सानो बेलामा मैले रानीको दुध बाँड्छन रे भन्ने हल्ला सुनेको थिएँ । रानीको दुध -- अचम्म लागेको थियो .. पाउडर दुध बाँड्थे -- सायद बाल दिवसको बेलामा बालबालिका भएका आमाहरुलाइ। यस बारेमा अहिले पो थाह भयो - यो त एक प्रोपागाण्डा पो रहेछ - पंचायत ब्यबस्थाको प्रचारको लागि। रानीको दुध भनेर बाँडिएको पाउडर दुध ले कुपोषण कति घट्यो, घट्यो कि घटेन .. कसैले अध्ययन त पक्कै गरेन होला .. तर यो कुरालाइ मैले एउटा चाखलाग्दो कथा बनाएको छु : यो राजतंत्रको समर्थन वा बिरोधको लागि नभएर .. यस्तो पनि भएको थियो भन्ने बारेमा काल्पनिक सम्बाद थपेर तयार गरिएको कथा .. यति सबै पढ्नु भयो भने चाँहि कथा कस्तो बन्यो भनेर पनि भनिदिनु होला - "भिडियो त मरिगए हेर्दिन बरु, कथाको ड्राफ्ट नै भएपनि पढ्छु " ... भन्नु हुने कोहि हुनु हुन्छ भने रिप्लाइमा पोष्ट्याउँला ... धन्यवाद .. :) https://youtu.be/ORn_7hx3V-E
AnandNepal · Sep 14, 2021 10:20 AM · 17,876 views
nice story ......
pandeyji · Sep 14, 2021 2:29 PM
हतार हतार लेखेर भिडियो बनाएँ .. अहिले हेर्दा चित्त नै बुझेन .. कथा जस्तै नभएको हो कि जस्तो लाग्यो .. तेसैले कथालाइ रिराइट गरेको छु ! (यो परिमार्जित कथाको अडियो चैँ अरु कसैले बनाइदिए पनि क्या गज्जव हुने थियो।) ***** रानीकोदुध - बाल दिवसको कथा भदौ महिनाको २९ गते मनाइने 'बाल दिवस' को अबसरमा नेपालमा कसरि बाल दिवस मनाउन थालियो भन्ने अति नै चाखलाग्दो कथा । यो वास्तविक घटनामा आधारित कथामा चाखलाग्दो बनाउन केहि थव बिवारण मैले थपेको हुँ। राजाले भने, "महारानी, हाम्रो यो भ्रमण घुमघाम मात्रै होइन। रमाइलो मात्रै पनि होइन। यो एक अति नै महत्वपूर्ण भ्रमण हो।" महाराजको कुरा ध्यान पूर्वक सुंदै महारानीले भनिन, "त्यो त मलाइ थाह छ महाराज। यस भ्रमणमा मेरो लागि के के हुकुम छ।" महाराजले प्रष्ट पार्दै भने, "अहिलेको बेला जनताको मन जित्नु सबै भन्दा महत्व पुर्ण कुरा हो। तेसैले हामीले भारतमा भएका सबै राम्रा राम्रा कुरा हरुबाट सिकेर नेपाल सुहाउदो गरेर अनुशरण गर्नु पर्छ।" महारानीले भनिन, "महाराज, यसको लागि त हाम्रो भ्रमण दलमा सबै बिषयका बिज्ञहरु सामेल गर्नु पर्छ ता कि उनीहरुले आँफ्नो आँफ्नो बिषयको जिम्मा लिन्छन। मेरो लागि कुनै बिशेष आज्ञा छ भने मर्जी हवस।" महाराज प्रशन्न हुँदै भने, "महारानीको यही कुरा मलाइ मन पर्छ। मैले भएजति सबैकुरा एकै घानमा हाल्न थाल्छु अनि, महारानीले यसलाइ छुट्याएर सजिलो बनाइबक्सन्छ ।" त्यति भन्दै महाराजले जर्मन पेलिकन ब्र्याँडको फाउण्टेन पेन खोलेर एक नोटमा केही कोर्न थाले। उनले महारानीका जिम्मेवारी र प्राथमिकताको एक सुची नै तयार गरेर उनको हातमा थम्याए। नोट हेर्ने बित्तिकै महारानीको अनुहारमा चमक देखियो। महाराजले त्यो चमक देखेर, बुझेर मुस्कुराए। यो वार्तालाप थियो बिक्रम सम्बत २०१८ को चैत्र महिनाको, २०१९ सालको बैशाख ६ गतेको भारत भ्रमण गर्ने पूर्वसाइतमा भ्रमणको बारेमा महाराजा र महारानीले नारायणि राजदरवारमा छलफल गर्दै थिए। । यस घट्नाको एक डेढ बर्ष अघि मात्रै राजा महेंद्रले बिपि कोइरालाको सरकारलाइ अपदस्त गरेर नेपालमा नयाँ ब्यबस्थाको शुरुवात गरेका थिए। यो आधुनिक युगको एक नितांत नयाँ र नेपालमा मात्रै भएको एक छुट्टै ब्यबस्था थियो जसमा राजा सर्वेसर्बा भएर शासन गर्ने ब्यवस्था थियो भने देशमा भिन्न भिन्न राजनीतिक पार्टी नभएर एकमात्र राजनितिक पार्टी थियो पंचायत अनि त्यस ब्यबस्थालाइ पंचायती ब्यबस्था भनिएको थियो। यो ब्यबस्था शुरु गर्न राजा महेंद्रले चुनावबाट जन निर्वाचित प्रधानमंत्रीलाई हटाएर जेल हालेका थिए। त्यसपछि राजा महेंद्रलाइ बिश्वमा यो नयाँ ब्यबस्था त्यस अघिको बहुदलिय ब्यबस्था भन्दा राम्रो हो भन्ने प्रमाणित गर्ने चुनौति पनि थियो। बैशाख ६ गते बिहानै देखि चैत बैशाखमा लाग्ने पारिलो घाम लागेको थियो। महारानीको अनुहारमा कालो चस्मा माथि कालै टीका अनि क्रिमरंगको बुट्टेदार सारी अतिनै सुहाएको थियो। महाराज गाढा नीलो सुट अनि फिक्का आकाशे रंगको टिशर्ट अनि टाइमा सजिएका थिए। महाराजले महारानीको तारिफ गर्दै भने "अति सुन्दर। बिहानले नै दिनको संकेत गर्छ भन्छ्न नि। आज बिहानै देखि दिन राम्ररी खुलेर मनमोहक बनेको छ।" महारानी मख्ख पर्दै भनिन, "यो भ्रमण पक्कै पनि फलदायी हुनेछ," आँफूले बोकेको सानो कालो ह्याण्ड ब्याग देखाउँदै भनिन, "महाराजको निर्देशन मलाइ कण्ठै छ तै पनि, यहाँ बोकेर आएकी छु" महाराज र महारानीको सवारी नारायणहिटीबाट दरवार मार्ग हुँदै बिमानस्थल तर्फ जाँदा बाटो बाटोमा नेपाल र भारत बीचको मैत्रि सम्बंध अमर रहोस भन्ने तुल टाँगिएका थिए। बाटोको ठाउँठाउँमा नेपाल र भारतका झण्डा फहराइरहेका थिए। बाटोको दुबै तिर सर्वसाधाराणहरु जम्मा भएर झण्डा हल्लाउँदै बिदाइ गर्नुको साथै जयजयकार पनि गरिरहेका थिए। गौचरण बिमानस्थलमा श्री ५को सरकारका उच्च पदस्थ अधिकारीहरु राजा रानीको बिदाइको लागि उपस्थित भएका थिए। यसरी, भारत भ्रमणको पूर्वनिर्धारित कार्यक्रम अनुसार बैशाख ६ गते बुधवार बडामहाराजा र बडामहारानी काठमाण्डौँको गौचरणमा डकोटा प्लेनमा चढेर नयाँदिल्लिको लागि उडे। नयाँदिल्लिको एयरपोर्टमा नेपालका राजा र रानीको स्वागतको लागि भारतका उच्च अधिकारी उपस्थित रहेका थिए। तिनमा भारतका राष्ट्रपति डा. राजेंद्र प्रसाद, प्रधानमंत्री जवाहरलाल नेहरु, र उपराष्ट्रपति राधाकृष्णन लगायतका अन्य उच्च अधिकारीहरुले नेपालको राज परिवारको भब्य स्वागत गरेका थिए। स्वागतको लागि सैनिक सलामी, तोपको सलामी आदि सबै सत्कारमा कुनै पनि कमी गरिएको थिएन। राजारानीलाई त्यहाँको सरकारी निवासमा पुर्याए लगत्तै भारतका कार्यकारी प्रमुख प्रधानमंत्री जवाहरलाल नेहरुसंग महाराजको भेटघाट कार्यक्रम थियो। प्रधानमंत्री जवाहरलाल नेहरुलाइ उनकी पुत्री इंदिरा गांधीले सबै राजकिय काममा सघाउने गर्थिन। नेहरु बिदुर भएको हुनाले महारानीको साथ रहन उनले आँफ्नी छोरी इंदिरा गांधीलाइ अह्राएका थिए । इंदिरा प्रधानमंत्री नेहरुकी दाहिने हात हुन भन्ने कुरा कसैबाट लुकेको थिएन। उनको साथले महारानी प्रशन्न थिइन। महारानीले इंदिरासंग गफगाफको क्रमम भारतमा भएका नयाँ नयाँ कुराहरुको बारेमा सोध खोज पनि गरिन। महारानीको चाख बिशेष गरेर बालबालिका र महिलाहरु प्रति रहेको थियो। इंदिरा गांधीले भनिन, "मेरा पिता हुनु हुन्छ नि, बालबालिकाहरु भने पछि हुरुक्कै हुनु हुन्छ। बालबालिका पनि उहाँ भने पछि पछ्याइ हाल्ने। तपाइ बिश्वास पनि नगर्नुहोला तर जव राजीव र संजय साना थिए, उनीहरु हजुरबालाई पछ्याएर हैरान पार्थे। पिताश्रीलाई पनि कहाँ फुर्सद हुने हो र। तर, राजीव र संजयको लागि भने पछि उहाँले कताकताबाट समय पनि निकाल्नुहुन्थ्यो।" महारानीले भनिन, "अहिले त हजुरका संतान ठूला भए भन्ने सुनेको थिएँ।" गांधिले भनिन, "हजुर, कान्छो नै १८ बर्षको भै सक्यो।" घरायसी कुरा पछि भारतको पंच बर्षिय योजनाको बारेमा चर्चा चल्यो जसमा गांधीले प्रष्ट पारिन, "बालबालिका नै भबिष्यका कर्णधार हुन भन्नेमा पिताश्री अति नै प्रष्ट हुनु हुन्छ। तेसैले उनीहरुलाइ कसरी शिक्षा दिने भन्ने बारेमा हामीले एक बिस्तृत योजना बनाएका छौ।" महारानीले, "त्यो त हो।" भन्दै सहमती दिइरहेका थिइन। इंदिराले भनिन, "शिक्षाको त एउटा कुरा, हाम्रा धेरै बालबालिका कुपोषणको शिकार भएका छन। पेट नभरिएको बच्चाले कसरी पढ्न सक्ला र होइन।" "हो त," महारानीले चाख मान्दै प्रतिउत्तर दिइन। गांधिले भनिन, "तेसैले त हामीले बालबालिकालाइ कुपोषणबाट जोगाउन स्कुलमा दुध र खानाको ब्यबस्था गर्ने काम शुरु गरेका छौँ।" यस्तो भन्दै गर्दा इंदिरा गांधि अति नै उत्साहित भएकि थिइन। उनले भनिन, "पिताश्रीको यो योगदानको भारतले अबश्य पनि सरहाना गर्नु पर्छ।" तेस्तै उनले बाल बालिकाको हितको लागि यूनाइटेड नेशन ले नोभेम्बर २० को दिनलाइ "बाल दिवस" भनेर मनाउने घोषणा गरेको कुरा पनि सुनाउँदै भनिन, "तर, मलाइ लाग्छ भारतले त्यसको ६ दिन अघि नै नोभेम्बर १४ मा बाल दिवस मनाउनु पर्छ।" महारानीले अचम्म मान्दै सोधिन, "नोभेम्बर १४ मा नै किन नि?" गांधीको उत्तर थियो, "किनकि त्यो मेरो पिताश्रीको जन्मदिन हो। बालबालिकाहरु प्रतिको उहाँको योगदानको त कदर हुनु पर्यो नि होइन र?" "हो नि," महारानी ले समर्थन गरिन। महारानीको लागि इंदिरा गांधीसंग भएको यो छलफल निकै नै फलदायी लाग्योइ। उनले, त्यस पछि बालबालिकाको लागि भारतमा गरिएका सबै कुराहरुको बिवरण जम्मा गर्नको लागि आँफ्नो टोलिमा भएका शिक्षाबिदलाइ अर्हाइन। महारानीलाइ बालबालिकामा हुने कुपोषणको बारेमा अरु बुझ्न रहर लाग्यो। के नेपालमा पनि बालबालिकामा कुपोषण छ होला र भन्ने प्रश्नले उनलाइ बिचलित तुल्यायो। कुपोषणको बारेमा बुझेर बालबालिकाको शिक्षामा केहि पहल गर्न सकियो भने भबिष्यमा देश बोक्ने कर्णधारहरु बलिया हुन्छन भन्ने महारानीलाइ लाग्यो। भारतमा बसिंजेल महारानीले संकलन गरेको यो सबै कुराको बारेमा महाराजसंग छलफल गर्ने मौका नै मिलेन। महाराजको चरण चरणमा नेहरुसंग वार्ता भइरहेको थियो। उनले भारतमा भएका क्षमतावान नेपालीहरुलाइ कसरी स्वदेश फर्काउने भन्ने बारेमा पनि छलफल गरिरहेका थिए। तेस्तै त्यहाँ बन्ने फिल्महरुको बारेमा पनि निकै नै चाख दिएर बुझिरहेका थिए। महाराजले भारतमा नेपालीहरुको ठूलो संख्या भएको स्थान दार्जिलिंग मा गएर त्यहाँका नेपालीहरुसंग भेट्न चाहेको हुनाले उनीहरुको फिर्ती सवारी सिधै काठमाण्डौ नभएर दार्जिलिंग तर्फ भएको थियो। भारत बाट स्वदेश फर्केपछि महाराज र महारानीले शिक्षाबिद, डाक्टर र समाजसेवीहरुको एक टोली बनाएर भारतमा बाल्बालिका प्रति भइ रहेका कार्य हरु तेसबाट प्रेरणा लिएरा नेपालमा बालबालिकाको बारेमा के के गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न लगाइयो। नेपालमा कुपोषणबाट ग्रस्त बालबालिकाहरुको तथ्यांक बटुल्न लगाइयो। महारानी सक्रियता र आदेश अनुसार नै बालमंदिर बनाउने, बालबालीकालाइ कुपोषणबाट बचाउन धूलो दुधको बितरण गर्ने आदि बिभिन्न योजनाहरु बने। यही बृहत योजना अंतरगत विसं २०२१ सालमा बडामहारानीको जन्मदिनको अवसरमा धेरै योजनाहरु सार्वजनिक गरिए। त्यहि दिन अर्थात भाद्र ४ बाल दिवस मनाउने निर्णय पनि गरियो। उता भारतमा त्यसको केहि महिना अघि मात्रै जवाहरलाल नेहरुको हृदयघातका कारण निधन भयो। नेहरुको निधन पछि उनको पार्टीको जिम्मेवारी इंदिरा गांधीले लिइन। नेहरुको निधन पछि भारतले त्यहि बर्ष नै नेहरुकै जन्मदिनको अवसरमा अर्थात नोभेम्बर १४ तारिखको दिनमा बाल दिवस मानाउन शुरु गर्यो। नेपालमा भने त्यही बर्ष त्यस भन्दा अघि नै अगष्ट १९ तारिख १९६४ (भाद्र ४, २०२१) बाट बाल दिवस मनाउन शुरु गरिएको थियो। यसरी शुरु भएको थियो विसं २०२१ साल देखि तत्कालिन महारानि रत्न राज्य लक्ष्मी देवि शाहको जन्मदिनको अवसर पारेर भाद्र ४ गते बाल दिवस । महारानीकै पहलमा देशका ठाउँठाउँमा बाल मन्दिरहरु स्थापित गरिए। त्यसपछि बाल कुपोषण कम गर्न बाल मन्दिरमा बाँडिने धुलो दुध लाइ "रानीको दुध" भनेर बाँडिंथ्यो। बाल दिवसको अवसरमा अन्य बालबालिकाहरुले पनि रानीको दुध पाउँथे। तपाइ हामी माद्धे कतिपयले यो रानीको दुध पक्कै पनि खानु भएको थियो होला। एक जानकारले बताए अनुसार यो "रानीको दुध" अभियानले राजा, रानी र राजसंस्था प्रति जनताहरुमा थप स्नेह बढेको थियो रे। *** यो ठिक छ?? Last edited: 14-Sep-21 06:42 PM
AnandNepal · Sep 14, 2021 6:16 PM
Ananda ji, Ramro lagyo नेपालमा भने त्यही बर्ष त्यस भन्दा अघि नै अगष्ट ४ तारिक बाट बाल दिवस मनाउन शुरु गरिएको थियो। Yo mathiko bakyama Bhadau 4 bhanna khojnu bhayeko ho ki?
chicagoan · Sep 14, 2021 6:35 PM
यो बालदिबसको रोचक कथाको लागि धन्यबाद | चाप्लुसी र चाकडी बाद कहाँ चल्दैन तेस्म्याथी राजामहाराजा र अहिलेका ठुला बडा भनाउदा हरु पनि पछी छैनन |"रानीले पठाएको दुध" भन्दै बडामहारानी को चप्लुसी सँगइ राजातन्त्रको दिर्घायु को चखेल मा " रानीले पठाएको दुध" को अपभ्रम्श " रानीको दुध" भएको होकी ? छिमेकी दाइको नाम केदार थियो, उन्लाई भाई हरुले केदाइ भनी सम्बोधन गर्थे र हामी पनि तेही नामले सम्बोधन गर्थ्यौ |केदार दाई को छोटो नाम भनौ वा अपभ्रम्स "केदाइ" जस्ताइ भएको हो कि ? हिन्दूस्तान मा छोगडा भन्दैनन , आउने उतै बाट हो र नेपालीले न्वारान गरी छोगडा भने | हिन्दूस्तान बाट नेपाल छिरे पछी कसैले "छोडेर खाने गेडा" भन्यो होला तेसैको अपभ्रम्श छोगडा भए झै हो कि ?
Logan · Sep 15, 2021 2:05 PM
Jasle j stoey banayeni vo ni! Mero bichar ma China ghumna jada chai silera aaka holan Rani le
shekhar143 · Sep 15, 2021 5:45 PM
रानी को दुध त खाइयेन तर २०१९ साल ताका ब्लेजर चाही रानीको हात बाट पाएको थिए /
tallagheremaila · Sep 15, 2021 8:36 PM
That's interesting @tallagharemaila .. डिटेलमा भन्न मिल्ने भए सुनम न .. @sekhar143 - यसमा कथामा भएका सबै घटना ऐतिहासिक तथ्यमा आधारमा बनाइएका हुन - सबै घटेका घटना हुन .. वार्तालाप चाँहि सुन्ने कोहि नभएको हुनाले यस्तो कुरा भयो होला भन्ने अनुमान गरेको .. अर्को कुरा भारतमा र नेपालमा एउटै बर्ष बाल दिवस शुरु भएको थियो - भारतमा नेहरुको जन्मदिनमा र नेपालमा रानीको जन्मदिनमा । @logan तेस्तै होला .. त्यस्तो पाउडर दुध सबै बाल मन्दिरहरुमा बाँडिंथ्यो भनेर २-४ जनाले पुष्टि पनि गरेका छन @Chicagoan - Thank you .. मिलाएँ @pandeyji .. thank you. Last edited: 16-Sep-21 10:36 AM
NotNepali · Sep 16, 2021 10:35 AM
That's interesting @tallagharemaila .. डिटेलमा भन्न मिल्ने भए सुनम न .. @sekhar143 - यसमा कथामा भएका सबै घटना ऐतिहासिक तथ्यमा आधारमा बनाइएका हुन - सबै घटेका घटना हुन .. वार्तालाप चाँहि सुन्ने कोहि नभएको हुनाले यस्तो कुरा भयो होला भन्ने अनुमान गरेको .. अर्को कुरा भारतमा र नेपालमा एउटै बर्ष बाल दिवस शुरु भएको थियो - भारतमा नेहरुको जन्मदिनमा र नेपालमा रानीको जन्मदिनमा । @logan तेस्तै होला .. त्यस्तो पाउडर दुध सबै बाल मन्दिरहरुमा बाँडिंथ्यो भनेर २-४ जनाले पुष्टि पनि गरेका छन @Chicagoan - Thank you .. मिलाएँ @pandeyji .. thank you.
AnandNepal · Sep 16, 2021 10:37 AM
भन्न न मिल्ने के छ र आनन्द जी , म पाचौ कछ्यामा हुदा तेही समुह को फुटबल म्याच भएको थियो )राजा रानी कसको हो जन्मदिन मनाउने क्रम मा ) म्याच हेर्न रानी र अरु केहि राजपरिवार का सदस्य पनि थिए / तेसै क्रम मा जित्ने टिम लाई कप र बढी गोल हान्ने लाई ब्लेजर दिइयेको थियो /
tallagheremaila · Sep 16, 2021 6:37 PM
तल्लाघरे माइला सर, हजुर २०१९ सालमा पाचौ कक्षामा हुनुहुन्थ्यो? ओह हो, हजुर त कती सिनियर सिनियर। बाल दिवसको याद मलाई पनि आउछ, कतिपटक रङशाला गएको, कार्यक्रम हेरेको, आदी। एक चोटि त पानी भयंकर परेर रङशालामा मान्छेहरु मरेर बाल दिवस क्यान्सिल भएको जस्तो पनि याद आउछ, अर्को पटक चै ठुलै भुइचालो गर क्यान्सिल भाको जस्तो नि लाग्छ। आनन्दनेपालजी तपाईंले बाल्यकाल याद दिलाउनुभो।
Bennedict · Sep 16, 2021 8:29 PM
Thank you @tallagheremaila .. wow high scorer !! बच्चा बेलाको त्यो युग नै अर्कै :) @Bennedict .. हो रङशाला गएको, पिटी खेलेको याद आयो .. घाममा खुब सास्ती अनि धुलो -- बिजोग नै हुंथ्यो नि .. त्यो पानी परेको चाँहि थाह भएन ..
AnandNepal · Sep 19, 2021 8:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion