सबै संस्कार राम्रा हुन्नन - चौथी हान्दा फंदामा परिएला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज, गणेश चौथी -- चौथी हाँन्ने दिन .. ... छर छिमेकमा काँक्रा फलेका छन, भोगटे छन, हलुवाबेद छन भने चोरे हुन्छ भन्ने हाम्रो संस्कार हो!   तर, चोर्ने संस्कार छोराछोरीलाइ नसिकाउनु होला यस्तो संस्कार कसरी बस्यो भन्ने बारेमा किम्बदंति पनि छ ..  हरेक वर्ष नेपाल संवत् अनुसार यँलाथ्व चतुर्थी तथा विक्रम संवत् अनुसार भाद्र शुक्ल चतुर्थीको दिन नेवा: समुदायले ” चथा: चख:” पर्व मनाउने गर्दछ। यस तिथीलाई श्री गणेशको जन्मदिनको रुपमा पनि चिनिन्छ।नेवार समुदायले दसैं भित्र्याउने पर्व को रुपमा पनि चथा: पर्वलाइ मान्ने गर्दछन। प्रस्तुत छ यँलाथ्व चतुर्थी वा चथा: चख: पर्व कसरि शुरु भयो भन्ने बारेको अति नै चाखलाग्दो किम्बदंती छ -   इंद्रले चोरेको हुनाले - देउताले त चोर्न हुन्छ भने हाम्ले किन हुन्न भनेर चोर्न थालेको रे !!   बिष्णुले "सतित्व हरण गरेको" भन्दै बलत्कार संस्कृति पनि छ नि होइन र?   यस्ता कथा सुनाउने अनि "बलत्कारीलाइ सजाय देउ" भन्दैमा त्यस्तो हट्ला?   चोर्ने कथा सुनाएर चोर्न हुन्न भनेर चोरी कम हुन्छ ? What do you think ?   चर्चाको लागि यो कथा सुन्न आबश्यक त छैन (तेसैले भिडियो लिंक शेयर गरेको छैन) ..यो सोच चाँहि यहि कथा तयार गर्दा आएको हुनाले कभर आर्ट मात्रै शेयर गरेको छु। Last edited: 10-Sep-21 11:48 AM

AnandNepal · Sep 10, 2021 11:47 AM · 10,279 views

1 Reply

यो रमाइलो लाग्यो ..

AnandNepal · Sep 10, 2021 1:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion