छीमाबु ,ऐरे गैरे मगन्ते सबैलाइ मन पर्ने एउटा मिठाई छ " जलेबी "। इतिहास नै नबुजी जलेबी लाइ जेरी,जेरी भनेको सुन्दा लाटा सालाले पापा हेरेर भिनाजुको सुरुवाल भिजइ गरेको हो भन्दा फरक नपर्ला। बास्तबमा जलेबी उर्ब्दु सब्द हो र हिन्दुस्तान,पटना,रुपेरी,अमलेखगंज हुदै नेपा: सहर भित्रेको हो । काठमाडौँका नेवार (हलवाई ) समुदायले जेरी बनाउन थालेको लगभग २० वर्ष मात्र भयो । त्यो भन्दा पहिले काठमाडौँ बासिले जेरी भनेको चिची होकी पापाहो थाहा पाउदैन थे। २०५० को दसक तिर अमलेखगंज तिरका धेरै भैयाहरु ज्याठा छेत्रमा डेरा गरि बस्थे जसको मुख्य काम भनेको चना-चट्पट, पानिपुरी आदि बनाएर काठमाडौँको सहरमा बेच्नु थियो। "मर्स्यले" बनाएको परिकार काठमाडौँका नेवार समुदाय र अन्य समुदायले चाख मानि मानि खान्थे र उनीहरुको देखा सिखी गरि आफ्नै घरमा समेत बनाएर खान्थे।यसै क्रममा ति मर्स्याहरुले चिनी नै चिनीमा बनेको घुमेर जेलिएको रातो रंगको रोटि बेच्न थाले। गुलियो हुने कारणले बाल बच्चाहरुले उक्त रोटि खुबै मन पराउन थाले । छोटो समयमै ज्यादै लोकप्रिय मिठाई भएको कारण काठमाडौँका हलुवाईले पनि यो परिकार बनाएर बेच्न थाले ।परिकार त बेचियो तर नेवारहरुलाई "जलेबी " उच्चारण गर्न ज्यादै गारो पर्यो। नेवार/ज्यापू समुदायले "ज" को सहि उच्चारण गर्ने सक्दैनन् ,उदाहरणको लागि कुनै नेवार /ज्यापू लाइ "जावलाखेल" भन्न लाउनुस उसले "ज्याउलाखेल " भन्छ। एबम रीतले जलेबी लाई "ज्यालेबी" भन्न थालियो । ज्यालेबी सब्द हरेक चोटी भनि राख्न ज्यादै गारो, यसै क्रममा पशुपतिभक्त महर्जनका नाति पनि ज्यालेबीका निकै ठुलो पारखी रैछन । उनलाई हरेक बिहान ज्याठाको हलवाईको दोकानको ज्यालेबी सहित बिहानीको कार्टून हेर्नु पर्ने । त्यो बेलाँ "विल्लिंम हान्न " को टम एंड जेरी भन्ने कार्टून ज्यादै नै चर्चित, एक दिन जेरी भन्ने पात्रले टिभिमा ज्यलेबी जस्तै घुमरिएको पापा खाएको उनले देखेछन,आफुले जस्तै पापा खाएको देखेर उनि येति उत्साहित् भएछन कि उनले त्यो पापाको नाम नै "जेरी" भनेर राखेछन, घरमा त ज्यालेबीको नाम नै जेरी भएछ । उनले आफ्ना नोकर चाकर सुसारेलाई पनि ज्याठामा गएर जेरी किनेर ल्या भनेर उर्दी लाउन थालेछन।नोकर चाकर पनि ज्यालेबी भन्दा जेरी भन्न सजिलो भएर जेरी नै भन्न थालेछन । २०३० देखि २०५०/६० को दसक सम्म पशुपति भक्त महर्जनको रवाफ काठमाडौँमा प्रधानमन्त्रीको भन्दा ज्यादा थियो। प्रधानमन्त्रीको लागि सिफारिस भएर आउने नाममा उनको सहमति जरुरि थियो, तेसैले नेताहरु उनलाई प्रधानमन्त्रीका अङ्कल भन्ने गर्थे। नेता देखि ब्यापारी उनलाई खुसि राख्न उनका नातिलाई अनेक किसिमका मिठाई भेट स्वोरुप पठाउने गर्थे । तर नाती साहेबलाइ चै जेरीमै बिशेष रुचि, नाति राजाले नै जेरी भने पछि ज्याठा, ठमेल , असन,न्यु रोड़का हलवाईले नि बिस्तारै ज्यालेबी लाई जेरी भन्न थाले । पाटन, सुन्धारा, ममर गल्ल्ली आदि ठाउँका हलवाईले पनि ज्याठाका हलुवाईको अनुसरण गरेर ज्यालेबी लाई जेरी भन्न थाले । येसरी हिन्दुस्थान बाट आयातित मिठाई " जलेबी" ज्यालेबी हुदै २०५० को दसकमा आइ पुग्दा जेरी हुन गयो,नामकरणका श्रेय, पशुपतिभक्त महर्जनका नाति- इति २०५०
haku is back · Nov 3, 2021 7:51 PM · 8,879 views
What logan said is accurate and nobady can giv3 better explanation than him . Logan being non newar (magar) expalins who pashupati mahajran is we jyapus kno nothing about him , watta shame , n still some of us call him dim-witted .
haku is back · Nov 19, 2021 4:00 PM
हाकुजिलाई चित्त दुखे जस्तो छ, गैर नेवारी मान्छेले के-के लेखिदियो भनेर। यहाँ त के भन्ने अब सब एक से एक छन, टण्ट मात्र मार्छन। साझा आको हो कि ब्यङ सुन्ने अड्डा आको हो, के भन्ने के। पीएचडी गरेको मान्छेले लेखेची केही न केही वजन त होला नि हो हाकुजी, बेनेफिट अफ डाउब्ट दिनुहोस् न। नत्र त तपाईंले नै "पशुपती महर्जन'को बारेमा अनुसन्धान गरेर देखाउनुस्, यहाँ सुनाउनुस्, तपाईंलाई फुर्सद छ भने। आजकल त गायब हुनुभाको छ, माल्भिका सुब्बाको साच्चै डाइभोर्स भाको हो त? खोइ त समाचार?
Bennedict · Nov 20, 2021 7:05 PM
Logan Ko bichar ra sahitya tarfa dyaan na dina huna ma sabai lai aagraha gardachu. Logan is a old retired psychopath.
Sanaklaal · Nov 20, 2021 10:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion