल्लो पंक्तिमा मुर्धन्य को बाक्य बनाउन खोजेको मिल्यो मिलेन, न मिलेको भए मिलाएर आफैले पढी दिनु हुन् अनुरोध गर्दछु | आज को खोज र भोज यतिनै हो | सुद्दा सुद्दी गरिदै छ | Last edited: 17-Nov-21 02:31 PM

logan · Nov 12, 2021 10:59 AM · 21,774 views

2 Replies

👍👍👍

haku is back · Nov 12, 2021 2:05 PM

ताना शर्मा जस्ता ८ -१० जना लागि परे भने र बाकि साहित्यकार पनि उनका पछि कुदे भने यी स श र ष लाइ एउटै बनाइ भाषा लाइ सलरिकरण गर्नु कत्तिको उचित होला | संस्कृतमा यिनको प्रयोग सान्दर्भिक होला | ल्र् भनेको के हो भन्ने पनि होलान यो साझामा , किनकी नया पिडि का बर्णमाला बाट हटिसकेको छ |

logan · Nov 17, 2021 10:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion